default_image

3 years ago

December 17, 2020

लेवान्डोस्कीको दुई गोलमा बायर्नको जित

एजेन्सी – पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीको दुई गोल सहयोगमा बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा वल्फ्सवर्गमाथि २–१ को पुनरागमन जित निकालेको छ । घरेलु मैदानमा बुधबार राति भएको खेलमा बायर्नले एक गोलले पछि परेको अवस्थामा लेवान्डोस्की चम्किएपछि पूनरागमन जित हात पारेको हो । वल्सवर्गका म्याक्सिमिलियन फिलिपले गरेको गोल सान्त्वना बन्यो । एलिएन्ज एरिनाका खेलको पाँचौ मिनेटम नै […]

22 views

0 Bookmark

एजेन्सी – पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीको दुई गोल सहयोगमा बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा वल्फ्सवर्गमाथि २–१ को पुनरागमन जित निकालेको छ ।

घरेलु मैदानमा बुधबार राति भएको खेलमा बायर्नले एक गोलले पछि परेको अवस्थामा लेवान्डोस्की चम्किएपछि पूनरागमन जित हात पारेको हो । वल्सवर्गका म्याक्सिमिलियन फिलिपले गरेको गोल सान्त्वना बन्यो ।

एलिएन्ज एरिनाका खेलको पाँचौ मिनेटम नै म्याक्सिमिलियन फिलिपको गोलमा बायर्न पछि परेको थियो । उनले ककेभिन एमबावुको पासमा गोल गरेका थिए । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा किङ्सले कोमानको पासमा लेवान्डोस्कीले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

दोस्रो हाफको शुरु ५०औं मिनेटमा जेरोमी बोएटिङको पासमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गर्दै बायर्नलाई २–१ को अग्रता दिलाए । यससँगै लेवान्डोस्कीले जर्मन बुन्डेसलिगामा २५१ गोल पुरा गरेका छन् । उनी बुन्डेसलिगामा सर्वाधिक गोल गर्नेमा तेस्रो स्थानमा रहेका छन् । उनले बोरुसिया डर्टमुन्डबाट ७४ गोल र बायर्नबाट १७७ गोल गरेका छन् ।

बायर्न म्युनिखका गर्ड मुलरले ३६५ गोल र साल्केका क्लाहस फिस्चेरले २६८ गोल गरेका छन् । त्यसपछि थप गोल निस्कन नसक्दा बायर्न विजयी हुन सफल भयो ।

यो जितसँगै बायर्न १२ खेलबाट २७ अंक जोडेर दोस्रो स्थानमा यथावत रहेको छ । शीर्षस्थानको बायर लिभरकुसनको २८ अंक छ । पराजित वल्फ्सवर्ग २१ अंकसहित पाँचौ स्थानमा छ ।

April 30, 2024

सागरको ह्याट्रिकमा पुल्चोक विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सागर थिङले दोस्रो हाफमा गरेको ह्याट्रिक सहित पुल्चोक स्पोर्ट्स क्लबले सहिद स्मारक सि डिभिजन लिगमा मंगलबार सहज जित दर्ता गरेको छ । पुल्चोकले रानीवन स्पोर्ट्स क्लब माथि ४-० को सहज जित दर्ता गरेको हो । पुल्चोकका लागि सागर थिङले ह्याट्रिक गरे । उनले दोस्रो हाफमा मैदान प्रवेश गर्दा ८२औं मिनेट सहित […]

April 30, 2024

कोशीसँगै सुदूरपश्चिम महिला लिगका लागि छनोट

काठमाडौं (हाम्रो खेलकुद) – कोशी प्रदेश र सुदूरपश्चिम प्रदेश एन्फा महिला लिगको अन्तिम चरणका लागि छनोट भएका छन् । कर्णाली प्रदेशलाई लिग छनोटमा मंगलबार १–० ले पराजित गरेसँगै सुदूरपश्चिम लिगको अन्तिम चरणका लागि छनोट हुन सफल भएको हो । ५ खेलमा शीर्षस्थानको रहेको कोशीको १३ र सुदूरपश्चिमको १२ अंक छ । अन्तिम खेल अघि नै […]

April 30, 2024

गोदावरी मेयर कपमा कीर्तिपुरको सानदार जित

ललितपुर (हाम्रो खेलकुद) – कीर्तिपुर नगरपालिका गोदावरी अन्तरपालिका खुल्ला मेयर कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । गोदावरी १० टाहाखेल–झ्यालुन्टारमा अवस्थित प्रस्तावित गोदावरी बहुउद्देश्यीय रंगशालाको मंगलबार भएको खेलमा तारकेश्वर नगरपालिकालाई ५–० ले हराउँदै कीर्तिपुरले अन्तिम आठमा स्थान बनाएको हो । कीर्तिपुरका लागि यमन मर्हजनले ह्याट्रिक गरे भने थप २ गोल इन्द्र बहादुर बस्नेतको नाममा […]

Success

Thank you for your time.