default_image

3 years ago

December 21, 2020

रोनाल्डोले जिते गोल्डेन फुट अवार्ड

एजेन्सी – पोर्चुगिज फरवार्ड क्रिस्टियानोले सन् २०२० को गोल्डेन फुट अवार्ड जितेका छन् । यसँगै रोनाल्डो यो अवार्ड हात पार्ने पहिलो पोर्चुगिज खेलाडी बनेका छन् । रोनाल्डोले यो अवार्ड गत डिसेम्वर १ मा प्राप्त गरेपनि आइतबार राति ग्रहण गरेका हुन् । इटालियन क्लब युभेन्टसका ३५ वर्षीय रोनाल्डोले लियोनेल मेस्सी, रोबर्ट लेवान्डोस्की, जर्जियो चिलियानी, नेयमार, सर्जियो […]

69 views

0 Bookmark

एजेन्सी – पोर्चुगिज फरवार्ड क्रिस्टियानोले सन् २०२० को गोल्डेन फुट अवार्ड जितेका छन् । यसँगै रोनाल्डो यो अवार्ड हात पार्ने पहिलो पोर्चुगिज खेलाडी बनेका छन् ।

रोनाल्डोले यो अवार्ड गत डिसेम्वर १ मा प्राप्त गरेपनि आइतबार राति ग्रहण गरेका हुन् । इटालियन क्लब युभेन्टसका ३५ वर्षीय रोनाल्डोले लियोनेल मेस्सी, रोबर्ट लेवान्डोस्की, जर्जियो चिलियानी, नेयमार, सर्जियो रामोस, जेरार्ड पिके, मोहम्मद सलाह र आर्टुरो भिडाललाई भोटिङमा पछि पार्दै यो अवार्ड हात पारेका हुन् ।

वल्ड च्याम्पियन्स क्लबले फुटबलमा सफल करियर बिताएका २८ वर्षभन्दा माथिको खेलाडीलाई हरेक वर्ष यो अवार्ड प्रदान गर्दै आइरहेको छ । गोल्डेन फुट अवार्डको यो १८औं संस्करण हो ।

‘सबै समयका सर्वश्रेष्ठ महान फुटबल महापुरुषको साथ म यो अवार्ड (मोनाकोको च्याम्पियन प्रोमोनेड) जित्न पाएकोमा सम्मान गर्दछु,’ रोनाल्डोले अवार्ड ग्रहणपछि तस्विरसहित इन्स्टाग्राममा लेखेका छन्, ‘म साँच्चिकै नम्र छु । मलाई मतदान गरेकोमा संसारभरिका फ्यानहरुलाई धन्यवाद दिन चहान्छु ।’

हालसम्मको विजेता :

रोबर्टाे बाजियो (२००३), पाभेल नेभडेड, आन्द्रिय सेभचेन्को, रोनाल्डो नाजारियो, एलेसोन्द्रो डेल पिएरो, रोबर्टाे कार्लाेस, रोनाल्डिन्हो, फ्रान्सिस्को टोट्टी, रायन गिग्स, ज्लाटन इब्राहिमोभिच, डिडियर ड्रोग्वा, आन्द्रेस इनिएस्टा, स्यामुइल इटो, जियानलुजी बुफोन, इकर कासियास, इडिन्सन काभानी र लुका मोड्रिच

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.