default_image

3 years ago

December 23, 2020

पेले र मेस्सीका १० समानता

54 views

0 Bookmark

एजेन्सी – बार्सिलोनाका लिओनल मेस्सीले भ्यालेन्सियाविरुद्ध गोल गर्दै एकै क्लबबाट सर्वाधिक गोल गर्ने ब्राजिलियन महान खेलाडी पेलेको कीर्तिमानीसँग बराबरी गरेका थिए ।

फुटबल इतिहासकै दुई सफल खेलाडीबीच धेरै समानता रहेको छ । यी दुई सुपर स्टारबीचका १० समानता यस्तो छ ।

१. एउटा क्लबका लागि सर्वाधिक गोल

पेलेले सान्तोषबाट खेल्दै ६ सय ४३ गोल गरेका थिए । मेस्सीले पनि बार्सिलोनाबाट खेल्दै सोही कीर्तिमानी बनाएका छन् ।

२. क्याम्प नोउमा धेरै

मेस्सीले बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा मात्र ३ सय ७८ गोल गरेका छन् । पेलेले एउटै मैदानमा गोल गरेका थिए । सन् १९५९ र १९६० मा समान ३ गोल गरेका थिए भने १९६३ मा अर्को गोल गरेका थिए ।

३. नम्बर जर्सी १०

पेलेले आफ्नो खेल जीवनमा पहिला सान्तोष र पछि न्यू योर्क कसमसमा १० नम्बर जर्सी लगाएका थिए । मेस्सीले ३० नम्बरको जर्सीबाट आफ्नो व्यवसायिक खेल जीवन सुरु गरेका थिए । पछि १९ नम्बर जर्सी लगाएका मेस्सीले २००८/०९ बाट बार्सिलोनामा जर्सी नम्बर १० लगाइरहेका छन् ।

४. मैत्रीपूर्ण खेलमार्फत ‘डेब्यू’

दुवै महान खेलाडीले मैत्रीपूर्ण खेलमार्फत व्यवसायिक जीवनको सुरुवात गरेका थिए । १९५६ मा पेलेले सान्तोषबाट कोरियथेन्सविरुद्ध १५ वर्षमा डेब्यू गरेका थिए । त्यस्तै मेस्सीले २००३ मा पोर्टोविरुद्ध १६ वर्षको उमेरमा डेब्यू गरेका थिए ।

५. गोल मेसिन

पेलेले खेल जीवनमा ७ सय ८६ खेलमा ७ सय ५७ गोल गरेका थिए । उनको गोल औसत प्रति खेल ०.९३ रहेको छ । मेस्सीले प्रति खेल ०.७९ को औसतमा गोल गरिरहेका छन् ।

६. थुप्रै व्यक्तिगत अवार्ड

दुवैले प्रतिष्ठित र व्यक्तिगत अवार्ड प्राप्त गरेका छन् । दुवैले विश्व कपमा गोल्डने बल जितेका छन् । पहिलो पेलेले १९७० को विश्व कप र मेस्सीले २०१४ को विश्व कपमा गोल्डने बल जितेका थिए ।

दोस्रो दुवै टाइम्स म्यागेजिनको टाइम्स १०० मा परेका थिए । पेलेलाई १९९९ को ब्राजिलको शतब्दीकै महत्वपूर्ण व्यक्ति घोषित गरिएको थियो । त्यस्तै अर्जेन्टिनामा मेस्सीलाई २०१२ मा त्यस्तै घोषणा गरिएको थियो ।

७. विश्व कपमा आफ्नो देशका लागि गोल गर्ने युवा खेलाडी

पेले र मेस्सी दुवैले सबै भन्दा कम उमेरमा विश्व कपमा गोल गरेका थिए । ब्राजिलियन पेलेले १६ वर्ष २ सय ५९ दिनमा गोल गरेका थिए । अर्जेन्टिनी स्टारले १८ वर्ष ३ सय ५७ दिनमा विश्व कपमा गोल गरेका थिए ।

८. समान उचाई

फुटबलमा उचाईले मात्र खासै फरक पर्दैन भन्ने यी दुई खेलाडीबाट प्रष्ट हुन्छ । पेले र मेस्सी दुवै १ सय ७५ सेन्टिमिटर भन्दा बढी छैनन् । पेले १ सय ७३ र मेस्सी १ सय ७० सेन्टिमिटरका छन् ।

९. सरकारी सम्मान

दुवै सुपर स्टारले आ आफ्नो देशबाट प्रतिष्ठित सम्मान प्राप्त गरेका छन् । १९९२ मा पेलेलाई ब्राजिलियन सरकारले नेशनल अर्डर अफ मेरिटबाट सम्मान गरेको थियो । त्यस्तै अर्जेन्टिनाले मेस्सीलाई प्रतिष्ठित सम्मान गरेको थियो ।

१०. दक्षिण अमेरिकी सर्वाधिक गोलकर्ता

पेले दक्षिण अमेरिकी खेलाडीमा सर्वाधिक गोल गर्नेमा पर्दछन् । उनको नाममा ७७ गोल छ । मेस्सीले ७१ गोलका साथ उनलाई पछ्याइ रहेका छन् । पेले कीर्तिमान भंग गर्न बाँकी रहेको मध्ये यो एक हो ।

May 17, 2024

बागमती सि डिभिजनको शीर्ष स्थानमा

एजेन्सी – बागमती युवा क्लब जारी सहिद स्मारक सि डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रबार भएको खेलमा खालीवारी युवा क्लब विरुद्ध गोलरहित बराबरी खेलेसँगै बागमती शीर्ष स्थानमा उक्लिएको हो । बागमतीको ८ खेलमा १७ अंक पुगेको छ । १०औं स्थानमा रहेको खालीबारीको भने ९ खेलमा ९ अंक मात्र रहेको छ […]

May 17, 2024

रोनाल्डो बने सर्वाधिक कमाउने खेलाडी

एजेन्सी – पोर्चुगिज भेट्रान फुटबल स्टार क्रिस्टियानो रोनाल्डो बेलायती म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा रहेका छन् । उनी आफ्नो करिअरमा चौथोपटक म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा पुगेका हुन् ।गत वर्ष साउदी अरेबियाको अल नासर गएपछि रोनाल्डो यो सुचीको शीर्षस्थानमा थिए । यसवर्ष पनि उनी शीर्षस्थानमा रहेका हुन् […]

May 17, 2024

बार्सिलोनाको सहज जित

एजेन्सी – स्पेनिस युवा विंगर फर्मिन लोपेजको दुई गोल मद्दतमा बार्सिलोनाले स्पेनिस ला लिगामा सहज जित दर्ता गरेको छ । बार्सिलोनाले रेलिगेसनमा परिसकेको घरेलु टोली अल्मेरियामाथि २–० को सहज जित दर्ता गरेको हो । फर्मिनले दुवै हाफमा गोल गर्दै बार्सिलोनालाई जित दिलाए । अल्मेरियामा बिहीबार राति भएको खेलको १४औं मिनेटमा पहिलो गोल गरेका लोपेजले ६७औं […]

Success

Thank you for your time.