default_image

3 years ago

December 26, 2020

लेस्टर र म्यानचेस्टरको रोमाञ्चक बराबरी

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटी र म्यानचेस्टर युनाइटेडले २–२ गोलको रोमाञ्चक बराबरी खेल्दै अंक बाँडेका छन् । लेस्टरले घरेलु मैदानमा भएको खेलमा दुईपटक पछि परेर पनि युनाइटेडलाई बराबरीमा रोक्न सफल भएको हो । युनाटेडका मार्कुस रासफोर्ड र ब्रुनो फर्नान्डेसले गोल गर्दा घरेलु टोलीका हार्वे बार्नेसले एक गोल फर्काउदा एक गोल उपहार पाएको थियो […]

35 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटी र म्यानचेस्टर युनाइटेडले २–२ गोलको रोमाञ्चक बराबरी खेल्दै अंक बाँडेका छन् ।

लेस्टरले घरेलु मैदानमा भएको खेलमा दुईपटक पछि परेर पनि युनाइटेडलाई बराबरीमा रोक्न सफल भएको हो । युनाटेडका मार्कुस रासफोर्ड र ब्रुनो फर्नान्डेसले गोल गर्दा घरेलु टोलीका हार्वे बार्नेसले एक गोल फर्काउदा एक गोल उपहार पाएको थियो ।

किङ पावर स्टेडियममा शनिबार राति भएको प्रतिस्पर्धात्मक खेलमा पाहुना टोली युनाइटेडले खेलको २३औं मिनेटमा रासफोर्डको गोलबाट अग्रता लिएको थियो । उनले ब्रुनो फर्नान्डेसको पासमा गोल गरेका थिए ।

तर युनाइटेडको त्यो अग्रता लामो समय टिकेन ३१औं मिनेटमा हार्भे बार्नेसले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । ७९औं मिनेटमा इडिन्सन काभानीको पासमा ब्रुनो फर्नान्डसले गोल गर्दै युनाइटेडलाई पुनः २–१ को अग्रता दिलाए ।

यसपटक पनि युनाइटेडको अग्रता लामो समय टिकेन । एक्सेल टुआनजेवेले आत्मघाती गोल गरेपछि खेल २–२ गोलको बराबरीमा पुग्यो । एओजी पेरेजको पासमा जेमी भार्डीको प्रहारलाई रोक्न खोज्दा एक्सेलले आफ्नै पोस्टमा गोल गर्न पुगेका थिए । त्यसपछि खेलमा थप गोल निस्कन नसक्दा खेल बराबरीमा टुंगियो ।

यो बराबरीसँगै युनाइटेडले दोस्रो स्थानमा उक्लने अवसर गुमाएको छ । लेस्टर १५ खेलबाट २८ अंक जोडेर दोस्रो स्थानमा यथावत रहँदा युनाइटेड पनि २७ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । यो बराबरीले शीर्षस्थानमा रहेको लिभरपुललाई फाइदा पुगेको छ । एक खेल कम खेलेको शीर्षस्थानको लिभरपुलको ३१ अंक छ ।

May 1, 2024

बायर्न म्युनिख र रियल म्याड्रिडको बराबरी

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत पहिलो सेमीफाइनलको पहिलो लेगमा बायर्न म्युनिख र रियल म्याड्रिडले बराबरी खेलेका छन् । घरेलु मैदान आलियान्ज एरिनामा भएको खेलमा बायर्नले खेलमा रहेको अग्रता अन्तिम तिर गुमाउन पुगेको थियो । १-० ले पछि परेको अवस्था उल्ट्याउँदै बायर्नले हाफको सुरुवातमै गोलको अग्रता बनाएको हो । तर खेलको अन्त्यतिर रियलले बराबरी गोल […]

April 30, 2024

सागरको ह्याट्रिकमा पुल्चोक विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सागर थिङले दोस्रो हाफमा गरेको ह्याट्रिक सहित पुल्चोक स्पोर्ट्स क्लबले सहिद स्मारक सि डिभिजन लिगमा मंगलबार सहज जित दर्ता गरेको छ । पुल्चोकले रानीवन स्पोर्ट्स क्लब माथि ४-० को सहज जित दर्ता गरेको हो । पुल्चोकका लागि सागर थिङले ह्याट्रिक गरे । उनले दोस्रो हाफमा मैदान प्रवेश गर्दा ८२औं मिनेट सहित […]

April 30, 2024

कोशीसँगै सुदूरपश्चिम महिला लिगका लागि छनोट

काठमाडौं (हाम्रो खेलकुद) – कोशी प्रदेश र सुदूरपश्चिम प्रदेश एन्फा महिला लिगको अन्तिम चरणका लागि छनोट भएका छन् । कर्णाली प्रदेशलाई लिग छनोटमा मंगलबार १–० ले पराजित गरेसँगै सुदूरपश्चिम लिगको अन्तिम चरणका लागि छनोट हुन सफल भएको हो । ५ खेलमा शीर्षस्थानको रहेको कोशीको १३ र सुदूरपश्चिमको १२ अंक छ । अन्तिम खेल अघि नै […]

Success

Thank you for your time.