default_image

3 years ago

December 22, 2020

चेल्सीको सानदार जित

एजेन्सी – अघिल्लो दुई खेलमा हार बेहोरेको लन्डन क्लब चेल्सीले इंग्लिस प्रिमियर लिगमा वेस्ट ह्याम युनाइटेडमाथि ३–० को सानदार जित हात पारेको छ। चेल्सीको सानदार जितमा ट्याम्मी अब्राहमले दुई तथा थियागो सिल्भाले एक गोल गरे । पहिलो हाफमा एक तथा दोस्रो हाफमा दुई गोल सम्भव भएको थियो । यससँगै चेल्सीले वेस्ट ह्यामसँगको हारको यात्रामा पुर्णविराम […]

33 views

0 Bookmark

एजेन्सी – अघिल्लो दुई खेलमा हार बेहोरेको लन्डन क्लब चेल्सीले इंग्लिस प्रिमियर लिगमा वेस्ट ह्याम युनाइटेडमाथि ३–० को सानदार जित हात पारेको छ।

चेल्सीको सानदार जितमा ट्याम्मी अब्राहमले दुई तथा थियागो सिल्भाले एक गोल गरे । पहिलो हाफमा एक तथा दोस्रो हाफमा दुई गोल सम्भव भएको थियो । यससँगै चेल्सीले वेस्ट ह्यामसँगको हारको यात्रामा पुर्णविराम लगाएको छ । अघिल्लो सिजन दुवै खेलमा चेल्सी पराजित भएको थियो ।

स्टामफोर्ड ब्रिजमा सोमबार राति भएको खेलको १०औं मिनेटमा नै डिफेन्डर थियागो सिल्भाको गोलबाट चेल्सीले अग्रता लिएको थियो । उनले मासन माउन्टको कर्नरलाई हेडरमार्फत गोल गरेका थिए । १६औं मिनेटमा ट्याम्मी अब्राहमले गोल गरेपनि अफसाइड हुदा मान्यता पाएन ।

२७औं मिनेटमा वेस्ट ह्यामले बराबरीको सुवर्ण अवसर खेर फाल्यो । सेवास्टिन हालेरको हेडर पोस्ट नजिकैबाट बाहिरिएको थियो । २९औं मिनेटमा हालेरको हेडेर पासमा सौसेकले गोल गरेपनि उनले प्रहार गर्नु अघि नै चेल्सीका थियागो सिल्भामाथि फल गरेपछि उनको गोलले मान्यता पाएन ।

४३औं मिनेटमा क्रिस्टियन पुलिसिसको प्रहारलाई लुकास्ज फावियान्स्कीले बचाएपछि चेल्सीले अग्रता दोब्बर बनाउन सकेन । दोस्रो हाफमा ट्याम्मी अब्राहमले दुई मिनेटको अन्तरमा दुई गोल गर्दै चेल्सीको जित पक्का गरे । ७८औं मिनेटमा ट्याम्मी अब्राहमले गोल गर्दै चेल्सीको अग्रता दोब्बर पारे । उनले टिमो वेर्नरको पासमा गोल गरेका थिए ।

८०औं मिनेटमा अब्राहमले व्यक्तिगत दोस्रो गोल गर्दै चेल्सीलाई ३–० को सहज जित दिलाए । मासन माउन्टको क्रस पासमा क्रिस्टियन पुलिसिसले गरेको हेडरलाई गोलरक्षक फावियान्स्कीले नियन्त्रणमा लिने नसकेको बललाई ट्याम्मीले जाली चुमाएका थिए । ८८औं मिनेटमा एङ्गोलो कान्टेको प्रहार क्रसमा बारमा लाग्दा चेल्सीले अग्रता बढाउन सकेन ।

जितसँगै चेल्सी १४ खेलबाट २५ अंक जोडेर पाँचौ स्थानमा उक्लिएको छ । समान २५ अंक नै भएपनि टोटेनहम गोलअन्तरमा पछि पर्दै छैटौ स्थानमा रहेको छ । पराजित वेस्ट ह्याम २१ अंक जोडेर १०औं स्थानमा छ ।

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.