default_image

3 years ago

December 26, 2020

रोड्रिगो तीन महिना मैदान बाहिर

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका ब्राजिली युवा मिडफिल्डर रोड्रिगो गोएस तीन महिना मैदान बाहिर रहने पक्का भएको छ । १९ वर्षीय रोड्रिगोले ग्रानडामाथि २–० को जित निकालेको खेलमा चोट बोकेका थिए । बुधबार राति भएको खेलमा ग्रानडाका डिमिट्रीले रोड्रिगोलाई फल गरेका थिए । ३८औं मिनेटमा चोट बोकेलगत्तै उनको स्थानमा प्रशिक्षक जिनेदिन जिदानले मार्काे एसेन्सियोलाई […]

38 views

0 Bookmark

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका ब्राजिली युवा मिडफिल्डर रोड्रिगो गोएस तीन महिना मैदान बाहिर रहने पक्का भएको छ । १९ वर्षीय रोड्रिगोले ग्रानडामाथि २–० को जित निकालेको खेलमा चोट बोकेका थिए ।

बुधबार राति भएको खेलमा ग्रानडाका डिमिट्रीले रोड्रिगोलाई फल गरेका थिए । ३८औं मिनेटमा चोट बोकेलगत्तै उनको स्थानमा प्रशिक्षक जिनेदिन जिदानले मार्काे एसेन्सियोलाई मैदानमा पठाएका थिए । उनले स्ट्रेचरबाट मैदान छोड्दा निकै चिच्याएका थिए ।

यसको अर्थ उनको चोट गम्भीर रहेको र उनी केही समय मैदान बाहिर रहने स्पष्ट बुझ्न सकिन्थ्यो । रोड्रिगोको चोटबारे रियल म्याड्रिडले आधिकारिक धारणा सार्वजनिक गर्दै उनी कम्तीमा पनि तीन महिना मैदान बाहिर रहने बताएका छन् । उनको चोटको परिक्षण गर्दा दाया खुट्टाको मांसपेशीको चोटले फेमोरिस ह्यामस्ट्रिङ मांसपेशीमा बढी असर गरेको उल्लेख छ ।

रोड्रिगोले पछिल्लो केही खेलमा पहिलो रोजाईमा अवसर पाइरहेका थिए । रोड्रिगोको यो चोटसँगै जिदानलाई केही समस्या पर्न सक्नेछ । यद्दपि जिदानले रोड्रिगोको अनुपस्थितिमा इडेन हाजार्ड, लुकास भास्क्वेज, मार्काे एसेन्सियो र भिनिसियस जुनियरलाई बढी मात्रामा प्रयोग गर्न सक्ने सम्भावना छ ।

यि खेलाडीले रोड्रिगोले जत्तिकै खेल्न सक्ने कि नसक्ने भन्ने चिन्ता जिदानलाई रहेको छ । ग्रानडाविरुद्ध क्यासमिरोको पहिलो गोलमा रोड्रिगोको स्थानमा मैदान छिरेका एसेन्सियोले नै अवसर सिर्जना गरेका थिए ।

May 1, 2024

बायर्न म्युनिख र रियल म्याड्रिडको बराबरी

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत पहिलो सेमीफाइनलको पहिलो लेगमा बायर्न म्युनिख र रियल म्याड्रिडले बराबरी खेलेका छन् । घरेलु मैदान आलियान्ज एरिनामा भएको खेलमा बायर्नले खेलमा रहेको अग्रता अन्तिम तिर गुमाउन पुगेको थियो । १-० ले पछि परेको अवस्था उल्ट्याउँदै बायर्नले हाफको सुरुवातमै गोलको अग्रता बनाएको हो । तर खेलको अन्त्यतिर रियलले बराबरी गोल […]

April 30, 2024

सागरको ह्याट्रिकमा पुल्चोक विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सागर थिङले दोस्रो हाफमा गरेको ह्याट्रिक सहित पुल्चोक स्पोर्ट्स क्लबले सहिद स्मारक सि डिभिजन लिगमा मंगलबार सहज जित दर्ता गरेको छ । पुल्चोकले रानीवन स्पोर्ट्स क्लब माथि ४-० को सहज जित दर्ता गरेको हो । पुल्चोकका लागि सागर थिङले ह्याट्रिक गरे । उनले दोस्रो हाफमा मैदान प्रवेश गर्दा ८२औं मिनेट सहित […]

April 30, 2024

कोशीसँगै सुदूरपश्चिम महिला लिगका लागि छनोट

काठमाडौं (हाम्रो खेलकुद) – कोशी प्रदेश र सुदूरपश्चिम प्रदेश एन्फा महिला लिगको अन्तिम चरणका लागि छनोट भएका छन् । कर्णाली प्रदेशलाई लिग छनोटमा मंगलबार १–० ले पराजित गरेसँगै सुदूरपश्चिम लिगको अन्तिम चरणका लागि छनोट हुन सफल भएको हो । ५ खेलमा शीर्षस्थानको रहेको कोशीको १३ र सुदूरपश्चिमको १२ अंक छ । अन्तिम खेल अघि नै […]

Success

Thank you for your time.