default_image

3 years ago

December 21, 2020

आर्मीले एएफसी क्लब लाइसेन्स पाउँदै

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी क्लबले अन्तत: एसियाली फुटबल महासंघ (एएफसी) बाट क्लब लाइसेन्स प्राप्त गर्ने भएको छ । लाइसेन्स प्राप्त गरेसँगै आर्मीलाई एएफसीले आयोजना गर्ने क्लब स्तरीय प्रतियोगिता एएफसी कपमा नेपालको प्रतिनिधित्व गर्ने ढोका खुल्नेछ । आर्मीले यसअघि गरेको प्रयासमा केहि प्रक्रिया कमी हुँदा लाइसेन्स पाउनबाट बन्चित भएको थियो । क्लब […]

65 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी क्लबले अन्तत: एसियाली फुटबल महासंघ (एएफसी) बाट क्लब लाइसेन्स प्राप्त गर्ने भएको छ । लाइसेन्स प्राप्त गरेसँगै आर्मीलाई एएफसीले आयोजना गर्ने क्लब स्तरीय प्रतियोगिता एएफसी कपमा नेपालको प्रतिनिधित्व गर्ने ढोका खुल्नेछ ।

आर्मीले यसअघि गरेको प्रयासमा केहि प्रक्रिया कमी हुँदा लाइसेन्स पाउनबाट बन्चित भएको थियो । क्लब लाइसेन्स सिफारिस गर्न बनेको फर्स्ट इन्स्ट्याबडीले आर्मीको आवेदन खारेज गरेको थियो । आर्मीले आफ्नो आवेदनमा भएको कमजोरी सच्च्याउँदै अपिल समितिमार्फत आवेदनमा पुनर्विचार गर्न अपिल गरेको थियो ।

आर्मीको आवेदनले सम्पूर्ण प्रक्रिया पालना गरेको देखिएपछि एएफसी लाइसेन्स दिन सकारात्मक देखिएको छ । एन्फाले औपचारिक रुपमा मंगलबार अपिल समितिमार्फत लाइसेन्स हस्तान्तरण गर्ने बुझिएको छ । लाइसेन्स प्राप्त गरे आर्मी सम्पूर्ण प्रक्रिया पूरा गर्दै लाइसेन्स प्राप्त गर्ने नेपालको पहिलो क्लब समेत बन्नेछ ।

आर्मीले क्लबको विधान र आवश्यक कागजी प्रक्रिया परिवर्तन गरेर फुटबल क्लबलाई बेग्लै बनाएको थियो । यससँगै आर्मीले खेलाडी विमा, स्वास्थ्य परिक्षण लगायत एकेडेमी निर्माणको प्रक्रिया समेत अघि बढाएको छ । घरेलु मैदानका रुपमा आर्मीसँग मुख्यालयमा सुविधा सम्पन्न मैदान रहेको छ ।

एएफसीले सन् २०१६ मा क्लब लाइसेन्स सुरु गर्दै सन् २०१८ देखि अनिवार्य रुपमा यसलाई लागु गर्न पाउने नियम बनाएको थियो । एएफसी प्रतियोगिता खेल्न सन् २०१६ देखि दुई वर्ष केहि लचकता अपनाएको एएफसीले सन् २०१८ देखि भने अनिवार्य रुपमा दिइएको १८ वटा मापदण्ड पूरा गर्न भनेको थियो ।

एएफसीका प्रतियोगिता खेल्न चाहिने क्लब लाइसेन्स प्राप्त गर्न एएफसीले तोकेका १८ मापदण्डबारे विस्तृत विवरण :

खेल क्षेत्रको मापदण्ड :

सिनियर टोलीको प्रमुख प्रशिक्षक : क्लबले सिनियर टोलीको लागि मुख्य प्रशिक्षक नियुक्त गर्नुपर्ने हुन्छ जसले सम्पूर्ण खेल सम्बन्धि जिम्मेवारी लिनुपर्छ । प्रशिक्षकले कम्तिमा ए लाइसेन्स प्राप्त गरेको हुनुपर्छ । प्रशिक्षकलाई क्लबको कार्यसमिति वा सचिवालयले नियुक्ति गरेर क्लबसँग लिखत सम्झौता गरेको हुनुपर्छ ।

युवा टोलीको निर्माण र सहभागिता : क्लबले युवा टोलीको हरेक खेलाडीको नाम, ठेगाना र जन्ममिति सहित प्रतियोगितामा खेलेको प्रमाण प्रस्तुत गर्नुपर्छ । यससँगै युवा टोलीको प्रशिक्षकको योग्यता र लिखत सम्झौता पनि पेश गर्नुपर्नेछ ।

टिम डाक्टर : क्लबले टिम डाक्टर अथवा फिजियोथेरापिस्ट नियुक्त गरेर क्लबको खेल र प्रशिक्षणमा स्वास्थ्य जिम्मेवारीसहित डोपिङ नियन्त्रणमा समेत जिम्मेवार हुनुपर्नेछ । टिम डाक्टर र फिजियोथेरापिस्टको हकमा योग्यता स्थानीय स्वास्थ्य निकायबाट स्वीकृति प्राप्त भएको हुनुपर्नेछ । साथसाथै लिग वा फुटबल संघमा पनि दर्ता भएको हुनुपर्छ ।

खेलाडीसँग लिखत सम्झौता : हरेक क्लबले खेलाडीसँग लिखत सम्झौता गरेर फिफाको खेलाडी दर्ता तथा ट्रान्सफरको नियम अनुसार संघमा दर्ता गर्नुपर्नेछ । यसका लागि राष्ट्रिय कानुन, फुटबल संघ, फिफा र एएफसीको नियम पालना गर्नुपर्नेछ ।

