default_image

3 years ago

December 19, 2020

फिर्मिनो र सलाह चम्कदा लिभरपुलको सानदार जित

एजेन्सी – ब्राजिली फरवार्ड रोबर्टाे फिर्मिनो र इजिस्टियन फरवार्ड मोहम्मद सलाहको समान दुई गोल सहयोगमा मर्सिसाईड क्लब लिभरपुलले इंग्लिस प्रिमियर लिगमा क्रिस्टल प्यालेसमाथि उसकै मैदानमा ७–० को सानदार जित निकालेको छ । लिभरपुलको सानदार जितमा ताकुमी मिनामिनो, साडियो माने र जोर्डन हेन्डरसनले पनि गोल थपेका थिए । पहिलो हाफमा तीन तथा दोस्रो हाफमा चार गोल […]

42 views

0 Bookmark

एजेन्सी – ब्राजिली फरवार्ड रोबर्टाे फिर्मिनो र इजिस्टियन फरवार्ड मोहम्मद सलाहको समान दुई गोल सहयोगमा मर्सिसाईड क्लब लिभरपुलले इंग्लिस प्रिमियर लिगमा क्रिस्टल प्यालेसमाथि उसकै मैदानमा ७–० को सानदार जित निकालेको छ ।

लिभरपुलको सानदार जितमा ताकुमी मिनामिनो, साडियो माने र जोर्डन हेन्डरसनले पनि गोल थपेका थिए । पहिलो हाफमा तीन तथा दोस्रो हाफमा चार गोल सम्भव भएको थियो ।

सेलह्रस्ट पार्कमा शनिबार राति भएको एकपक्षीय खेलमा पाहुना टोली लिभरपुलले खेलको तेस्रो मिनेटमा नै मिनामिनोको गोलबाट अग्रता लिएको थियो । उनले साडियो मानेको पासमा गोल गरेका थिए ।

३६औं मिनेटमा रोबर्टाे फिर्मिनोको पासमा साडियो मानले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारे । ४४औं मिनेटमा एन्ड्रिउ रोबर्टसनको पासमा फिर्मिनोले गोल गरेपछि लिभरपुलले पहिलो हाफमै ३–० को आरामदायी अग्रता लिएको थियो ।

५२औं मिनेटमा कपन जोर्डन हेन्डरसनले ट्रेन्ट एलेक्सान्डर अर्नाेल्डको पासमा गोल गरेपछि लिभरपुल फराकिलो जिततर्फ अग्रसर बनेको थियो । ६८औं मिनेटमा सलाहको पासमा फिर्मिनोले व्यक्तिगत दोस्रो गोल गरेपछि लिभरपुल खेलमा ५–० ले अघि बढ्यो ।

८१औं मिनेटमा सब्सिच्युट मोहम्मद सलाहले जोए मटिपको पासमा गोल गर्दै लिभरपुललाई ६–० ले अघि बढाए । सलाह ५७औं मिनेटमा साडियो मानेको स्थानमा मैदान छिरेका थिए । ८४औं मिनेटमा सलाहले एलेक्स अक्सलेड चेम्वरलेनको पासमा गोल गर्दै लिभरपुलको जित पक्का गरे ।

यो जितसँगै शीर्षस्थानमा रहेको लिभरपुलले १४ खेलबाट ३१ अंक पुर्‍याएको छ । लिभरपुलले दोस्रो स्थानको टोटेनहमलाई ६ अंकले पछि पारेको छ । टोटेनहमको २५ अंक छ । पराजित क्रिस्टल प्यालेस १८ अंक जोडेर १२औं स्थानमा रहेको छ ।

May 5, 2024

लिभरपुलद्वारा टोटेनहम पराजित 

एजेन्सी – इंग्लिश प्रिमियर लिग अन्तर्गत आइतवार साँझ भएको खेलमा लिभरपुल विजयी भएको छ । लिभरपुलले टोटेनहम हटस्परलाई ४-२ ले पराजित गरेको हो ।   खेलको १६ औं मिनेटमा मोहम्मद सालाहले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । कोडी गाक्पोको क्रसमा सालाहले हेडर मार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । ४५ औं मिनेटमा लिभरपुलका लागि […]

May 5, 2024

आयोजक रातो र इटहरी भेन्ट्रान्सबीच पहिलो खेल हुने

हिमाल खरेल, बिर्तामोड झापाको बिर्तामोडमा हुन लागेको स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक पूर्वेली युवा परिवार बिर्तामोडले आज खेलमैदान डोमालाल राजवंशी रंगशालामा पत्रकार सम्मेलन गरेर प्रतियोगिताको तयारीबारे जानकारी दिएको हो । बिर्तामोडका अगुवा युवाहरुको साझा संस्था पूर्वेली युवा क्लबको आयोजनामा वैशाख ३१ देखि जेठ ७ गते सम्म […]

May 5, 2024

चेल्सीको सानदार जित

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आइतबार साँझ चेल्सीले सानदार जित दर्ता गरेको छ । घरेलु मैदान स्ट्यामफर्ड ब्रिजमा भएको खेलमा चेल्सीले वेस्ट ह्याम माथि ५-० को फराकिलो जित निकालेको हो । उत्कृष्ट लयमा रहेका कोल पालमरले १५औं मिनेटमा चेल्सीलाई अग्रता दिलाएका थिए । दायाँ फ्लान्कबाट खेलिएको क्रस बक्सको मध्यभागमा पालमरका सामू आएपछि उनले बललाई गोलतर्फ […]

Success

Thank you for your time.