default_image

3 years ago

December 21, 2020

बेन्जेमा चम्कदा रियल म्याड्रिड विजयी

एजेन्सी – फ्रेन्च फरवार्ड करिम बेन्जेमाले एक गोल गर्नुका साथै दुई गोलको लागि असिस्ट दिएपनि स्पेनिस ला लिगामा रियल म्याड्रिडले एइवरमाथि ३–१ को सहज जित निकालेको छ । करिम बेन्जेमासँगै लुका मोड्रिच र लुकास भास्क्वेजले गोल गरेपछि रियलले एइवरलाई उसकै मैदानमा सहज जित हात पारेको हो । किकेले गरेको गोल सान्त्वना बन्यो । एइवरमा आइतबार […]

54 views

0 Bookmark

एजेन्सी – फ्रेन्च फरवार्ड करिम बेन्जेमाले एक गोल गर्नुका साथै दुई गोलको लागि असिस्ट दिएपनि स्पेनिस ला लिगामा रियल म्याड्रिडले एइवरमाथि ३–१ को सहज जित निकालेको छ ।

करिम बेन्जेमासँगै लुका मोड्रिच र लुकास भास्क्वेजले गोल गरेपछि रियलले एइवरलाई उसकै मैदानमा सहज जित हात पारेको हो । किकेले गरेको गोल सान्त्वना बन्यो । एइवरमा आइतबार राति भएको खेलमा रियलले खेलको छैटौ मिनेटमा करिम बेन्जेमाको गोलबाट अग्रता लिएको थियो ।

रोड्रिगो गोएसले क्रस गरेको बललाई बेन्जेमाले पेनाल्टी बक्समा नियन्त्रणमा लिदै सहज फिनिस गरेका थिए । १३औं मिनेटमा लुका मोड्रिचले गोल गर्दै रियलको अग्रता दोब्बर पारे । करिम बेन्जेमाले एक डिफेन्डरलाई बटि गर्दै दिएको कटब्याकलाई लुका मोड्रिचले उत्कृष्ट फिनिस गरेका थिए ।

१६औं मिनेटमा बेन्जेमा चुके । २८औं मिनेटमा किकेले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए । उनले केभिन रोड्रिगेसको पासमा गोल गरेका थिए । ३६औं मिनेटमा टोनी क्रुसको लामो पासमा बेन्जेमाले गोल गरेपनि उनी अफसाइड ठहरिदा गोलले मान्यता पाएन ।

पहिलो हाफमो इन्ज्युरी समयमा काउन्टर अट्याकमा भास्क्वेजले एइवरका गोलरक्षक डिमिट्रोभिकलाई बिट गर्दै गरेको प्रहारलाई पेड्रो बिगासले गोललाइनबाट बचाउदै रियलको थप अग्रता टारे । ६८औं मिनेटमा टोनी क्रुसको चलाखीपुर्ण पासमा रोड्रिगोले वान भर्सेस वानको अवस्थामा गरेको प्रहार गोलरक्षक डिमिट्रोभिकले खुट्टाले बचाए ।

७४औं मिनेटमा मार्काे एसेन्सियोको फ्रिकिक पोस्ट नजिकैबाट बाहिरियो । ८०औं मिनेटमा योसीनोरी मुटोको हेडरलाई पेनाल्टी बक्समा सर्जियोले ह्यान्ड गर्न पुगेपनि भिएआरले उक्त ह्यान्डलाई मान्यता नदिा एइवरले बराबरीको सुवर्ण अवसर खेर फाल्यो ।

इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा कप्तान सर्जियो रामोसले पेड्रो बिगासको प्रहारलाई उत्कृष्ट ब्लक गर्दै एइवरको बराबरी टारे । इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा करिम बेन्जेमाको पासमा लुकास भास्क्वेजले सहज गोल गर्दै रियललाई ३–१ को सहज जित दिलाए ।

ला लिगामा रियलको यो लगातार चौथो जित हो । २९ नोभेम्वरमा एलाभेससँग २–१ ले पराजित भएयता रियलले सेभिया, एट्लेटिको म्याड्रिड र एथलेटिको बिल्वाओलाई पराजित गरेको थियो ।

जितसँगै रियलले शीर्षस्थानको एट्लेटिको म्याड्रिडसँग अंक बराबरी गरेपनि गोल अन्तरमा दोस्रो स्थानमा रहेको छ । रियलको १४ खेलबाट २९ अंक पुगेको छ । शीर्षस्थानको एट्लेटिको म्याड्रिडको १२ खेलबाट २९ अंक रहेको छ । पराजित एइवर १४ खेलबाट १५ अंक जोडेर १४औं स्थानमा छ ।

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.