default_image

3 years ago

December 20, 2020

‘बेन्जेमा विश्वकै उत्कृष्ट फरवार्ड’

एजेन्सी – रियल म्याड्रिडका फरवार्ड करिम बेन्जेमाले यो सिजनको सुरुवात उत्कृष्ट ढंगले गरेका छन् । रियलले ला लिगामा आइतबार एइबारको सामना गर्दैछ । खेल अघि एइबारका प्रशिक्षक जोसे लुइस मेलडिलेबारले बेन्जेमालाई विश्वका उत्कृष्ट फरवार्ड रहेको बताएका छन् । फ्रान्सेली फरवार्डले यो सिजनमा सबै खाले प्रतिस्पर्धाका १६ खेलमा १० गोल गरिसकेका छन् । रियललाई कठीन परिस्थितिबाट […]

40 views

0 Bookmark

एजेन्सी – रियल म्याड्रिडका फरवार्ड करिम बेन्जेमाले यो सिजनको सुरुवात उत्कृष्ट ढंगले गरेका छन् । रियलले ला लिगामा आइतबार एइबारको सामना गर्दैछ । खेल अघि एइबारका प्रशिक्षक जोसे लुइस मेलडिलेबारले बेन्जेमालाई विश्वका उत्कृष्ट फरवार्ड रहेको बताएका छन् ।

फ्रान्सेली फरवार्डले यो सिजनमा सबै खाले प्रतिस्पर्धाका १६ खेलमा १० गोल गरिसकेका छन् । रियललाई कठीन परिस्थितिबाट सहज अवस्थामा ल्याउन बेन्जेमाले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन् ।

‘बेन्जेमा विश्वका उत्कृष्ट फरवार्ड हुन किनकी उनी आफूले पाएको सबै भूमिकामा पोख्त छन् । उनी डिफेन्समा र आक्रमणमा उत्तिकै मिहिनेत गर्छन् । अरु खेलाडीलाई सहयोग र गोल पनि गर्छन्,’ मेलडिलेबारले भने, ‘अन्य फरवार्ड पनि छन् जसले राम्रो गरिरहेका छन् र गोल पनि गरिरहेका छन् । तर उनी त्यस्तो खेलाडी हुन् जसले सबै गरेका छन् । उनी मैदानमा हरेक समय सचेत रहन्छन् ।’

बिहीबार मात्र कोपा डेल रे खेलेको एइबारले आज रियलको सामना गर्नेछ । अर्कोतर्फ जिदानको टोलीले मंगलबार रियल सोसिडाडको सामना गरेको थियो । यदि खेलमा हारेमा त्यसमा कम समय पाइएको भन्दै वहाना गर्न नमिल्ने बताएका छन् ।

‘सधै उस्तै हुन्छ भन्ने हुँदैन । कहिले फाइदा हुन्छ, कहिले हुदैन,’ प्रशिक्षक लुइसले भने, ‘तयारीका लागि हामीलाई कम समय रह्यो । तर अन्य टोलीको हकमा पनि त्यहि हो । हामी अहिले ठीक अवस्थामा छैन । यदि हामी हार्यौं भने रियलको भन्दा कम समयका कारण भन्न मिल्दैन ।’

केहि अघि सम्म कमजोर अवस्थामा रहेको रियल लयमा फर्केको संकेत मिलेको छ । ‘एक महिना अघि सम्म रियल खराब अवस्थामा थियो । तर पछिल्लो ५ खेलमा उनीहरुले धेरै सुधार गरे र जिते,’ मेनडिलेबारले भने, ‘रियल अहिले प्रतिस्पर्धामा छ । उनीहरु स्तरीय टोली हुन् । उनीहरुले आफ्नो क्षमता अनुसार खेल्दा रियललाई हराउन कठीन छ । यदि हामी सम्हालिन सकेनौं भने २ वा ३ गोल गर्न सक्छन् । हामीले पूरा गतिका साथ खेल्नुपर्ने हुन्छ । लय बिगार्नु हुन्न र केन्द्रित हुनुपर्छ ।’

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.