default_image

3 years ago

December 18, 2020

लेवान्डोस्कीलाई ‘द बेस्ट’ अवार्ड

एजेन्सी – पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीले फिफाले वर्षको उत्कृष्ट खेलाडीलाई प्रदान गर्दै आएको फिफा ‘द बेस्ट’ अवार्ड जितेका छन् । अवार्डका लागि मनोनयनमा परेका लिओनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै लेवान्डोस्कीले उपाधि जितेका हुन् । अर्जेन्टिनी कप्तान मेस्सीले बार्सिलोनाका लागि कुनै उपाधि नजितेपनि उनको व्यक्तिगत प्रदर्शन भने तारिफयोग्य थियो । यस्तै पोर्चुगिज फरवार्ड रोनाल्डोले […]

45 views

0 Bookmark

एजेन्सी – पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीले फिफाले वर्षको उत्कृष्ट खेलाडीलाई प्रदान गर्दै आएको फिफा ‘द बेस्ट’ अवार्ड जितेका छन् ।

अवार्डका लागि मनोनयनमा परेका लिओनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै लेवान्डोस्कीले उपाधि जितेका हुन् । अर्जेन्टिनी कप्तान मेस्सीले बार्सिलोनाका लागि कुनै उपाधि नजितेपनि उनको व्यक्तिगत प्रदर्शन भने तारिफयोग्य थियो । यस्तै पोर्चुगिज फरवार्ड रोनाल्डोले युभेन्टसलाई इटालियन लिगको उपाधि दिलाउँदा उनी लिगको मोस्ट भ्यालुएबल प्लेयर घोषित भएका थिए ।

पोलिस फरवार्ड लेवान्डोस्कीले भने बायर्नका लागि निकै सफल वर्ष बिताए । उनकै गोलको आधारमा बायर्नले खेलेका सबै प्रतियोगिता जितेको थियो भने लेवान्डोस्की सर्वाधिक गोलकर्ता समेत भएका थिए ।

महिलातर्फ खेलाडीमा इंग्ल्यान्डकी लुसी ब्रोन्जले द बेस्ट अवार्ड जितिन् । डेनमार्ककी पेर्निल हार्डर र फ्रान्सकी वेन्डी रेनार्ड शीर्ष तीन मनोनयनमा परेका थिए ।

महिलातर्फ प्रशिक्षकमा नेदरल्यान्डकी सारिना विग्मन द बेस्टको उपाधि जित्न सफल रहिन् । उनले चेल्सीकी एम्मा हेअस र लियोनका जेन भासेरलाई मनोनयनमा पछि पारेकी हुन् ।

पुरुषतर्फ प्रशिक्षकको द बेस्ट उपाधि लिभरपुलका योर्गेन क्लोपले जिते । लिड्स युनाइटेडका मार्सेलो बिएल्सा र बायर्नका हान्स फ्लिक पनि शीर्ष तीन मनोनयनमा परेका थिए ।

इटालीका माटिया अग्नेसेले फिफा फेयर प्ले अवार्ड जिते । उनले इटालीको युवा श्रेणी लिग अन्तर्गत विपक्षी खेलाडी मैदानमा लडेपछि तुरुन्त फर्स्ट एड उपचारका रुपमा सास फेर्न गाह्रो भएपछि सहयोग गरेका थिए । त्यसै सहयोगको कारण नै स्वास्थ्य टोलीले उनलाई बचाउन सफल भएको थियो ।

फिफा फ्यान अवार्ड ब्राजिलका फ्रान्सिस्को मारिभाल्डोले जिते ।

महिलातर्फ द बेस्ट गोलरक्षकको उपाधि फ्रान्सकी सारा बौहाद्दीले जितेकी छिन् । मनोनयनमा लियोनकी बौहादीसँगै पिएसजीकी क्रिस्टियन एण्डलर र अमेरिकी अलिसा नेहर रहेका थिए ।

