default_image

3 years ago

December 24, 2020

टोटेनहम र म्यानचेस्टर सेमिफाइनलमा

47 views

0 Bookmark

एजेन्सी – इंग्लिस क्लब टोटेनहम हस्टपर र म्यानचेस्टर युनाइटेड इंग्लिस फुटबल लिग कप –इएफएल) कपको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

बुधबार राति भएको क्वाटरफाइनलमा टोटेनहमले स्टोक सिटीलाई तथा म्यानचेस्टर युनाइटेडले एभर्टनमाथि जित निकाल्दै अन्ति चारको यात्रा तय गरेका हुन् । यससँगै इएफएल कपको सेमिफाइन समिकरण पुरा भएको छ ।

मंगलबार राति म्यानचेस्टर सिटी र ब्रेन्टफोर्डले सेमिफाइनलमा स्थान बनाइसकेका थिए । अब सेमिफाइनलमा म्यानचेस्टर युनाइटेड र म्यानचेस्टर सिटी तथा टोटेनहम र ब्रेन्टफोर्डबीच प्रतिस्पर्धा हुनेछ । दुवै खेल ४ जनवरीमा राति १०ः४५ बजे हुनेछ ।

टोटेनहमको जितमा ग्यारेथ बेल, बिन डेभिस र ह्यारी केनले गोल गरे । स्टोकका जोर्डन थोम्पसनले एक गोल फर्काए । स्टोक सिटीको मैदानमा भएको खेलमा २२औं मिनेटमा ह्यारी विङ्सको पासमा ग्यारेथ बेलले गोल गर्दै टोटेनहमलाई अग्रता दिलाएका थिए ।

५३आं मिनेटमा थोम्ससनले बराबरी गोल फर्काए । ७०औं मिनेटमा बिन डेभिसले गोल गर्दै टोटेनहमलाई २–१ ले अघि बढाए । ८१औं मिनेटमा ह्यारी केनले गोल गर्दै टोटनहमको जित पक्का गरे ।

यस्तै अर्काे खेलमा दुई मिनेटको अन्तरमा इडिन्सन काभानी र एन्थोनी मार्सियालले गाल गरेपछि म्यानचेस्टर युनाइटेडले एभर्टनलाई २–० ले पराजित गरेको छ । काभानीले ८८औं मिनेटमा तथा मार्सियालले ९०औ मिनेटमा गोल गरेका थिए ।

May 18, 2024

काठमाडौंलाई गोदावरी मेयर कप फुटबल उपाधि

ललितपुर (हाम्रो खेलकुद) – काठमाडौं महानगरपालिकाले गोदावरी प्रथम उपत्यकाब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । प्रस्तावित गोदावरी बहुउदेश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा शनिबार भएको फाइनलमा चन्द्रागिरी नगरपालिकालाई २–१ गोल अन्तरले हराउँदै काठमाडौं च्याम्पियन बनेको हो । काठमाडौंका लागि अखिलेष कार्की र दीपेश श्रेष्ठले गोल गरे । उपाधिका साथ काठमाडौंले ५ लाख रुपैयाँ […]

May 18, 2024

पूर्वेली रातो दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्सको फाइनलमा

हिमाल खरेल, बिर्तामोडआयोजक पूर्वेली युवा क्लब रातो बिर्तामोडमा जारी स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको अन्तिम सेमिफाइनल खेलमा मोरङको विराट मेगा भेट्रान्स एफसीलाई ५–० ले पराजित गर्दै आयोजक रातो उपाधिनजिक पुगेको हो । जितसँगै आयोजक पूर्वेलीका दुवै टिम फाइनलमा पुगेका छन् । दुवै […]

May 18, 2024

बायर लेभरकुसेन लिग सिजनभर अपराजित

एजेन्सी – बायर लेभरकुसेनले जर्मन शीर्ष डिभिजन बुन्डेसलिगाको २०२३-२४ सिजन भर अपराजित रहँदै लिग उपाधि जितेको छ । लेभरकुसेनले ३४ खेलको लिग सिजन भर कुनै पनि खेलमा हार नबेहोरी लिग सिजन समाप्त गरेको हो । शनिवार भएको लिगको अन्तिम खेलमा लेभरकुसेनले आउसवर्ग माथि २-१ को जित निकाल्दै अपराजित रहेको हो । लेभरकुसेनले ३४ खेलमा २८ […]

Success

Thank you for your time.