default_image

3 years ago

December 18, 2020

रासफोर्ड र मार्सियाल चम्कदा म्यानचेस्टरको जित

एजेन्सी – मार्कुस रासफोर्डको दुई तथा एन्थोनी मार्सियालको एक गोल सहयोगमा म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा सेफिल्ड युनाइटेडमाथि उसकै मैदानमा ३–२ को पूनरागमन जित निकालेको छ । युनाइटेडले एक गोलले पछि परेको अवस्थामा पूनरागमन जित निकालेको हो । घरेलु टोली सेफिल्डका लागि दुवै गोल डेभिड म्याकगोल्डरिकले गरेका थिए । ब्रामल लेन सेफिल्डमा बिहीबार राति भएको […]

29 views

0 Bookmark

एजेन्सी – मार्कुस रासफोर्डको दुई तथा एन्थोनी मार्सियालको एक गोल सहयोगमा म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा सेफिल्ड युनाइटेडमाथि उसकै मैदानमा ३–२ को पूनरागमन जित निकालेको छ ।

युनाइटेडले एक गोलले पछि परेको अवस्थामा पूनरागमन जित निकालेको हो । घरेलु टोली सेफिल्डका लागि दुवै गोल डेभिड म्याकगोल्डरिकले गरेका थिए । ब्रामल लेन सेफिल्डमा बिहीबार राति भएको खेलमा घरेलु टोली सेफिल्डले खेलको पाँचौ मिनेटमा डेभिड म्याकगोल्डरिकको गोलबाट अग्रता लिएको थियो । उनले ओलिभर बुर्कीको पासमा गोल गरेका थिए ।

एक गोलले पछि परेको युनाइटेडले त्यसपछि आक्रमक खेल पस्कदै २६औं मिनेटमा बराबरी गोल फर्काउन सफल भयो । भिक्टर निल्सल लिन्डेलफको पासमा मार्कुस रासफोर्डले गोल गर्दै खेललाई बराबरीमा ल्याए । ३३औं मिनेटमा एन्थोनी मार्सियालले गोल गर्दै युनाइटेडलाई खेलमा २–१ को अग्रता दिलाए ।

५१औं मिनेटमा मार्सियालको पासमा रासफोर्डले व्यक्तिगत दोस्रो गोल गर्दै युनाइटेडलाई खेलमा ३–१ ले अघि बढाए । ८७औं मिनेटमा डेभिक म्याकगोल्डरिकले गोल गर्दै खेललाई ३–२ को अवस्थामा ल्याएपनि त्यसपछि थप गोल निस्कन नसक्दा युनाइटेड विजयी हुन सफल भयो ।

यो जितसँगै युनाइटेड १२ खेलबाट २३ अंक जोडेर छैटौ स्थानमा उक्लदा सेफिल्ड १ अंक जोडेर पुछारमा रहेको छ । युनाइटेड शीर्षस्थानको लिभरपुलभन्दा ५ अंकले पछि छ ।

April 30, 2024

सागरको ह्याट्रिकमा पुल्चोक विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सागर थिङले दोस्रो हाफमा गरेको ह्याट्रिक सहित पुल्चोक स्पोर्ट्स क्लबले सहिद स्मारक सि डिभिजन लिगमा मंगलबार सहज जित दर्ता गरेको छ । पुल्चोकले रानीवन स्पोर्ट्स क्लब माथि ४-० को सहज जित दर्ता गरेको हो । पुल्चोकका लागि सागर थिङले ह्याट्रिक गरे । उनले दोस्रो हाफमा मैदान प्रवेश गर्दा ८२औं मिनेट सहित […]

April 30, 2024

कोशीसँगै सुदूरपश्चिम महिला लिगका लागि छनोट

काठमाडौं (हाम्रो खेलकुद) – कोशी प्रदेश र सुदूरपश्चिम प्रदेश एन्फा महिला लिगको अन्तिम चरणका लागि छनोट भएका छन् । कर्णाली प्रदेशलाई लिग छनोटमा मंगलबार १–० ले पराजित गरेसँगै सुदूरपश्चिम लिगको अन्तिम चरणका लागि छनोट हुन सफल भएको हो । ५ खेलमा शीर्षस्थानको रहेको कोशीको १३ र सुदूरपश्चिमको १२ अंक छ । अन्तिम खेल अघि नै […]

April 30, 2024

गोदावरी मेयर कपमा कीर्तिपुरको सानदार जित

ललितपुर (हाम्रो खेलकुद) – कीर्तिपुर नगरपालिका गोदावरी अन्तरपालिका खुल्ला मेयर कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । गोदावरी १० टाहाखेल–झ्यालुन्टारमा अवस्थित प्रस्तावित गोदावरी बहुउद्देश्यीय रंगशालाको मंगलबार भएको खेलमा तारकेश्वर नगरपालिकालाई ५–० ले हराउँदै कीर्तिपुरले अन्तिम आठमा स्थान बनाएको हो । कीर्तिपुरका लागि यमन मर्हजनले ह्याट्रिक गरे भने थप २ गोल इन्द्र बहादुर बस्नेतको नाममा […]

Success

Thank you for your time.