default_image

3 years ago

December 27, 2020

आर्सनलसँग चेल्सीको लज्जास्पद हार

एजेन्सी – लन्डन डर्वीमा चेल्सीले आर्सनलसँग लज्जास्पद हार बेहोरेको छ । आर्सनलले घरेलु मैदानमा चेल्सीलाई ३–१ ले हराएको हो । प्रिमियर लिगमा आर्सनलको यो दुई खेलपछिको जित हो । यो जितसँगै आर्सनलले राहतको सास फेरेको छ । आर्सनलको जितमा एलेसान्द्रे लाकाजेट्टी, ग्रानिट झाँका र बुकायो साकाले गोल गरे । ट्याम्मी अब्राहमको गोल सान्त्वना बन्यो । […]

43 views

0 Bookmark

एजेन्सी – लन्डन डर्वीमा चेल्सीले आर्सनलसँग लज्जास्पद हार बेहोरेको छ । आर्सनलले घरेलु मैदानमा चेल्सीलाई ३–१ ले हराएको हो ।

प्रिमियर लिगमा आर्सनलको यो दुई खेलपछिको जित हो । यो जितसँगै आर्सनलले राहतको सास फेरेको छ । आर्सनलको जितमा एलेसान्द्रे लाकाजेट्टी, ग्रानिट झाँका र बुकायो साकाले गोल गरे । ट्याम्मी अब्राहमको गोल सान्त्वना बन्यो ।

इमिरेट्स स्टेडियममा शनिबार राति भएको प्रतिस्पर्धात्मक खेलमा घरेलु टोली आर्सनलले खेलको ३४औं मिनेटमा पेनाल्टी गोलबाट अग्रता लिएको थियो । रिस जेम्सले पेनाल्टी बक्समा टाएरनेलाई लडाएपछि प्राप्त पेनाल्टीमा लाकाजेट्टीले गोल गोल गरे । ४४औं मिनेटमा ग्रानिट झाँकाले गोल गर्दै आर्सनललाई पहिलो हाफमा २–० को अग्रता दिलाए ।

५६औं मिनेटमा बुकायो साकाले गोल गरेपछि आर्सनल जिततर्फ अग्रसर बन्यो । उनले इमिल स्मिथ रोइको पासमा गोल गरेका थिए । ८५औं मिनेटमा ट्याम्मी अब्राहमले कलुम हड्सन ओडोइको पासमा गोल गर्दै खेललाई ३–१ को अवस्थामा ल्याए ।

इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा जर्गिन्होले पेनाल्टी चुकाउदा चेल्सीले गोलअन्तर घटाउन सकेन । पाब्लो मारीले मासन माउन्टलाई पलल गरेपछि रेफ्रीले चेल्सीलाई पेनाल्टी प्रदान गरेको थियो । घरेलु टोलीले बल पोसेसनमा बलियो पकड बनाएपनि फिनिसिङमा चुक्दा हार बेहोर्न पुग्यो ।

यो जितसँगै आर्सनल १५ खेलबाट १७ अंक जोडेर १४औं स्थानमा उक्लदा चेल्सी १५ खेलबाट २५ अंक जोडेर सातौ स्थानमा रहेको छ । हारसँगै चेल्सीले तेस्रो स्थानमा उक्लने अवसर गुमाएको छ ।

May 1, 2024

बायर्न म्युनिख र रियल म्याड्रिडको बराबरी

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत पहिलो सेमीफाइनलको पहिलो लेगमा बायर्न म्युनिख र रियल म्याड्रिडले बराबरी खेलेका छन् । घरेलु मैदान आलियान्ज एरिनामा भएको खेलमा बायर्नले खेलमा रहेको अग्रता अन्तिम तिर गुमाउन पुगेको थियो । १-० ले पछि परेको अवस्था उल्ट्याउँदै बायर्नले हाफको सुरुवातमै गोलको अग्रता बनाएको हो । तर खेलको अन्त्यतिर रियलले बराबरी गोल […]

April 30, 2024

सागरको ह्याट्रिकमा पुल्चोक विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सागर थिङले दोस्रो हाफमा गरेको ह्याट्रिक सहित पुल्चोक स्पोर्ट्स क्लबले सहिद स्मारक सि डिभिजन लिगमा मंगलबार सहज जित दर्ता गरेको छ । पुल्चोकले रानीवन स्पोर्ट्स क्लब माथि ४-० को सहज जित दर्ता गरेको हो । पुल्चोकका लागि सागर थिङले ह्याट्रिक गरे । उनले दोस्रो हाफमा मैदान प्रवेश गर्दा ८२औं मिनेट सहित […]

April 30, 2024

कोशीसँगै सुदूरपश्चिम महिला लिगका लागि छनोट

काठमाडौं (हाम्रो खेलकुद) – कोशी प्रदेश र सुदूरपश्चिम प्रदेश एन्फा महिला लिगको अन्तिम चरणका लागि छनोट भएका छन् । कर्णाली प्रदेशलाई लिग छनोटमा मंगलबार १–० ले पराजित गरेसँगै सुदूरपश्चिम लिगको अन्तिम चरणका लागि छनोट हुन सफल भएको हो । ५ खेलमा शीर्षस्थानको रहेको कोशीको १३ र सुदूरपश्चिमको १२ अंक छ । अन्तिम खेल अघि नै […]

Success

Thank you for your time.