default_image

3 years ago

December 16, 2020

मेस्सी पिएसजी जाने हल्लामात्रै

एजेन्सी – लिओनल मेस्सीको पेरिस सेन्ट जर्मेन (पिएसजी) सरुवालाई लिएर कतारी प्रतिनिधि भेट गरेको भन्ने समाचारलाई मेस्सीका एजेन्ट समेत रहेका पिता जर्ज मेस्सीले अस्वीकार गरेका छन् । बार्सिलोनामा मेस्सीको भविष्य अनिश्चित रहेको बताइएको छ । सिजनको सुरुवातमा पनि मेस्सीले क्लब छाड्न चाहेको पत्र लेखेका थिए । पछि विवाद हुने देखिएपछि मेस्सी सम्झौताको बाँकी अवधि क्लबमै […]

42 views

0 Bookmark

एजेन्सी – लिओनल मेस्सीको पेरिस सेन्ट जर्मेन (पिएसजी) सरुवालाई लिएर कतारी प्रतिनिधि भेट गरेको भन्ने समाचारलाई मेस्सीका एजेन्ट समेत रहेका पिता जर्ज मेस्सीले अस्वीकार गरेका छन् ।

बार्सिलोनामा मेस्सीको भविष्य अनिश्चित रहेको बताइएको छ । सिजनको सुरुवातमा पनि मेस्सीले क्लब छाड्न चाहेको पत्र लेखेका थिए । पछि विवाद हुने देखिएपछि मेस्सी सम्झौताको बाँकी अवधि क्लबमै रहन तयार भएका थिए । अहिले फेरि मेस्सीको सुरुवाको विषयमा पुनः चर्चा सुरु भएको छ ।

‘मेस्सी पिएसजी जाने विषय थप बलियो भएको छ’, सञ्चारमाध्यमले जर्ज मेस्सीले कतारी वाणिज्य दुतलाई भेटको समाचार प्रकाशित गरेको थियो ।

त्यो समाचार सार्वजनिक भएको केहि समयमै सामाजिक सञ्जालमार्फत जर्ज मेस्सीले त्यसको खण्डन गरेका छन् । ‘गलत । अर्को प्रायोजति समाचार । म सेप्टेम्बरदेखि अर्जेन्टिनामै छु’, मेस्सीका बाबुले भनेका छन् । गत साता मेस्सीको व्यत्तिगत जाहाज रोसारियोबाट बार्सिलोना पुगेको बारेमा समेत सन्चारमाध्यमले प्रकाशित भएको थियो ।

गत साता नेयमारले मेस्सीसँग पुनसँगै खेल्ने इच्छा रहेको बताएपछि उनी पिएसजी जान सक्ने विषयमा चर्चा सुरु भएको थियो । फेरि सोमबार च्याम्पियन्स लिगको अन्तिम १६ मा बार्सिलोना र पिएसजीबीच प्रतिस्पर्धा हुने भएपछि मेस्सीको विषयमा चर्चा चुलिएको छ ।

‘साथी हामी चाडै भेट्ने छौं’, नेयमारले इन्स्टाग्राममा मेस्सीका लागि लेखेका छन् । जनवरी १ बाट मेस्सी कुनै पनि क्लबसँग छलफलका लागि खुला हुनेछन् । उनको बार्सिलोनासँगको सम्झौता अब बाँकी ६ महिना रहेको छ ।

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.