default_image

3 years ago

December 20, 2020

मेस्सीलाई पेलेको बधाई

एजेन्सी – व्यवसायिक फुटबलमा ब्राजिलियन महान फुटबल खेलाडी पेलेको कीर्तिमान भंग गर्न बार्सिलोनाका कप्तान लिओनल मेस्सी १ गोलले टाढा छन् । ला लिगामा भ्यालेसियाविरुद्ध २–२ को बराबरीमा टुंगिएको खेलमा १ गोल गर्दै मेस्सीले पेलेको कीर्तिमानसँग बराबरी गरेका थिए । पेले र मेस्सीले एउटा क्लबमा खेलेर त्यो कीर्तिमान बनाएका हुन् । बार्सिलोनाका लागि मेस्सीले प्राप्त गरेको […]

50 views

0 Bookmark

एजेन्सी – व्यवसायिक फुटबलमा ब्राजिलियन महान फुटबल खेलाडी पेलेको कीर्तिमान भंग गर्न बार्सिलोनाका कप्तान लिओनल मेस्सी १ गोलले टाढा छन् ।

ला लिगामा भ्यालेसियाविरुद्ध २–२ को बराबरीमा टुंगिएको खेलमा १ गोल गर्दै मेस्सीले पेलेको कीर्तिमानसँग बराबरी गरेका थिए । पेले र मेस्सीले एउटा क्लबमा खेलेर त्यो कीर्तिमान बनाएका हुन् ।

बार्सिलोनाका लागि मेस्सीले प्राप्त गरेको त्यो सफलताका लागि पेलेले बधाई दिएका छन् । ‘जब तिम्रो मुटु प्रेमले ओतप्रोत हुन्छ । मार्ग परिवर्तन गर्न गाह्रो हुन्छ, ‘ पेलेले इन्स्टाग्राममा लेखेका छन् । गोलको खुसीमा ओस्मान डेम्बेलेले मेस्सीलाई बोकेको तस्बिर पेलेले सार्वजनिक गरेको थिए । जुन पेलेको पुरानो फोटोसँग मिल्दो जुल्दो छ ।

‘तिमीलाई जस्तै मलाई पनि थाहा छ उनी टिसर्ट हरेक दिन लगाउन कति मनपर्दछ ,’ पेलेले लेखेका छन्,’ मलाई यो पनि थाहा छ आफुले घर जस्तो महसुस गरेको ठाँउ भन्दा राम्रो अरु केहि हुँदैन ।’

पेलेले कीर्तिमानका लागि मेस्सीलाई बधाई दिएका छन् । उनले बार्सिलोनामा उनको खेल जीवनको पनि तारिफ गरेका छन् । ‘यति लामो समय एउटै क्लबलाई माया गर्नु हाम्रो उस्तै कथा छ । दुर्भाग्य अहिले फुटबलमा यस्तो कमै देखिन्छ,’ पेले अगाडि भनेका छन्, ‘म तिम्रो धेरै प्रशंसा गर्छु । लिओनल ।’

पेले र मेस्सले ६ सय ४३ गोल गरेका छन् । पहिलो हाफको इन्ज्युरी समयमा ३३ वर्षीय मेस्सीले हेडमार्फत गोल गर्दै पेलेको कीर्तिमान बराबरी गरेका हुन् । उनले बार्सिलोनाको लागि ७ सय ४८ खेलमा मेस्सीको कीर्तिमानलाई भेट्टाए ।

मेस्सीले सन् २००५ मा अल्बासेटेविरुद्ध बार्सिलोनाका लागि पहिलो गोल गरेका थिए । ८० वर्षे पेलेले १९५६ देखि १९७४ सम्म १९ सिजन ब्राजिलियन क्लब सान्तोषबाट खेल्दै ६ सय ५६ खेलमा ६ सय ४३ गोल गरेका थिए ।

May 5, 2024

लिभरपुलद्वारा टोटेनहम पराजित 

एजेन्सी – इंग्लिश प्रिमियर लिग अन्तर्गत आइतवार साँझ भएको खेलमा लिभरपुल विजयी भएको छ । लिभरपुलले टोटेनहम हटस्परलाई ४-२ ले पराजित गरेको हो ।   खेलको १६ औं मिनेटमा मोहम्मद सालाहले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । कोडी गाक्पोको क्रसमा सालाहले हेडर मार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । ४५ औं मिनेटमा लिभरपुलका लागि […]

May 5, 2024

आयोजक रातो र इटहरी भेन्ट्रान्सबीच पहिलो खेल हुने

हिमाल खरेल, बिर्तामोड झापाको बिर्तामोडमा हुन लागेको स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक पूर्वेली युवा परिवार बिर्तामोडले आज खेलमैदान डोमालाल राजवंशी रंगशालामा पत्रकार सम्मेलन गरेर प्रतियोगिताको तयारीबारे जानकारी दिएको हो । बिर्तामोडका अगुवा युवाहरुको साझा संस्था पूर्वेली युवा क्लबको आयोजनामा वैशाख ३१ देखि जेठ ७ गते सम्म […]

May 5, 2024

चेल्सीको सानदार जित

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आइतबार साँझ चेल्सीले सानदार जित दर्ता गरेको छ । घरेलु मैदान स्ट्यामफर्ड ब्रिजमा भएको खेलमा चेल्सीले वेस्ट ह्याम माथि ५-० को फराकिलो जित निकालेको हो । उत्कृष्ट लयमा रहेका कोल पालमरले १५औं मिनेटमा चेल्सीलाई अग्रता दिलाएका थिए । दायाँ फ्लान्कबाट खेलिएको क्रस बक्सको मध्यभागमा पालमरका सामू आएपछि उनले बललाई गोलतर्फ […]

Success

Thank you for your time.