default_image

3 years ago

December 16, 2020

चेल्सी वल्भ्ससँग स्तब्ध, सिटी रोकियो

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा चेल्सी वल्भ्ससँग स्तब्ध बन्दा म्यानचेस्टर सिटी वेस्ट ब्रुमसँग बराबरीमा रोकिएको छ । चेल्सीले एक गोलले लिएको अग्रता जोगाउन नसक्दा २–१ ले स्तब्ध बन्न पुगेको छ । प्रिमियर लिगमा चेल्सीको यो लगातार दोस्रो हार हो । यसअघि चेल्सी एभर्टनसँग १–० ले स्तब्ध बनेको थियो । वल्भ्समा मंगलबार राति भएको खेलको पहिलो […]

26 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा चेल्सी वल्भ्ससँग स्तब्ध बन्दा म्यानचेस्टर सिटी वेस्ट ब्रुमसँग बराबरीमा रोकिएको छ ।

चेल्सीले एक गोलले लिएको अग्रता जोगाउन नसक्दा २–१ ले स्तब्ध बन्न पुगेको छ । प्रिमियर लिगमा चेल्सीको यो लगातार दोस्रो हार हो । यसअघि चेल्सी एभर्टनसँग १–० ले स्तब्ध बनेको थियो ।

वल्भ्समा मंगलबार राति भएको खेलको पहिलो हाफमा गोलरहित बराबरीमा टुंगिएको थियो । ४९औं मिनेटमा ओलिभर जिरुउडको गोलबाट अग्रता लिएको थियो । उनले बेन चिलवेलको पासमा गोल गरेका थिए ।

६६औं मिनेटमा ड्यानियल पोडेन्सले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । उनले ओवेन ओटासोवीको पासमा गोल गरेका थिए ।

बराबरीतर्फ धकेलिएको खेलको इन्ज्युरी समयको थप गरिएको छैटौ मिनेटमा पेड्रो नेटोले भिटिन्हाको पासमा गोल गर्दै चेल्सीलाई २–१ ले स्तब्ध पारे । बल पोसेसनमा चेल्सीले पकड बनाएपनि फिनिसिङ गर्न नसक्दा चेल्सी पराजित हुन पुग्यो ।

यो हारसँगै चेल्सीले यो बराबरीसँगै चेल्सीले शीर्षस्थानको टोटेनहम र लिभरपुलसँगको अंक दुरी बराबरी गर्ने मौका गुमाउदा पाँचौ स्थानमा यथावत रहेको छ । चेल्सीको १३ खेलबाट २२ अंक रहेको छ ।

शीर्षस्थानको टोटेनहम र लिभरपुलको २५ अंक रहेको छ । तेस्रो स्थानको लेस्टर सिटीको २४ तथा चौथो स्थानको साउथह्याम्टनको २३ अंक छ । वल्भ्स २० अंक जोडेर १०औं स्थानमा उक्लिएको छ ।

प्रिमियर लिगकै अर्काे खेलमा म्यानचेस्टर सिटी वेस्ट ब्रुमसँग १–१ गोलको बराबरीमा रोकिएको छ । इल्केए गुन्डोगानको गोलबाट ३०औं मिनेटमा अग्रता लिएको सिटी ४३औं मिनेटमा रुवेन डियासको आत्मघाती गोलबाट बराबरीमा पुगेको थियो ।

यो बराबरीसँगै सिटी २० अंक जोडेर छैटौं स्थानमा यथावत छ । वेस्ट ब्रुम ७ अंक जोडेर रेलिगेसन जोनको १९औं स्थानमा छ ।

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.