default_image

3 years ago

December 26, 2020

एट्लेटिको च्याम्पियन बन्न सक्ने १० कारण

एजेन्सी – क्रिसमसअघि शहरी प्रतिद्वन्द्वी रियल म्याड्रिडसँग अंक बराबरी भएपनि राम्रो गोलअन्तरमा एट्लेटिको म्याड्रिड स्पेनिस लालिगाको शीर्षस्थानमा रहेको छ । अझै उसको हातमा दुई खेल बाँकी छ । ला लिगाको १५औं चरणको खेल जारी रहँदा एट्लेटिकोले १३ खेलबाट ३२ अंक जोडेर शीर्षस्थानमा रहँदा १५ खेलबाट रियलको पनि ३२ अंक नै छ । अब बाँकी दुई […]

27 views

0 Bookmark

एजेन्सी – क्रिसमसअघि शहरी प्रतिद्वन्द्वी रियल म्याड्रिडसँग अंक बराबरी भएपनि राम्रो गोलअन्तरमा एट्लेटिको म्याड्रिड स्पेनिस लालिगाको शीर्षस्थानमा रहेको छ । अझै उसको हातमा दुई खेल बाँकी छ ।

ला लिगाको १५औं चरणको खेल जारी रहँदा एट्लेटिकोले १३ खेलबाट ३२ अंक जोडेर शीर्षस्थानमा रहँदा १५ खेलबाट रियलको पनि ३२ अंक नै छ । अब बाँकी दुई खेलमा जित निकाल्न सके एट्लेटिकोले ६ अंकको स्पष्ट अग्रता लिनेछ ।

यसको अर्थ एट्लेटिको च्याम्पियन बन्ने दौडमा उभिनेछ । सिजनको आधा भन्दा पनि बढी खेल बाँकी रहँदा एट्लेटिको म्याड्रिड च्याम्पियन बन्न सक्ने आधार केलाइएको छ ।

अट्याक

एट्लेटिको यो सिजन उत्कृष्ट लयमा रहेको छ । उसले १३ खेल खेल्दा २६ गोल गरेको छ । ५ गोल मात्रै खाएको छ । यसर्थ टोलीको गोल प्रति खेल २ को औसतमा रहेको छ । एट्लेटिकोले विभिन्न खेलाडीबाट गोल निकालिरहेको छ । लुइस सुआरेजको अनुपस्थितिमा अन्य खेलाडीहरुले गोल गरिरहेका छन् ।

बलियो डिफेन्स

एट्लेटिकोको यो सिजन डिफेन्स लाइन निकै उत्कृष्ट छ । ला लिगामा गोलरक्षक जान ओब्लाकले १३ खेलमा ५ गोल मात्रै खाएको छ । ओब्लाक ला लिगामा गोलरक्षकलाई प्रदान गरिने जामोरा अवार्ड पाँचौपटक जित्ने ध्यानमा छ । उनलाई डिफेन्सबाट चार खेलाडीले निरन्तर साथ दिइरहेका छन् । उनीहरुको यही डिफेन्सिभ सोलिडिटीले विपक्षीलाई हायलकायल पारिरहेको छ ।

उत्कृष्ट टोली

एट्लेटिकोमा उत्कृष्ट र युवा खेलाडीको साथ रहेको छ । त्यसैले टोलीले संगठित प्रदर्शन गरिरहेको छ । जोसम मारिया जिमिनेज र जोआओ फेलिक्सले चोटका कारण केही खेल गुमाउदा प्रशिक्षक सिमोनीले सउल, जियोफ्रे, डिएगो कोस्टा र रेनान लोडीलाई प्रयोग गरिहरेको छ । लुकास टोरेइरा र भिटोले बेन्चबाट आएर खेल परिवर्तन गरिरहेका छन् ।

एक खेलाडीमा निर्भर छैन

एट्लेटिको म्याड्रिडले लुइस सुआरेज र जोआओ फेलिक्सविना बार्सिलोनालाई हार चखायो । यो खेल यो सिजनको एट्लेटिकोको लागि उत्कृष्ट खेलको रुपमा हेरिएको छ । यसको अर्थ एट्लेटिको एक खेलाडीमा मात्र निर्भ छैन भन्ने देखाउदछ ।

जमेको विङ्स

यान्निक कारास्को र मार्काेस लोरेन्टेलेले विङ्समा उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । उनीहरुले दाँया र बाँयाक्षेत्रबाट खतरनाक क्रस गर्दै विपक्षीलाई दवाव बढाइरहेको छ । यस्तै यि खेलाडीले अग्रपङ्तिमा साथै डिफेन्सलाइनमा पनि साथ दिइरहेको छ ।

