default_image

3 years ago

December 27, 2020

गुन्डोगान र टोरेसको गोलको सिटीको जित

एजेन्सी – इल्केए गुन्डोगान र फेरान टोरेसको गोल मद्दतमा म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा न्युक्यासल युनाइटेडमाथि २–० को सहज जित निकालेको छ । घरेलु मैदान इतिहाद स्टेडियममा सिटीको जितमा गुन्डोगानले पहिलो तथा टोरेसले दोस्रो हाफमा गोल गरेका थिए । खेलको १४औ मिनेटमा रहिम स्टर्लिङको पासमा गुन्डोगानले गोल गर्दै सिटीलाई पहिलो हाफमा १–० को अग्रता दिलाए […]

40 views

0 Bookmark

एजेन्सी – इल्केए गुन्डोगान र फेरान टोरेसको गोल मद्दतमा म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा न्युक्यासल युनाइटेडमाथि २–० को सहज जित निकालेको छ ।

घरेलु मैदान इतिहाद स्टेडियममा सिटीको जितमा गुन्डोगानले पहिलो तथा टोरेसले दोस्रो हाफमा गोल गरेका थिए । खेलको १४औ मिनेटमा रहिम स्टर्लिङको पासमा गुन्डोगानले गोल गर्दै सिटीलाई पहिलो हाफमा १–० को अग्रता दिलाए ।

२०औं मिनेटमा केभिन डि ब्रुयनको प्रहारलाई न्युक्यासलका गोलरक्षक डार्लाेले बचाए । २३औं मिनेटमा रुवेन डियास र स्टोन्स हेडरको लागि एक आपसमा जुध्दा बलले पोस्टको दिशा लिन सकेन ।

लगत्तै फेरान टोरेसको प्रहारलाई डार्लाेले बचाउ गरे । ३५औं मिनेटमा टोरेसको पासमा डि ब्रुयनले सुवर्ण अवसर पाएपनि सदुपयोग गर्न सकेन । ५५औैं मिनेटमा फेरान टोरेसले गोल गर्दै सिटीको अग्रता दोब्बर पारे ।

५९औं मिनेटमा बर्नाडो सिल्भाको प्रहार पोस्टमा लागेर फर्कदा सिटी अग्रता तेब्बर पार्नबाट चुक्यो । त्यसपछि पनि सिटीले न्युक्यासललाई दवावमा राख्दै आक्रमण बुनिरहेपनि थप गोल निस्कन नसक्दा २–० ले विजयी हुन सफल भयो ।

यो जितसँगै सिटी १४ खेलबाट २६ अंक जोडेर पाँचौ स्थानमा उक्लिएको छ । पराजित न्यु क्यासल १८ अंक जोडेर १२औं स्थानमा रहेको छ ।

May 1, 2024

बायर्न म्युनिख र रियल म्याड्रिडको बराबरी

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत पहिलो सेमीफाइनलको पहिलो लेगमा बायर्न म्युनिख र रियल म्याड्रिडले बराबरी खेलेका छन् । घरेलु मैदान आलियान्ज एरिनामा भएको खेलमा बायर्नले खेलमा रहेको अग्रता अन्तिम तिर गुमाउन पुगेको थियो । १-० ले पछि परेको अवस्था उल्ट्याउँदै बायर्नले हाफको सुरुवातमै गोलको अग्रता बनाएको हो । तर खेलको अन्त्यतिर रियलले बराबरी गोल […]

April 30, 2024

सागरको ह्याट्रिकमा पुल्चोक विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सागर थिङले दोस्रो हाफमा गरेको ह्याट्रिक सहित पुल्चोक स्पोर्ट्स क्लबले सहिद स्मारक सि डिभिजन लिगमा मंगलबार सहज जित दर्ता गरेको छ । पुल्चोकले रानीवन स्पोर्ट्स क्लब माथि ४-० को सहज जित दर्ता गरेको हो । पुल्चोकका लागि सागर थिङले ह्याट्रिक गरे । उनले दोस्रो हाफमा मैदान प्रवेश गर्दा ८२औं मिनेट सहित […]

April 30, 2024

कोशीसँगै सुदूरपश्चिम महिला लिगका लागि छनोट

काठमाडौं (हाम्रो खेलकुद) – कोशी प्रदेश र सुदूरपश्चिम प्रदेश एन्फा महिला लिगको अन्तिम चरणका लागि छनोट भएका छन् । कर्णाली प्रदेशलाई लिग छनोटमा मंगलबार १–० ले पराजित गरेसँगै सुदूरपश्चिम लिगको अन्तिम चरणका लागि छनोट हुन सफल भएको हो । ५ खेलमा शीर्षस्थानको रहेको कोशीको १३ र सुदूरपश्चिमको १२ अंक छ । अन्तिम खेल अघि नै […]

Success

Thank you for your time.