default_image

3 years ago

December 16, 2020

बेन्जेमाको दुई गोलमा रियालको सहज जित

एजेन्सी – फरवार्ड करिम बेन्जेमाको दुई गोल सहयोगमा रियाल म्याड्रिडले स्पेनिस ला लिगामा एथलेटिको बिल्बाओमाथि सहज जित हात पारेको छ । घरेलु मैदान अल्फ्रेडो स्टेफानोमा मंगलबार राति भएको खेलमा रियालले १० खेलाडीमा समेटिएको बिल्बाओमाथि ३–१ को सहज जित हात पारेको हो । रियालको जितमा करिम बेन्जेमाले दुई गोल गर्दा टोनी क्रुसले एक गोल गरे । […]

44 views

0 Bookmark

एजेन्सी – फरवार्ड करिम बेन्जेमाको दुई गोल सहयोगमा रियाल म्याड्रिडले स्पेनिस ला लिगामा एथलेटिको बिल्बाओमाथि सहज जित हात पारेको छ ।

घरेलु मैदान अल्फ्रेडो स्टेफानोमा मंगलबार राति भएको खेलमा रियालले १० खेलाडीमा समेटिएको बिल्बाओमाथि ३–१ को सहज जित हात पारेको हो । रियालको जितमा करिम बेन्जेमाले दुई गोल गर्दा टोनी क्रुसले एक गोल गरे । बिल्बाओका एन्डर कापाको गोल सान्त्वना बन्यो ।

खेलको १३औं मिनेटमा नै एथलेटिको बिल्बाओ १० खेलाडीमा समेटिन पुगेको थियो । टोनी क्रुसमाथि फल गरेपछि राहुल गार्सिया दोहोरो पहेलो कार्ड खादै मैदानबाट बाहिरिएका थिए ।
२३औं मिनेटमा करिम बेन्जेमाको प्रहारलाई डिफेन्डरले ब्लक गरे । रिवाउन्डमा फेडरिको भाल्र्भेडेको प्रहार पोस्ट नजिकैबाट बाहिरियो ।

४१औं मिनेटमा लुका मोड्रिचको क्रस पासमा भिनिसियस जुनियरको प्रहारलाई बिल्बाओका गोलरक्षक युनाई सिमोनले बचाए । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा भिनियिस जुनियरको पासमा टोनी क्रुसले गोल गर्दै रियाललाई १–० को अग्रता दिलाए ।

५२औं मिनेटमा एन्डर कापाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । डि मार्काेसको पासमा गरेको पहिलो प्रहार ब्लक गरेपनि रिवाउन्डमा उनले गोल गर्न सफल भएका थिए ।

७४औं मिनेटमा ड्यानियल कार्भाहलको पासमा करिम बेन्जेमाले गोल गर्दै खेललाई २–१ को अग्रता दिलाए । इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा लुका मोड्रिचको पासमा बेन्जेमाले व्यक्तिगत दोस्रो गोल गर्दै रियाललाई ३–१ को सहज जित दिलाए ।

यो जितसँगै रियालले शीर्षस्थानको रियल सोसिडाड र एट्लेटिको म्याड्रिडसँग अंक बराबरी (२६) गरेपनि गोल अन्तरमा तेस्रो स्थानमा रहेको छ । शीर्षस्थानको सोसिडाडको १३ खेलबाट २६ अंक छ । एट्लेटिकोले ११ खेल खेलेको छ । रियालले पनि १३ खेल खेलेको छ ।

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.