default_image

3 years ago

December 20, 2020

मेस्सीले पेलेको कीर्तिमान बराबरी गरे

34 views

0 Bookmark

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका कप्तान लियोनल मेस्सीले ब्राजिली लिजेण्ड तथा महान् खेलाडी पेलेको कीर्तिमानलाई बराबरी गरेका छन् ।

बार्सिलोनाका अर्जेन्टिनी फरवार्ड लियोनेल मेस्सीले शनिबार राति भ्यालेन्सियाविरुद्ध एक गोल गर्दै एकै क्लबबाट खेल्दै पेलेको ६ सय ४३ गोलको कीर्तिमान बराबरी गरेका हुन् । भ्यालेन्सियासँग २–२ को बराबरी खेल्दा मेस्सीले एक गोल गरेका थिए ।

पहिलो हाफको इन्ज्युरी समयमा ३३ वर्षीय मेस्सीले हेडमार्फत गोल गर्दै पेलेको कीर्तिमान बराबरी गर्न सफल भएका हुन् । उनले बार्सिलोनाको लागि ७ सय ४८ खेलमा मेस्सीको कीर्तिमानलाई भेट्टाएका हुन् । मेस्सीले सन् २००५ मा एल्वासेटेविरुद्ध बार्सिलोनाका लागि पहिलो गोल गरेका थिए ।

८० वर्षिय पेलेले सन् १९५६ देखि १९७४ सम्म १९ सिजन ब्राजिली क्लब सान्तोषबाट ६ सय ५६ खेलमा ६ सय ४३ गोल गरेका थिए ।

May 6, 2024

फुटबलर सविता पुरस्कृत

काठमाडौं (हाम्रो खेलकुद)– एभरग्रिन कन्स्ट्रकसन एन्ड कन्स्लटेन्सी प्रालिले राष्ट्रिय फुटबल टोली तथा एपिएफकी फरवार्ड सविता रानामगरलाई नगदले पुरस्कृत गरेको छ । प्रालिका अध्यक्ष अभिषेक कोइराला र मेनेनजर स्रदिप प्रधानले सोमबार सवितालाई चेक हस्तान्तरण गरेका थिए । साउदी अरबमा फागुनमा भएको वाफ च्याम्पियनसिपमा उच्च प्रदर्शन गरेकामा भन्दै प्रालिले उनलाई नगदले पुरस्कृत गरेको हो । जोर्डनसँगको फाइनलमा […]

May 6, 2024

नेपाल र इङ्ल्यान्ड ‘सि’ आज खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले आज इङ्ल्यान्ड ‘सि’ को सामना गर्दैछ । खेल नेपाली समय अनुसार बेलुका ८:४५ बजे एल्डरशट स्थित नेशनल लिग टोली एल्डरशट टाउनको घरेलु मैदान इबिबि स्टेडियममा सुरु हुनेछ । इङ्ल्यान्डमा रहेका नेपाली समुदायमा फुटबलको प्रोफाइल उकास्न र दक्षिण एसियाली समुदायको सहभागिता बढाउन सहयोग पुर्याउने […]

May 6, 2024

सहाराले उत्कृष्ट क्लबको अवार्ड पाउने

पोखरा (हाम्रो खेलकुद) – सहारा क्लब पोखराले उत्कृष्ट खेलकुद संघ संस्था वा क्लबतर्फको अवार्ड पाउने भएको छ । नेपाल खेलकुद पत्रकार मन्च गण्डकीले आठौं पोखरा स्पोर्टस अवार्ड २०८० मा सहारालाई अवार्ड दिने निर्णय गरेको बताइएको छ । अवार्ड शुक्रबार हुँदैछ । अवार्डको छैटौं सस्करणसम्म यो विधामा खेल संघलाई मात्र प्रदान गरिदै आएकोमा सातौँ संस्करणबाट खेल […]

Success

Thank you for your time.