default_image

3 years ago

December 21, 2020

मोड्रिचलाई फर्काउने माउरिन्होको प्रयास

एजेन्सी – ग्यारेथ बेल र सर्जियो रेगुइलोनपछि टोटेनहमका प्रशिक्षकका प्रशिक्षक जोसे माउरिन्होले रियल म्याड्रिडका अर्को खेलाडीलाई भित्राउन चाहेका छन् । माउरिन्होले क्रोएसियन अन्तर्राष्ट्रिय लुका मोड्रिचलाई प्रिमियर लिग क्लबमा फर्काउन प्रयास थालेको बताइएको छ । रियलसँगको मोड्रिचको सम्झौता सन् २०२१ को जुन अन्तिममा सकिने भएकाले पनि माउरिन्होले उनलाई लैजान प्रयास थालेका अनुमान गरिएको छ । प्रिमियर […]

38 views

0 Bookmark

एजेन्सी – ग्यारेथ बेल र सर्जियो रेगुइलोनपछि टोटेनहमका प्रशिक्षकका प्रशिक्षक जोसे माउरिन्होले रियल म्याड्रिडका अर्को खेलाडीलाई भित्राउन चाहेका छन् ।

माउरिन्होले क्रोएसियन अन्तर्राष्ट्रिय लुका मोड्रिचलाई प्रिमियर लिग क्लबमा फर्काउन प्रयास थालेको बताइएको छ । रियलसँगको मोड्रिचको सम्झौता सन् २०२१ को जुन अन्तिममा सकिने भएकाले पनि माउरिन्होले उनलाई लैजान प्रयास थालेका अनुमान गरिएको छ ।

प्रिमियर लिगमा उच्च प्रदर्शन गरिरहेको टोटनहमले उपाधि दौडलाई मजबुत बनाउनका लागि टोलीलाई खेलाडी थप्ने योजना बनाएको जनाइएको छ । त्यसैले पनि टोटनहम आफ्ना पूर्व मिडफिल्डरलाई नै फर्काउन चाहेको बताइएको छ । टोटेनहमको मिडफिल्ड तुलनात्मक रुपमा केहि कमजोर रहेको छ ।

जनवरी १ बाट मोड्रिचले सुरुवाका लागि जुन सुकै क्लबसँग कुराकानी गर्न सक्नेछन् । जिनेदिन जिदान भने मोड्रिचसँगै सर्जियो रामोस र लुका भाजक्वेजको सम्झौता नविकरण गर्ने प्रयासमा छन् । सबै खेलाडीको सिजनको अन्त्यसँगै सम्झौता सकिँदैछ ।

रियल र मोड्रिचबीच सम्झौता नविकरणका लागि कुनै सम्झौता भइनसकेका कारण पनि माउरिन्होले उनलाई फर्काउने सम्भावनाका बीच प्रयास थालेका हुन् । ३५ वर्षे मिडफिल्डर २०१२ मा टोटनहमबाट रियल पुगेका थिए । जहाँ उनले २ पटक ला लिगा र ४ पटक च्याम्पियन्स लिग उपाधि जिते ।

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.