default_image

3 years ago

December 19, 2020

बार्सिलोना बराबरीमा रोकियो

एजेन्सी – ला लिगमा खराब सुरुवात गरेको बार्सिलोनाले आफ्नो कमजोर नतिजाको सिलसिलालाई निरन्तरता दिँदै शनिबार भ्यालेन्सियासँग बराबरीमा रोकिएको छ । घरेलु मैदान क्याम्प नोउमा बार्सिलोना भ्यालेन्सियासँग २-२ को बराबरीमा रोकिएपछि अंक बाँड्न बाध्य भयो । खेलको २९ औं मिनेटमा भ्यालेन्सियाले मुक्टर डियाखाबीले गोल गर्दै अग्रता दिलाएका थिए । उनले कार्लोस सोलेरको पासमा गोल गरेका थिए […]

46 views

0 Bookmark

एजेन्सी – ला लिगमा खराब सुरुवात गरेको बार्सिलोनाले आफ्नो कमजोर नतिजाको सिलसिलालाई निरन्तरता दिँदै शनिबार भ्यालेन्सियासँग बराबरीमा रोकिएको छ ।

घरेलु मैदान क्याम्प नोउमा बार्सिलोना भ्यालेन्सियासँग २-२ को बराबरीमा रोकिएपछि अंक बाँड्न बाध्य भयो । खेलको २९ औं मिनेटमा भ्यालेन्सियाले मुक्टर डियाखाबीले गोल गर्दै अग्रता दिलाएका थिए । उनले कार्लोस सोलेरको पासमा गोल गरेका थिए । तर मेस्सीले पहिलो हाफको इन्ज्युरी समयमा खेल बराबरीमा ल्याए ।

भ्यालेन्सियाका कप्तान जोसे गायाले एन्टोइन ग्रिजमनलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि रेफ्रीले बार्सिलोनालाई पेनाल्टी दिएका थिए । रेफ्रीले गायालाई सुरुवातमा रातो कार्ड दिएपनि भीएआरबाट कार्डलाई पहेंलोमा परिवर्तन गर्दै पेनाल्टीको निर्णय भने कायम राखे । मेस्सीको पेनाल्टी गोलरक्षक जौमेले बचाएपनि रिबाउन्डमा जोर्डी अल्बाको क्रसलाई मेस्सीले हेडरमार्फत गोलमा परिणत गरे ।

कप्तान लिओनेल मेस्सीले बराबरी गोल गर्दै विश्व फुटबलका महान हस्ती पेलेसँग कीर्तिमान बराबरी पनि गरे । उनले पेलेले सान्तोसका लागि खेल्दै एकै क्लबका लागि गरेको ६ सय ४३ गोलको कीर्तिमान बराबर गरेका हुन् । त्यस गोलको मदतले बार्सिलोना पहिलो हाफ १-१ को बराबरी गर्न सफल रहेको थियो ।

दोस्रो हाफमा बार्सिलोनाले ५३ औं मिनेटमा नै अग्रता लियो । रोनाल्ड अराउजोले सानदार सिजर किकको मदतले गोल गर्दै बार्सिलोनालाई अघि बढाएका थिए । ६९ औं मिनेटमा भ्यालेन्सिया पुन: खेलमा फर्कियो । म्याक्सी गोमेजले गायाको क्रसलाई गोलमा परिणत गर्दै खेल बराबरीमा ल्याए ।

यस बराबरीसँगै बार्सिलोनाले १३ खेलमा २१ अंक जोड्दै पाँचौ स्थानमा यथावत रहेको छ । भ्यालेन्सिया भने १४ खेलमा १४ अंकसहित १२ औं स्थानमा छ । शीर्षस्थानको एटलेटिको म्याड्रिडले १२ खेलमा २९ अंक जोडेको छ ।

May 5, 2024

लिभरपुलद्वारा टोटेनहम पराजित 

एजेन्सी – इंग्लिश प्रिमियर लिग अन्तर्गत आइतवार साँझ भएको खेलमा लिभरपुल विजयी भएको छ । लिभरपुलले टोटेनहम हटस्परलाई ४-२ ले पराजित गरेको हो ।   खेलको १६ औं मिनेटमा मोहम्मद सालाहले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । कोडी गाक्पोको क्रसमा सालाहले हेडर मार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । ४५ औं मिनेटमा लिभरपुलका लागि […]

May 5, 2024

आयोजक रातो र इटहरी भेन्ट्रान्सबीच पहिलो खेल हुने

हिमाल खरेल, बिर्तामोड झापाको बिर्तामोडमा हुन लागेको स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक पूर्वेली युवा परिवार बिर्तामोडले आज खेलमैदान डोमालाल राजवंशी रंगशालामा पत्रकार सम्मेलन गरेर प्रतियोगिताको तयारीबारे जानकारी दिएको हो । बिर्तामोडका अगुवा युवाहरुको साझा संस्था पूर्वेली युवा क्लबको आयोजनामा वैशाख ३१ देखि जेठ ७ गते सम्म […]

May 5, 2024

चेल्सीको सानदार जित

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आइतबार साँझ चेल्सीले सानदार जित दर्ता गरेको छ । घरेलु मैदान स्ट्यामफर्ड ब्रिजमा भएको खेलमा चेल्सीले वेस्ट ह्याम माथि ५-० को फराकिलो जित निकालेको हो । उत्कृष्ट लयमा रहेका कोल पालमरले १५औं मिनेटमा चेल्सीलाई अग्रता दिलाएका थिए । दायाँ फ्लान्कबाट खेलिएको क्रस बक्सको मध्यभागमा पालमरका सामू आएपछि उनले बललाई गोलतर्फ […]

Success

Thank you for your time.