default_image

3 years ago

December 27, 2020

पिएसजीको व्यवहारले टुचेल रुष्ट

एजेन्सी – जर्मन प्रशिक्षक थोमस टुचेल फ्रान्सेली क्लबले आफ्नो बर्खास्तीमा देखाएको व्यवहारलाई लिएर रुष्ट भएका छन् । क्लबले आधिकारिक रुपमा टुचेललाई पदमुक्त गरेको जानकारी नदिएपनि निर्देशक लिओनार्डोले भने केहि सिमित मिडियामा यसको पुष्टि गरिसकेका छन् । टुचेलले निर्देशक लिओनार्डोसँग बैठकपछि आफू पदमुक्त भएको जानकारी पाएका थिए । तर उनी र क्लबबीच अझैपनि छाड्ने विषयमा सहमति […]

30 views

0 Bookmark

एजेन्सी – जर्मन प्रशिक्षक थोमस टुचेल फ्रान्सेली क्लबले आफ्नो बर्खास्तीमा देखाएको व्यवहारलाई लिएर रुष्ट भएका छन् । क्लबले आधिकारिक रुपमा टुचेललाई पदमुक्त गरेको जानकारी नदिएपनि निर्देशक लिओनार्डोले भने केहि सिमित मिडियामा यसको पुष्टि गरिसकेका छन् ।

टुचेलले निर्देशक लिओनार्डोसँग बैठकपछि आफू पदमुक्त भएको जानकारी पाएका थिए । तर उनी र क्लबबीच अझैपनि छाड्ने विषयमा सहमति हुन बाँकी छ । क्लबले उनको सम्झौता अझै बाँकी रहेकाले क्षतिपूर्ति दिनुपर्ने हुन्छ । त्यसबारे निर्णय नहुँदै उनको बर्खास्तीबारे निर्णय बाहिर गएपछि टुचेल रुष्ट भएका हुन् ।

बुधबार टुचेल र लिओनार्डोबीच भएको बैठकमा जर्मन प्रशिक्षकले आफू पदमुक्त भएको जानकारी पाएका थिए । केहि समय अघिदेखि नै टुचेलको बोर्डसँग राम्रो सम्बन्ध रहेको थिएन । तर पछिल्लो समय लिगमा अपेक्षित नतिजा ल्याउन नसकेपछि क्लबले उनलाई बर्खास्त गर्ने निर्णय गरेको हो ।

च्याम्पियन्स लिगमा समूह विजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेपनि लिगमा भने पिएसजी संघर्ष गरिरहेको छ । गत साता लियोनसँग पराजित भएको पिएसजी लिलसँग बराबरीमा रोकिएको थियो । शीर्षस्थानमा पकड गुमाएको साविक विजेता टोली दुवै टोलीभन्दा १ अंक पछाडी छ ।

स्रोतका अनुसार क्लबले टुचेललाई ७ मिलियन युरो तिर्नुपर्नेछ । क्लबका लागि २ लिग उपाधि र एक फ्रेन्च कप जिताएका टुचेलले क्लब इतिहासमा नै पहिलो पटक च्याम्पियन्स लिग फाइनल पुर्याएका थिए । उनको स्थानमा मौरिसियो पोचेटिनो आउने लगभग तय रहेको छ । क्लबले टुचेलको कागजी प्रक्रिया सकिएपछि पोचेटिनोको सम्झौता सार्वजनिक गर्नेछ ।

May 1, 2024

बायर्न म्युनिख र रियल म्याड्रिडको बराबरी

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत पहिलो सेमीफाइनलको पहिलो लेगमा बायर्न म्युनिख र रियल म्याड्रिडले बराबरी खेलेका छन् । घरेलु मैदान आलियान्ज एरिनामा भएको खेलमा बायर्नले खेलमा रहेको अग्रता अन्तिम तिर गुमाउन पुगेको थियो । १-० ले पछि परेको अवस्था उल्ट्याउँदै बायर्नले हाफको सुरुवातमै गोलको अग्रता बनाएको हो । तर खेलको अन्त्यतिर रियलले बराबरी गोल […]

April 30, 2024

सागरको ह्याट्रिकमा पुल्चोक विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सागर थिङले दोस्रो हाफमा गरेको ह्याट्रिक सहित पुल्चोक स्पोर्ट्स क्लबले सहिद स्मारक सि डिभिजन लिगमा मंगलबार सहज जित दर्ता गरेको छ । पुल्चोकले रानीवन स्पोर्ट्स क्लब माथि ४-० को सहज जित दर्ता गरेको हो । पुल्चोकका लागि सागर थिङले ह्याट्रिक गरे । उनले दोस्रो हाफमा मैदान प्रवेश गर्दा ८२औं मिनेट सहित […]

April 30, 2024

कोशीसँगै सुदूरपश्चिम महिला लिगका लागि छनोट

काठमाडौं (हाम्रो खेलकुद) – कोशी प्रदेश र सुदूरपश्चिम प्रदेश एन्फा महिला लिगको अन्तिम चरणका लागि छनोट भएका छन् । कर्णाली प्रदेशलाई लिग छनोटमा मंगलबार १–० ले पराजित गरेसँगै सुदूरपश्चिम लिगको अन्तिम चरणका लागि छनोट हुन सफल भएको हो । ५ खेलमा शीर्षस्थानको रहेको कोशीको १३ र सुदूरपश्चिमको १२ अंक छ । अन्तिम खेल अघि नै […]

Success

Thank you for your time.