स्वास्थ्य सहयोग : क्लबले सबै खेलाडीलाई आवश्यक स्वास्थ्य सुविधा उप्पलाब्ध गराउनुपर्नेछ । खेलाडीले वार्षिक रुपमा स्वास्थ्य परिक्षण गराउनुपर्नेछ र कुनै समस्या आएमा क्लबले नै सम्पूर्ण उपचार खर्च बेहोर्नुपर्नेछ । क्लबले स्वास्थ्य परिक्षणपछि हरेक खेलाडी खेल्नका लागि स्वस्थ रहेको प्रमाण पेश गर्नुपर्नेछ ।

स्वीकृति प्राप्त युवा विकास कार्यक्रम : क्लबले स्वीकृत प्राप्त युवा विकास कार्यक्रम पेश गर्नुपर्नेछ जसमा क्लबको संस्था संरचना, वार्षिक प्रशिक्षण योजना र आबद्ध व्यक्तिबारे विस्तृत जानकारी हुनुपर्छ ।

खेल पूर्वाधार मापदण्ड :

खेल मैदान : क्लबले आफ्नो घरेलु मैदानको नाम र ठेगाना उपलब्ध गराउनुपर्नेछ । साथै उक्त मैदान क्लबको स्वामित्वमा रहेको प्रमाण अथवा उक्त मैदानको मालिकसँग गरिएको सम्झौताको प्रमाण पेश गर्नुपर्नेछ । उक्त मैदानमा लिगका खेलहरु हुने स्वीकृति समेत क्लबले दिनुपर्नेछ । उक्त मैदान एएफसीको मैदान नियमावलीका अनुसार खेल योजना गर्नलायक हुनुपर्छ ।

प्रशिक्षण सुविधा : क्लबले वर्षभर प्रशिक्षण सुविधाका लागि आफ्नै मैदान अथवा अन्य कुनै मैदान उपलब्ध हुने प्रमाण पेश गर्नुपर्छ ।

क्लब सचिवालय : क्लबले सचिवालयको नाम र ठेगाना पेश गर्नुपर्छ । यसका लागि क्लबको कार्यालय रहेको प्रमाण र उक्त स्थानमा क्लबले आफ्नो कार्य नियमित गर्न पाउने प्रमाण दिनुपर्नेछ । क्लबको सचिवालयबारे सम्पूर्ण जानकारी प्रस्तुत गर्नुपर्छ ।

कर्मचारी तथा प्रशासनिक मापदण्ड :

प्रबन्ध निर्देशक : क्लबले फुल टाइम सीइओ अथवा महासचिव नियुक्त गरेर क्लबको प्रशासनिक कामको मुख्य जिम्मेवारी दिनुपर्छ । उनले नै क्लबको प्रशासनिक कामहरुको व्यवस्थापन र पर्यवेक्षण गर्नेछन् । यसका लागि उनले शैक्षिक योग्यताका साथै फुटबल प्रशासनमा काम गरेको अनुभव रहेको हुनुपर्छ । क्लबको व्यवस्थापन सम्हाल्न योग्य पनि हुनुपर्छ ।

फाइनान्स अफिसर : क्लबले फुल टाइम अथवा पार्ट टाइम फाइनान्स अफिसर नियुक्त गरेर सम्पूर्ण आर्थिक र लेखासम्बन्धि जिम्मेवारी दिनुपर्नेछ । उनले आवश्यक शैक्षिक योग्यतासँगै फुटबलमा अनुभव बोकेको हुनुपर्छ ।

सुरक्षा अधिकारी : क्लबले फुल टाइम अथवा पार्ट टाइम सुरक्षा अधिकारी नियुक्त गरेर सुरक्षा समबन्धि जिम्मेवारी दिनुपर्नेछ ।

मिडिया अफिसर : क्लबले पार्ट टाइम वा फुल टाइम मिडिया अफिसर नियुअक्त गरेर मिडियासम्बन्धि जिम्मेवारी दिनुपर्नेछ । उनको आवश्यक शैक्षिक योग्यतासँगै फुटबल र मिडियाबारे ज्ञान हुनुपर्छ ।

कानुनी मापदण्ड :

कानुनी इकाइ : क्लब देशको प्रचलित कानून बमोजिम एक कानुनी संस्थाको रूपमा अधिकारसहित दर्ता हुनुपर्छ ।

क्लबको स्वामित्व र नियन्त्रण : क्लबले कानुनी रूपमा स्वामित्व, संरचना तथा क्लबको नियन्त्रण संयन्त्रको विस्तृत रूपरेखा प्रस्तुत गर्नुपर्छ ।

आर्थिक मापदण्ड :

वार्षिक बजेट : क्लबले हरेक सिजनको सुरुवातमा वार्षिक बजेट प्रस्तुत गर्नुपर्छ । बजेटमा वर्षको आम्दानी र खर्च प्रक्षेपणसँगै स्रोतबारे समेत रकम खुलाएर जानकारी दिनुपर्छ ।

अडिट गरिएको वार्षिक आर्थिक प्रतिवेदन : क्लबले अघिल्लो वर्षको अडिट गरिएको आर्थिक प्रतिवेदन पेश गर्नुपर्छ ।

कर चुक्ता तथा कर्मचारीहरुलाई पूर्ण तलब भुक्तानी : क्लबले वर्तमान र पुराना कर्मचारीको पूर्ण तलब भुक्तानीका साथै स्थानीय कर तथा अन्य सम्झौता अनुसार सम्पूर्ण हिसाब चुक्ता गरेको हुनुपर्छ । कर्मचारी भन्नाले खेलाडीसँगै प्रशासन, प्राविधिक, स्वास्थ्य, सुरक्षा लगायत संघमा कार्यरत व्यक्ति बुझ्नुपर्छ ।

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.