टिममा विश्वास

एट्लेटिको आफै टिममा विश्वास गर्दछ । त्यसैले त यि टोली जिततर्फ नै अघि बढिरहेका छ । गोल गर्छन् । फेरि गोल गर्ने प्रयास गर्छन । टोलीलाई लाग्छ कि यो उनीहरुको वर्ष हो र तिनीहरु यो प्राप्त गर्न सँगै मिलेर काम गरिरहेका छन् । तिनीहरु कठिन क्षणबाट पनि माथि उठ्न सक्छन् । म्याड्रिड डर्वीको हार गुमाएपनि उनीहरुले लगातार जित निकालिरहेका छन् ।

खेलाडीको फिटनेस

एट्लेटिकोले जित निकाल्दा प्राय गरेर दोस्रो हाफ वा खेलको अन्त्यतिर गोल गरिरहेका छन् । यसको अर्थ खेलाडीहरु पुर्ण फिट रहँदै पुरै समय ९० मिनेटका भिडिरहेका छन् । यो भनेको खेलाडीको फिटनेस नै हो । मार्काेस लोरेन्टेलाई उदाहारणको रुपमा लिन सकिन्छ । टोलीमा यस्ता खेलाडी धेरै छन् ।

उपाधिको भोक

यो टोली उपाधिको लागि भोका देखिएको छ । टोलीले २०१४ देखि कुनै उपाधि जित्न सकेको छैन । गोलक्षक तथा कप्तान जान ओब्लाक यसको उदाहारण हुन् । उनले हालसम्म कुनै पनि ठुला उपाधि जित्न सकेका छैनन् ।

संगठित समूह

जब त्यहाँ मुद्धाहरु छन् । यो समूह तिनीहरुलाई घरका बारेमा धेरै सचे छन् । उनीहरुसँगै छन् । तिनीहरु केही प्राप्त गर्न दृढ संकल्पमा छन् । टोलीमा एकरुपता छ । उनीहरु कुनै पनि स्टार छैनन् । सबै पुर्ण फिट देखिनुले पनि उनीहरु संगठित देखिएको हो ।

सिमिओनी

अर्जेन्टिनी प्रशिक्षक डिएगो सिमिओन टोलीको लिडर हुन् । उनले एट्ल्टिकोलाई ३०० खेल जिताइसकेका छन् । उनले आफ्नो टोलीले ठुला टोलीलाई चुनौती दिनुका साथै उपाधि दावेदार टोलीको रुपमा उभ्यायो । उनको सम्झौता २०२२ सम्म रहेको छ । एट्लेटिकोले यो सिजन उपाधि जिते पुनः क्लबको प्रशिक्षक बन्ने सम्भावना छ ।

May 1, 2024

बायर्न म्युनिख र रियल म्याड्रिडको बराबरी

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत पहिलो सेमीफाइनलको पहिलो लेगमा बायर्न म्युनिख र रियल म्याड्रिडले बराबरी खेलेका छन् । घरेलु मैदान आलियान्ज एरिनामा भएको खेलमा बायर्नले खेलमा रहेको अग्रता अन्तिम तिर गुमाउन पुगेको थियो । १-० ले पछि परेको अवस्था उल्ट्याउँदै बायर्नले हाफको सुरुवातमै गोलको अग्रता बनाएको हो । तर खेलको अन्त्यतिर रियलले बराबरी गोल […]

April 30, 2024

सागरको ह्याट्रिकमा पुल्चोक विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सागर थिङले दोस्रो हाफमा गरेको ह्याट्रिक सहित पुल्चोक स्पोर्ट्स क्लबले सहिद स्मारक सि डिभिजन लिगमा मंगलबार सहज जित दर्ता गरेको छ । पुल्चोकले रानीवन स्पोर्ट्स क्लब माथि ४-० को सहज जित दर्ता गरेको हो । पुल्चोकका लागि सागर थिङले ह्याट्रिक गरे । उनले दोस्रो हाफमा मैदान प्रवेश गर्दा ८२औं मिनेट सहित […]

April 30, 2024

कोशीसँगै सुदूरपश्चिम महिला लिगका लागि छनोट

काठमाडौं (हाम्रो खेलकुद) – कोशी प्रदेश र सुदूरपश्चिम प्रदेश एन्फा महिला लिगको अन्तिम चरणका लागि छनोट भएका छन् । कर्णाली प्रदेशलाई लिग छनोटमा मंगलबार १–० ले पराजित गरेसँगै सुदूरपश्चिम लिगको अन्तिम चरणका लागि छनोट हुन सफल भएको हो । ५ खेलमा शीर्षस्थानको रहेको कोशीको १३ र सुदूरपश्चिमको १२ अंक छ । अन्तिम खेल अघि नै […]

Success

Thank you for your time.