default_image

3 years ago

December 20, 2020

६ सेकेन्डमै गोल

एजेन्सी – इटालियन क्लब एसी मिलानका पोर्चुगिज फरवार्ड राफाएल लिआओले खेल सुरु भएको ६ सेकेन्डमै गोल गरेर सिरी ए मा नयाँ कीर्तिमान राखेका छन् । आइतबार सासुओलोविरुद्ध खेलमा लिआओले खेल सुरु भएको ६.२ सेकेन्डमा गोल गर्न सफल भएका हुन् । इटालियन शीर्ष श्रेणीको इतिहासमा यो नै सर्वाधिक छिटो गोल हो । लिआओले मिलानको लागि खेलमा बल छुने तेस्रो खेलाडी बन्दै गोल गरेका हुन् ।  मिलानले सेन्टरबाट बल चलाउँदा सोझै […]

28 views

0 Bookmark

एजेन्सी – इटालियन क्लब एसी मिलानका पोर्चुगिज फरवार्ड राफाएल लिआओले खेल सुरु भएको ६ सेकेन्डमै गोल गरेर सिरी ए मा नयाँ कीर्तिमान राखेका छन् ।

आइतबार सासुओलोविरुद्ध खेलमा लिआओले खेल सुरु भएको ६.२ सेकेन्डमा गोल गर्न सफल भएका हुन् । इटालियन शीर्ष श्रेणीको इतिहासमा यो नै सर्वाधिक छिटो गोल हो । लिआओले मिलानको लागि खेलमा बल छुने तेस्रो खेलाडी बन्दै गोल गरेका हुन् । 

मिलानले सेन्टरबाट बल चलाउँदा सोझै आक्रमण गरेपछि सासुओलोको मिडफिल्ड असमन्जसमा परेको थियो । केहि सेकेन्डमा नै हाकान चाल्हानोग्लुबाट पास पाएका लिआओले दुई टच गर्दै डिफेन्सलाई पार गरे र पोस्टमा गरेको प्रहार गोल भएको थियो ।

उच्च फर्ममा रहेको मिलान अंक तालिकाको शीर्षस्थानमा रहेको छ । अहिले जारी खेलमा मिलानले सासुओलोविरुद्ध २-० को अग्रता बनाइसकेको छ । यो खेल जितमा मिलानले दोस्रो स्थानको इन्टरसँग ३ अंकको अग्रता बनाउनेछ । तेस्रो स्थानको युभेन्टसको २७ अंक छ ।

यसअघि सिरी ए मा सबैभन्दा छिटो गोल गर्ने किर्तिमान पियासेन्जाका पाओलो फोगीको नाममा थियो । उनले फिओरेन्टिनाविरुद्ध ८.१ सेकेन्डमा गोल गर्दै किर्तिमान बनाएका थिए । प्रिमियर लिगमा भने सेन लङले सन् २०१९ मा ७.६९ सेकेन्डमा गोल गरेका थिए ।

गोलको भिडियो :

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.