default_image

3 years ago

December 26, 2020

रोनाल्डोको भविष्य अन्यौलमा

एजेन्सी – बार्सिलोनाका कप्तान लिओनल मेस्सीले क्लब छाड्न चाहेका विषयमा अनगिन्ती समाचार प्रकाशित भए । अहिले पनि त्यो रोकिएको छैन । सन् २०२१ को जुनमा सम्झौता टुंगिएपछि अर्जेन्टिनी सुपर स्टारले बार्सिलोना छाड्न सक्ने विषयमा अहिले पनि समाचार आउने क्रम जारी छन् । त्यस्तै अनुमान अब युभेन्ट्समा क्रिस्टियानो रोनाल्डोको पनि रहेको बताइएको छ । रोनाल्डो जनवरीमा […]

52 views

0 Bookmark

एजेन्सी – बार्सिलोनाका कप्तान लिओनल मेस्सीले क्लब छाड्न चाहेका विषयमा अनगिन्ती समाचार प्रकाशित भए । अहिले पनि त्यो रोकिएको छैन ।

सन् २०२१ को जुनमा सम्झौता टुंगिएपछि अर्जेन्टिनी सुपर स्टारले बार्सिलोना छाड्न सक्ने विषयमा अहिले पनि समाचार आउने क्रम जारी छन् । त्यस्तै अनुमान अब युभेन्ट्समा क्रिस्टियानो रोनाल्डोको पनि रहेको बताइएको छ ।

रोनाल्डो जनवरीमा ३६ औं वर्षमा प्रवेश गर्दैछन् । टुरिनमा उनको सम्झौता २०२२ को जुनमा सकिँदैछ । तर समय भन्दापनि उनको पारिश्रमिक युभेन्ट्सका लागि टाउको दुःखाई बनेको छ । रोनाल्डो हाल वार्षिक रुपमा ३१ मिलियन युरो आम्दानी गर्छन् । रोनाल्डोलाई नयाँ सम्झौता दिने हो भने युभेन्ट्सले उनको तलब घटाउन माग गर्नेछ, जसमा रोनाल्डो सहमत नहुन पनि सक्छन् ।

कोभिड १९ का कारण युरोपका अधिकांश क्लबलाई आर्थिक कारणले कठिनाइ भइरहेको छ । युभेन्ट्स पनि त्यो भन्दा अलग छैन । त्यहि अवस्थालाई मध्यनजर गर्दै रोनाल्डोले ३.८ मिलियन युरो छाड्न तयार भएका थिए । तर उनले क्लबसँग सम्झौता नविकरण गर्दा भने त्यसमा लचकता नअपनाउन सक्छन् ।

महामारीका कारण क्लबको आर्थिक अवस्थामा ठूलो असर परेको बताइएको छ । अहिले पनि रोनाल्डो पछि म्याथिस डि लिग्टले युभेन्ट्समा सर्वाधिक पारिश्रमिक लिनेका गरेका छन् । तर डी लिग्टको भन्दा रोनाल्डोको पारिश्रमिक तीन गुणा भन्दा बढी छ । त्यसैले पनि क्लब रोनाल्डोको तलबलाई लिएर गम्भीर छ ।

अर्को समरमा सरुवा बजार खुल्दा रोनाल्डोलाई लिएर युभेन्ट्समा दुविधा देखिएको छ । कम पारिश्रमिकका सम्झौता नविकरण गर्ने आशामा बस्ने एक विकल्प युभेन्ट्ससँग छ । तर अर्को एक वर्ष चर्को तलब तिर्नु र रोनाल्डोले सम्झौता नविकरण नगरी फ्री ट्रान्सफरमा क्लब छाड्न सक्छन् । यसो हुँदा ट्रान्सफर गर्दा आउने मोटो रकम पनि गुम्ने डर छ । युभेन्ट्सले अन्य क्लबका कुनै खेलाडीसँग उनलाई साटफेर गर्ने विकल्प पनि छ । तर त्यसको सम्भावना निकै कम छ ।

यो सिजन सिरि ए का १० खेलमा रोनाल्डोले १२ गोल गरिसकेका छन् । च्याम्पियन्स लिगका ४ खेलमा ४ गोल गरेका छन् । यो उमेरमा पनि उनको त्यो प्रदर्शनबाट हर कोही प्रभावित हुन सक्छन् । ४० को उमेरमा ज्लाटान इब्राहिमोभिच पनि एक उदाहरणका रुपमा छन्, जसले टोलीमा प्रभाव पारिरहेका छन् ।

युरोपका थुप्रै क्लबले पाँच पटकका बालोन डि ओर विजेता खेलाडीलाई लिन पक्कै चाहन्छन् । तर, ठूलो तलबका कारण थोरै क्लबले मात्र उनलाई लिन सक्ने सम्भावना छ । म्यानचेस्टर युनाइटेड, पेरिस सेन्ट जर्मेन, म्यानचेस्टर सिटी वा रियल म्याड्रिड उनका लागि सम्भावित गन्तव्य हुन सक्दछ ।

युनाइटेड र रियलमा रोनाल्डोसँग सफल खेल जीवनको इतिहास छ । रियलको प्राथमिकतामा केलियन एमबाप्पले रहेकाले रोनाल्डो लाने प्रयास नगर्न सक्छ । सबै परिस्थिति हेर्दा रोनाल्डोसँग जाने विकल्प पनि कम छन् । रोनाल्डोले तलब घटाउनेमा कति लचकता देखाउँछन्, यसले नै उनको भविष्य निर्धारण गर्नेछ ।

May 1, 2024

बायर्न म्युनिख र रियल म्याड्रिडको बराबरी

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत पहिलो सेमीफाइनलको पहिलो लेगमा बायर्न म्युनिख र रियल म्याड्रिडले बराबरी खेलेका छन् । घरेलु मैदान आलियान्ज एरिनामा भएको खेलमा बायर्नले खेलमा रहेको अग्रता अन्तिम तिर गुमाउन पुगेको थियो । १-० ले पछि परेको अवस्था उल्ट्याउँदै बायर्नले हाफको सुरुवातमै गोलको अग्रता बनाएको हो । तर खेलको अन्त्यतिर रियलले बराबरी गोल […]

April 30, 2024

सागरको ह्याट्रिकमा पुल्चोक विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सागर थिङले दोस्रो हाफमा गरेको ह्याट्रिक सहित पुल्चोक स्पोर्ट्स क्लबले सहिद स्मारक सि डिभिजन लिगमा मंगलबार सहज जित दर्ता गरेको छ । पुल्चोकले रानीवन स्पोर्ट्स क्लब माथि ४-० को सहज जित दर्ता गरेको हो । पुल्चोकका लागि सागर थिङले ह्याट्रिक गरे । उनले दोस्रो हाफमा मैदान प्रवेश गर्दा ८२औं मिनेट सहित […]

April 30, 2024

कोशीसँगै सुदूरपश्चिम महिला लिगका लागि छनोट

काठमाडौं (हाम्रो खेलकुद) – कोशी प्रदेश र सुदूरपश्चिम प्रदेश एन्फा महिला लिगको अन्तिम चरणका लागि छनोट भएका छन् । कर्णाली प्रदेशलाई लिग छनोटमा मंगलबार १–० ले पराजित गरेसँगै सुदूरपश्चिम लिगको अन्तिम चरणका लागि छनोट हुन सफल भएको हो । ५ खेलमा शीर्षस्थानको रहेको कोशीको १३ र सुदूरपश्चिमको १२ अंक छ । अन्तिम खेल अघि नै […]

Success

Thank you for your time.