default_image

3 years ago

December 16, 2020

नेयमार चाँडै मैदान फर्कने

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) पुगेयता नेयमार धेरै पटक चोटका कारण मैदान बाहिर रहनुपरेको थियो । शनिबारको खेलमा विपक्षी खेलाडीको फाउलका कारण उनले स्ट्रेचरमा बसेर मैदान छाड्न परेको थियो । नेयमारले आफ्नो पछिल्लो अवस्थाका बारेमा बोलेका छन् । खेलका दौरानमा उनको गोलीगाँठामा गम्भिर चोट लागेको अनुमान गरिएको थियो । तर, वास्तविकतामा त्यस्तो थिएन । […]

45 views

0 Bookmark

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) पुगेयता नेयमार धेरै पटक चोटका कारण मैदान बाहिर रहनुपरेको थियो । शनिबारको खेलमा विपक्षी खेलाडीको फाउलका कारण उनले स्ट्रेचरमा बसेर मैदान छाड्न परेको थियो ।

नेयमारले आफ्नो पछिल्लो अवस्थाका बारेमा बोलेका छन् । खेलका दौरानमा उनको गोलीगाँठामा गम्भिर चोट लागेको अनुमान गरिएको थियो । तर, वास्तविकतामा त्यस्तो थिएन । ब्राजिलियन सुपर स्टार मैदान छाड्ने क्रममा दुखाइले निकै रोएका थिए ।

नेयमारले दुःखाई, डर, शल्य क्रियासम्म जानु पर्ने अवस्था र अन्य कारणले गर्दा आफू आत्तेको स्वीकार गरे । पिएसजी पुगेयता चोटका कारण उनले धेरै खेल गुमाउनु परेको थियो । उनले च्याम्पियन्स लिगमा रियल म्याड्रिड र म्यानचेष्टर युनाइटेड जस्ता टोलीविरुद्धको खेल चोटकै कारण गुमाउनु परेको थियो ।

थिएगो मेन्डेसले फाउल हानेका कारण नेयमारले बार्सिलोनासँगको यसपटकको च्याम्पियन्स लिगको खेल गुमाउनुपर्ने हो कि भन्ने आशंका गरिएको थियो । तर अब उनी यसै महिना फिट हुने अनुमान पनि गरिएको छ ।

‘यो साच्चै गम्भिर हुन सक्थ्यो । तर एक पटक फेरि मलाई भगवानले गम्भिर चोटबाट बचाएका छन् । सम्भावित सबै खतार सम्झेर म रोएको थिए’, उनले इन्स्टाग्राममा लेखेका छन्, ‘आशा छ म चाँडै मैदानमा फर्केने छु । फाउल हानेको ४८ घन्टा पछि नेयमारको अवस्था धेरै गम्भिर नरहेको बताइएको छ ।’

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.