default_image

3 years ago

December 16, 2020

डर्टमुन्डको संघर्षपुर्ण जित

एजेन्सी – अघिल्लो खेलमा भिएफबी स्टुटगार्टसँग लज्जास्पद हार बेहोरेको बोरुसिया डर्टमुन्डले जर्मन बुन्डेसलिगामा वेर्डर ब्रेमेनमाथि उसकै मैदानमा २–१ को संघर्षपुर्ण जित निकालेको छ । ब्रेमेनमा मंगलबार राति भएको खेलमा डर्टमुन्डको जितमा राफायल गुरेइरो र मार्काे रिउसले गोल गरे । घरेलु टोलीका केभिन मोहवाल्डले एक गोल फर्काए । खेलको १२औं मिनेटमा राफायल गुरेइरोको गोलबाट डर्टमुन्डले अग्रता […]

44 views

0 Bookmark

एजेन्सी – अघिल्लो खेलमा भिएफबी स्टुटगार्टसँग लज्जास्पद हार बेहोरेको बोरुसिया डर्टमुन्डले जर्मन बुन्डेसलिगामा वेर्डर ब्रेमेनमाथि उसकै मैदानमा २–१ को संघर्षपुर्ण जित निकालेको छ ।

ब्रेमेनमा मंगलबार राति भएको खेलमा डर्टमुन्डको जितमा राफायल गुरेइरो र मार्काे रिउसले गोल गरे । घरेलु टोलीका केभिन मोहवाल्डले एक गोल फर्काए ।

खेलको १२औं मिनेटमा राफायल गुरेइरोको गोलबाट डर्टमुन्डले अग्रता लिएको थियो । उनले कर्नरबाट आएको बललाई गोलमा परिणत गरेको थियो । २८औं मिनेटमा केभिन मोहवाल्डले म्याक्सिमिलियन इगास्टिनको पासमा गोल गर्दै खेललाई पहिलो हाफमा १–१ गोलको बराबरीमा ल्याए ।

७८औं मिनेटमा डर्टमुन्डले पेनाल्टीमार्फत अग्रता लिने मौका पाएपनि कप्तान मार्काे रिउस पेनाल्टीमा चुके । तर गोलरक्षक पाभेलेन्का बल प्रहार गर्नुअघि नै अघि बढेपछि डर्टमुन्डले पुन पेनाल्टी पाएको थियो । रिउस दोस्रो पेनाल्टीमा सफल हुदै डर्टमुन्डलाई २–१ को अग्रता दिलाए । त्यसपछि थप गोल निस्कन नसक्दा डर्टमुन्ड विजयी हुन सफल भयो ।

यो जितसँगै डर्टमुन्ड १२ खेलबाट २२ अंक जोडेर चौथो स्थानमा उक्लिएको छ । पराजित ब्रेमेन ११ अंकसहित १३औं स्थानमा छ ।

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.