पुरुषको द बेस्ट गोलरक्षक जर्मन कप्तान म्यानुएल नोएर चुनिए । उपाधिका लागि लिभरपुलका एलिसन बेकर र एटलेटिको म्याड्रिडका जान ओब्लाक पनि मनोनयनमा थिए ।

फिफाले उत्कृष्ट गोलका लागि प्रदान गर्ने पुस्कास अवार्ड टोटेनहमका सन ह्युङ मिनले जितेका छन् । उनले गत सिजन बर्नलीविरुद्ध प्रिमियर लिगमा गरेको गोलले अवार्ड जितेको हो । उक्त गोलका लागि उनले आफ्नै हाफबाट बल अघि बढाउँदै उत्कृष्ट गोल गरेका थिए । हाल एटलेटिको म्याड्रिडमा खेलिरहेका लुइस सुआरेज र फ्लामेंगोका जर्जिआन्दे अरस्केता मनोनयनमा रहेका थिए ।

फिफा फिफ्प्रो महिला ११ :

क्रिस्टियन एन्डलर, लुसी ब्रोन्ज, वेन्डी रेनार्ड, मिलि ब्राइट, टोबिन हिथ, भेरोनिका बोकेटा, बार्बरा बोनान्से, मेगन रापिनो, डेल्फिन कासरिनो, भिभियन मीएडीमा, पेर्निल हार्डर

फिफा फिफ्प्रो पुरुष ११ :

एलिसन बेकर, ट्रेन्ट एलेक्जेन्डर आर्नोल्ड, भर्जील भान डाइक, सर्जियो रामोस, अल्फोन्सो डेभिस, जोशुआ किम्मिख, केभिन डे ब्रुएन, थियागो आलाकान्टारा, लिओनेल मेस्सी, रोबर्ट लेवान्डोस्की, क्रिस्टियानो रोनाल्डो

April 30, 2024

सागरको ह्याट्रिकमा पुल्चोक विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सागर थिङले दोस्रो हाफमा गरेको ह्याट्रिक सहित पुल्चोक स्पोर्ट्स क्लबले सहिद स्मारक सि डिभिजन लिगमा मंगलबार सहज जित दर्ता गरेको छ । पुल्चोकले रानीवन स्पोर्ट्स क्लब माथि ४-० को सहज जित दर्ता गरेको हो । पुल्चोकका लागि सागर थिङले ह्याट्रिक गरे । उनले दोस्रो हाफमा मैदान प्रवेश गर्दा ८२औं मिनेट सहित […]

April 30, 2024

कोशीसँगै सुदूरपश्चिम महिला लिगका लागि छनोट

काठमाडौं (हाम्रो खेलकुद) – कोशी प्रदेश र सुदूरपश्चिम प्रदेश एन्फा महिला लिगको अन्तिम चरणका लागि छनोट भएका छन् । कर्णाली प्रदेशलाई लिग छनोटमा मंगलबार १–० ले पराजित गरेसँगै सुदूरपश्चिम लिगको अन्तिम चरणका लागि छनोट हुन सफल भएको हो । ५ खेलमा शीर्षस्थानको रहेको कोशीको १३ र सुदूरपश्चिमको १२ अंक छ । अन्तिम खेल अघि नै […]

April 30, 2024

गोदावरी मेयर कपमा कीर्तिपुरको सानदार जित

ललितपुर (हाम्रो खेलकुद) – कीर्तिपुर नगरपालिका गोदावरी अन्तरपालिका खुल्ला मेयर कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । गोदावरी १० टाहाखेल–झ्यालुन्टारमा अवस्थित प्रस्तावित गोदावरी बहुउद्देश्यीय रंगशालाको मंगलबार भएको खेलमा तारकेश्वर नगरपालिकालाई ५–० ले हराउँदै कीर्तिपुरले अन्तिम आठमा स्थान बनाएको हो । कीर्तिपुरका लागि यमन मर्हजनले ह्याट्रिक गरे भने थप २ गोल इन्द्र बहादुर बस्नेतको नाममा […]

Success

Thank you for your time.