default_image

3 years ago

December 21, 2020

लिड्सको पोस्टमा म्यानचेस्टरको ६ गोल

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले लिड्स युनाइटेडमाथि सानदार जित निकालेको छ । घरेलु मैदानमा युनाइटेडले लिड्सलाई ६–२ को फराकिलो अन्तरले पराजित गरेको हो । युनाइटेडको फराकिलो जितमा स्कट म्याकटोमिने र ब्रुनो फर्नान्डेसले समान दुई गोल गर्दा भिक्टर निल्सन लिन्डेलफ र ड्यानियल जेम्सले समान एक गोल गरे । लिड्सका लियाम कोपर र स्टुआर्ट डालासले […]

46 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले लिड्स युनाइटेडमाथि सानदार जित निकालेको छ । घरेलु मैदानमा युनाइटेडले लिड्सलाई ६–२ को फराकिलो अन्तरले पराजित गरेको हो ।

युनाइटेडको फराकिलो जितमा स्कट म्याकटोमिने र ब्रुनो फर्नान्डेसले समान दुई गोल गर्दा भिक्टर निल्सन लिन्डेलफ र ड्यानियल जेम्सले समान एक गोल गरे । लिड्सका लियाम कोपर र स्टुआर्ट डालासले गोल फर्काए ।

ओल्डट्राफोर्डमा आइतबार राति गोलको वर्षा भएको खेलमा युनाइटेडले खेलको तीन मिनेट भित्र नै दुई गोलको अग्रता लिएको थियो । स्कट म्याकटोमिनेले दोस्रो र तेस्रो मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाएका थिए । उनले ब्रुनो फर्नान्डेस र एन्थोमी मार्सियालको पासमा गोल गरेका थिए ।

२०औं मिनेटमा फर्नान्डेसले गोल गर्दै युनाइटेडलाई खेलमा ३–० को सहज स्थितिमा अघि बढाए । ३७औं मिनेटमा भिक्टर लिन्डेलफले मार्सियालको पासमा गोल गरेपछि युनाइटेड ४–० को आरामदायी स्थितिमा पुग्यो । ४१औं मिनेटमा राफिन्हाको पासमा लियाम कोपरले गोल गर्दै गोलअन्तर ४–१ मा झारे ।

६६औं मिनेटमा स्कट म्याटोमिनेको पासमा ड्यानियल जेम्सले गोल गरेपछि युनाइटेड फराकिलो जिततर्फ अग्रसर बन्यो । ७०औं मिनेटमा ब्रुनो फर्नान्डेसले पेनाल्टीमार्फत गोल गर्दै युनाइटेडलाई खेललाई ६–१ ले अघि बढाए । स्ट्रजिकले मार्सियाललाई पेनाल्टी बक्समा फल गरेपछि युनाइटेडले पेनाल्टी पाएको थियो । जसमा फर्नान्डेस चुकेनन् ।

७३औं मिनेटेमा राफिन्हाको पासमा स्टुआर्ट डालासले गोल गर्दै खेललाई ६–२ को अवस्थामा ल्याए । त्यसपछि थप गोल निस्कन नसक्दा युनाइटेडले फराकिलो जित निकाल्न सफल भयो ।

जितसँगै युनाइटेड १३ खेलबाट २६ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । एक खेल बढी खेलको शीर्षस्थानको लिभरपुलको ३१ तथा लेस्टर सिटीको २७ अंक छ । पराजित लिड्स १७ अंक जोडेर १४औं स्थानमा छ ।

प्रिमियर लिगकै अर्काे खेलमा एस्टन भिल्लाले १० खेलाडीमा समेटिएको वेस्ट ब्रुमलाई ३–० ले पराजित गरेको छ । एस्ट भिल्लाको जितमा अनवर इएल घाजीले दुई तथा बर्टरान्ड ट्राओरेले एक गोल गरे ।

३६औं मिनेटमा ज्याक लिभरमोर सिधै रातो कार्ड खादै मैदानबाट बाहिरिएपछि घरेलु टोली वेस्ट ब्रुम १० खेलाडीमा समेटिएको थियो । जितसँगै एस्टन भिल्ला २२ अंक जोडेर नवौं स्थानमा उक्लिएको छ । वेस्ट ब्रुम ७ अंक जोडेर १९औं स्थानमा छ ।

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.