default_image

3 years ago

December 16, 2020

लिभरपुल र टोटेनहम भिड्दै

एजेन्सी – इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको टोटेनहम र लिभरपुलबीच आज राति प्रतिस्पर्धा हुँदैछ । खेल लिभरपुलको मैदानमा राति १ः४५ बजे हुनेछ । यो खेल दुवै टोलीको लागि उत्तिकै महत्त्वपुर्ण छ । एक खेलमा जित हात पार्ने टोलीले शीर्षस्थानमा ३ अंकको अग्रता बढाउने छ । शीर्षस्थानमा रहेको टोटेनहम र लिभरपुलको समान १२ खेलबाट २५ अंक […]

37 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको टोटेनहम र लिभरपुलबीच आज राति प्रतिस्पर्धा हुँदैछ । खेल लिभरपुलको मैदानमा राति १ः४५ बजे हुनेछ ।

यो खेल दुवै टोलीको लागि उत्तिकै महत्त्वपुर्ण छ । एक खेलमा जित हात पार्ने टोलीले शीर्षस्थानमा ३ अंकको अग्रता बढाउने छ । शीर्षस्थानमा रहेको टोटेनहम र लिभरपुलको समान १२ खेलबाट २५ अंक रहेको छ । गोल अन्तरमा टोटेनहम अघि रहेको छ ।

घरेलु मैदानमा लिभरपुल टोटेनहमलाई पराजित गर्दै शीर्षस्थानमा उक्लने लक्ष्यमा हुनेछ । टोलीसँग मोहम्मद सलाह, साडियो माने, रोबर्टाे फिर्मिनो, कर्टिस जोनु, जर्जिन्हो वाइनाल्डम, कप्तान जोर्डन हेन्डरसन, एन्ड्रिउ रोबर्टसन, फाविन्हो, जोए मटिप, ट्रेन्ट एलेक्सान्डर अर्नाेल्ड र गोलरक्षक एलिसन बेकरको साथ रहेको छ ।

चोटका कारण डिएगा जोटा टोली बाहिर छन् । यस्तै जेम्स मिल्नर, थियागो अलकान्तरा, भर्जिल भान डाइक जद्रान शाकिरी, नावी केइटा र जेम्स मिलनर पनि टोली बाहिर रहेका छन् ।

यता, टोटेनहम पनि लिभरपुलाई उसकै मैदानमा हराउदै शीर्षस्थानमा अग्रता लिने लक्ष्यमा हुनेछ । पछिल्लो १० खेलमा अपराजित रहेको टोटेनहम लिभरपुल माथि पनि जित निकाल्दै अपराजित रहने दाउमा हुनेछ ।

टोलीसँग ह्यारी केन, ह्युङ मिन सन, जियोभानी लो सेल्सो, पिएरे इमिल होब्सजर्ग, मोउसा सिसोको, सर्जियो रिगुइलोन, इरिक डाएर, टोवी एल्डरवेइरेल्ड, सर्जी औरिएर र गोलरक्षक ह्युगो लोरिसको साथ रहेको छ । यो सिजन ह्यारी केन र सनको जोडीले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । लिभरपुलविरुद्ध पनि यि दुई जोडी मुख्य हतियार हुनेछन् ।

यि दुई टोलीको पछिल्लो २३ खेलको नतिजामा लिभरपुल १२ खेलमा विजयी भएको छ । टोटेनहमले ५ खेलमा जित दर्ता गर्दा ६ खेल बराबरीमा सकिएको छ । पछिल्लो ६ खेलमा लिभरपुलले टोटेनहमसँग हार बेहोरेको छैन । जसमा ५ जित र १ बराबरीको नतिजा छ । लिभरपुल सोही अपराजित यात्रालाई निरन्तरता दिने लक्ष्यमा रहँदा टोेटेनहम लिभरपुललाई हराउने दाउमा छ ।

अन्य खेल
आर्सनलविरुद्ध साउथह्याम्टन (राति ११ः४५ बजे), लिड्सविरुद्ध न्युक्यासल (राति ११ः४५ बजे), लेस्टरविरुद्ध एभर्टन (राति ११ः४५ बजे), फुलहमविरुद्ध ब्राइटन (राति १ः४५ बजे), वेस्ट ह्यामविरुद्ध क्रिस्टल प्यालेस (राति १ः४५ बजे)

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.