default_image

3 years ago

December 20, 2020

हाजार्ड अझै नखेल्ने

एजेन्सी – एइबारविरुद्ध ला लिगामा आइतबार हुने खेलमा इडन हाजार्ड नखेल्ने रियल म्याड्रिडका प्रशिक्षक जिनेदान जिदानले बताएका छन् । हाजार्डलाई लिएर अनावश्यक जोखिम नलिने भन्दै आइतबार नखेलाइने उनले बताए । ‘म कुनै मुर्खतापूर्ण काम गर्न चाहन्न । हतार गर्दा जोखिम हुन्छ,’ उनले भने, ‘आशा गरौं उनी चाडै फर्कनेछन् । उनी शतप्रतिशत फिट हुने क्रममा छन् […]

16 views

0 Bookmark

एजेन्सी – एइबारविरुद्ध ला लिगामा आइतबार हुने खेलमा इडन हाजार्ड नखेल्ने रियल म्याड्रिडका प्रशिक्षक जिनेदान जिदानले बताएका छन् । हाजार्डलाई लिएर अनावश्यक जोखिम नलिने भन्दै आइतबार नखेलाइने उनले बताए ।

‘म कुनै मुर्खतापूर्ण काम गर्न चाहन्न । हतार गर्दा जोखिम हुन्छ,’ उनले भने, ‘आशा गरौं उनी चाडै फर्कनेछन् । उनी शतप्रतिशत फिट हुने क्रममा छन् । उनी खेल्नका लागि तयार छन् । उनी टिमसँग हुनेछन् । समय आएपछि खेल्नेछन् ।’

ला लिगामा बुधबार रियलले ग्रानाडाको सामना गर्दा हाजार्ड खेल्ने आशा गरिएको छ । नोभेम्बर २८ मा मासंपेशीमा चोट लागेयता हाजार्ड मैदान बाहिर रहँदै आएका छन् । सन् २०१९ का क्लबको कीर्तिमानी रकममा बेल्जियम अन्तर्राष्ट्रिय हाजार्ड चेल्सीबाट रियल पुगेका थिए ।

त्यसयता पटक पटकको चोटले पहिलो सिजन रियलका लागि धेरै खेल्न सकेनन् । दबाबका वावजुद पनि जिदानले भने हाजार्डप्रति विश्वास कायम राखे । यो सिजन पनि सुरु ५ खेल हाजार्डले गुमाएका थिए ।

विस्तारै लयमा फर्कने क्रममा उनी पून चोटग्रस्त भएका थिए । त्यसबीचमा उनी कोरोनाबाट पनि संक्रमित भएका थिए । हाजार्ड नहुदा मार्को एसेन्सियो र रोड्रिग्यो जस्ता खेलाडीले त्यो ठाँउ लिन सक्नेछन् ।

शनिबार अभ्यास नगरेको भिनिसकस पनि आइतबारको खेलमा हुनेछैनन् । ‘मलाई लाग्दैन उनी खेल्न सक्छन् । उनीले आराम महसुस गरेका छैनन्,’ जिदानले भने ।

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.