default_image

3 years ago

December 16, 2020

ड्रिम टिममा परेपछि मेस्सी र रोनाल्डोको खुसी

एजेन्सी – बालोन डि’ओरको ड्रिम टिममा पर्न सफल भएपनि बार्सिलोनाका सुपर स्टार लिओनल मेस्सीले खुसी व्यक्त गरेका छन् । विश्वभर अन लाइन भोटिङबाट फ्रान्स फुटबलले सार्वजनिक गरेको फुटबल इतिहासका उत्कृष्ट ११ मा मेस्सी पनि पर्न सफल भएका छन् । उत्कृष्ट ११ मा मेस्सीसहित लेभ यासिन, काफु, फ्रान्ज बेकनबाउर, पाउलो माल्दिनी, जाभी, लोथार मथाउस, पेले, डिएगो म्याराडोना, क्रिस्टियानो रोनाल्डो र […]

38 views

0 Bookmark

एजेन्सी – बालोन डि’ओरको ड्रिम टिममा पर्न सफल भएपनि बार्सिलोनाका सुपर स्टार लिओनल मेस्सीले खुसी व्यक्त गरेका छन् । विश्वभर अन लाइन भोटिङबाट फ्रान्स फुटबलले सार्वजनिक गरेको फुटबल इतिहासका उत्कृष्ट ११ मा मेस्सी पनि पर्न सफल भएका छन् ।

उत्कृष्ट ११ मा मेस्सीसहित लेभ यासिन, काफु, फ्रान्ज बेकनबाउर, पाउलो माल्दिनी, जाभी, लोथार मथाउस, पेले, डिएगो म्याराडोना, क्रिस्टियानो रोनाल्डो र रोनाल्डो नाजारियो छन् । विश्वको नम्बर एक गोलकिपरमा रसियाका महान खेलाडी लेभ यासिन परेका छन् । सोभियत युनियनबाट सन् १९५४ देखि १९७० सम्म खेल्ने क्रममा यासिनले ७४ खेल खेलेका थिए ।

त्यस्तै रक्षापक्तिका उत्कृष्ट ३ मा जर्मनका फ्रान्ज बेकनबाउर, ब्राजिलियन फुलब्याक काफु र इटालियन महान पाब्लो माल्दिनी रहेका छन् । बार्सिलोनाका महान जाभि हर्नान्डेज इतिहासकै सर्वाधिक सफल डिफेन्सिभ मिडफिल्डर चुनिएका छन् । स्पेनिस जाभीले विश्व कप, युरोपियन च्याम्पियनसिप जितेका थिए । त्यस्तै बार्सिलोनाका लागि ४ च्याम्पियन्स लिगसहित थुप्रै उपाधि जाभीले जितेका थिए ।

जाभीसँग डिफेन्सिभ मिडफिल्डमा लोथर मथाउस छन् । एट्याकिङ मिडफिल्डमा दुई महान अर्जेन्टिनाका डिएगो म्याराडोना र ब्राजिलियन पेले रहेका छन् । म्याराथोनाले लगभग एकल प्रयासमा १९८६ मा अर्जेन्टिनालाई विश्व कप उपाधि दिलाएका थिए । पेलेको सहभागितामा ब्राजिलले १९५८,१९६२ र १९७० मा विश्व कप जितेको थियो ।

अग्रपंक्तिमा इतिहासकै सर्वाधिक रुचाइएका फरवार्डमा ब्राजिलका महान रोनाल्डो नाजिरियो छन् । युवा पुस्तामा लोकप्रिय रोनाल्डोले घुँडाको चोटका कारण खेल छाड्नु परेको थियो । उनको उच्च प्रदर्शनबाट प्रेरित ब्राजिलले २००२ र १९९४ मा विश्व कप जितेको थियो ।

रोनाल्डोसँग फरवार्ड लाइनमा लिओनल मेस्सी र क्रिस्टियानो रोनाल्डो रहेका छन् । मेस्सीले ६ पटक बालोन डि ओ, ६ पटक गोल्डेन बुट, ४ पटक च्याम्पियन्स लिग उपाधि जितेका छन् । उनले बार्सिलोनाको इतिहासलाई नै परिवर्तन गरिदिएको मानिन्छ ।

त्यस्तो पोर्चुगिज रोनाल्डोले पाँच पटक बालोन डि ओर, पाँच पटक च्याम्पियन्स लिग उपाधि जितेका थिए । उनले रियल म्याड्रिडबाट लगातार तीन पटक च्याम्पियन्स लिग जितेका थिए ।

‘मेरा लागि बालोन डिओसको ड्रिम टिममा पर्न गर्वको विषय हो,’ मेस्सीले इन्स्टाग्राममा लेखेका छन्, ‘मलाई छनोट गर्ने सबैलाई धन्यवाद दिन चाहन्छु । त्यस्तै टोलीमा पर्ने सबै खेलाडीलाई बधाई दिन्छु । त्यस्तै मनोनयमा पर्नेलाई पनि बधाई छ । सुचीमा केहि साच्चै महान खेलाडी समावेश छन् ।’

रोनाल्डोले पनि सामाजिक संजालमार्फत ड्रिम टिममा पर्नु गौरवको कुरा रहेको बताए । ‘ म फ्रान्स फुटबलले जारि गरेको ड्रिम टिमको हिस्स बन्न पाउँदा गौरवान्वित छु । ड्रिम टिम साच्चै उत्कृष्ट छ । सबै खेलाडी सम्मान र प्रशंसाको हकदार छन् । म आफू पनि यसको पाटो बन्न पाउँदा गौरव महसुस गरिरहेको छु । धन्यवाद ।’

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.