default_image

3 years ago

December 30, 2020

बार्सिलोना हारबाट जोगियो

40 views

0 Bookmark

एजेन्सी – सब्सिच्युट खेलाडी ओसमाने डेम्वेलेको गोल सहयोगमा क्याटलान क्लब बार्सिलोना घरेलु मैदानमा हारबाट जोगिएको छ । बार्सिलोनाले एइवरसँग १–१ गोलको बराबरी खेल्दै अंक बाड्न बाध्य बनेको हो ।

मुख्य खेलाडी तथा कप्तान लियोनेल मेस्सी चोटका कारण टोलीमा अनुपस्थित रहँदा टोलीले ७३ प्रतिशत बल पोसेसन राखेपनि गोलको लागि निकै संघर्ष गर्नुपरेको थियो । बार्सिलोनाको केही प्रहारमा गोलरक्षक डिमिट्रोभिक बाधक बनेको थियो ।

नोउक्याम्पमा मंगलबार राति भएको खेलमा घरेलु टोली बार्सिलोनाले खेलको सुरुवातदेखि नै एइवरलाई दवावमा राखेको थियो । खेलको आठौं मिनेटमा नै मार्टिन ब्रेथवेट पेनाल्टीमा चुक्दा बार्सिलोनाले अग्रता लिन सकेन ।

पेनाल्टी बक्समा बिगासले एराउजोलाई फल गरेपछि रेफ्रीले भिएआरको सहायता लिदै बार्सिलोनालाई पेनाल्टी प्रदान गरेको थियो । तर, मेस्सीको अनुपस्थितिमा ब्रेथवेटको बाहिरिएको थियो ।

२२औं मिनेटमा मिरालेम प्यानिचको कर्नरमा एराउजोको हेडरलाई गोलरक्षक डिमिट्रोभिकले एक खुट्टाले बचाउदा बार्सिलोना पुनः खेलमा अग्रता लिनबाट चुक्यो । २५औं मिनेटमा ब्रेथवेटले गोल गरेपनि भिएआरबाट अफसाइड ठहरिदा उनको गोलले मान्यता पाएन ।

३५औं मिनेटमा काड्जिअरको प्रहारलाई बार्सिलोनाका गोलरक्षक मार्क आन्दर टेर स्टेगनले सहजै बचाए । ५०औं मिनेटमा औसमाने डेम्वेलेको प्रहार पोस्ट नजिकैबाट बाहिरियो । लगत्तै ५२औं मिनेटमा एन्टोइन ग्रिजमनको प्रहारले पनि पोस्टको दिशा लिन सकेन ।

लगातार दवाव झेलेको एइवरले ५७औं मिनेटमा किकेको गोलबाट बार्सिलोनाविरुद्ध अग्रता लिन सफल भयो । ६७औं मिनेटमा डेम्वेलेले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । दोस्रो हाफका शुरुमै सर्जिनो डेस्टको स्थानमा मैदान छिरेका डेम्वेलेले जुनियर फिर्पाेको पासमा गोल गरेका थिए ।

८६औं मिनेटमा पेड्रीको प्रहार बारमा लागेर फर्कदा बार्सिलोनाले अग्रता लिन सकेन । इन्ज्युरी समयमा ट्रिन्काओले अवसर पाएपनि सदुपयोग गर्द नसक्दा बार्सिलोना बराबरीमा रोकियो ।

यो बराबरीसँगै बार्सिलोना १५ खेलबाट २५ अंक जोडेर छैटौ स्थानमा रहेको छ । बार्सिलोनालाई रोकेको एइवर १६ अंक जोडेर १५औं स्थानमा रहेको छ ।

अन्य नतिजा

सेभियाविरुद्ध भिल्लारियल (–०), क्याडिजविरुद्ध रियल भालाडोलिड (०–०), लेभान्टेविरुद्ध रियल बेटिस (–३)

May 8, 2024

रियल म्याड्रिड र बायर्न म्युनिख फाइनल प्रवेशका लागि भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको फाइनल प्रवेशका लागि स्पेनिश टोली रियल म्याड्रिड र जर्मन टोली बायर्न म्युनिख आज भिड्दै छन् । रियलको घरेलु मैदान सान्टियागो बर्नाबेउमा हुने दोस्रो लेग आज राती १२:४५ बजे सुरु हुनेछ । बायर्नको घरेलु मैदानमा भएको पहिलो लेग २-२ को बराबरीमा सकिएको थियो । बायर्नले खेलमा रहेको अग्रता अन्तिम तिर गुमाउन […]

May 8, 2024

पिएसजीलाई हराउँदै बोरुसिया डर्टमुण्ड च्याम्पियन्स लिग फाइनलमा

एजेन्सी – फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई पराजित गर्दै जर्मन क्लब बोरुसिया डर्टमुण्ड युरोपेली च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । पिएसजी माथि दोस्रो लेगमा १-० सहित समग्रमा २-० को जित हासिल गर्दै डर्टमुण्ड ११ वर्ष पछि च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ। पिएसजीको घरेलु मैदान पार्क डेस प्रिन्सेसमा भएको दोस्रो लेगमा डर्टमुण्डका लागि […]

May 7, 2024

दशरथ रंगशालाको अवस्था बारे खेलकुद मन्त्री श्रेष्ठको चासो

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको एकमात्र अन्तर्राष्ट्रिय मान्यता प्राप्त दशरथ रंगशालाको फुटबल मैदानले अब अन्तर्राष्ट्रिय फुटबल गर्ने मान्यता गुमाउने खतरा बढेपछि युवा तथा खेलकुद मन्त्री बिराजभक्त श्रेष्ठले त्यसमा चासो देखाएका छन् । एसियाली फुटबल महासंघ (एएफसी) ले गत साता गरेको निरीक्षणपछि दशरथ रंगशालाको विभिन्न पक्षमा प्रश्न उठाएको छ । त्यसकारण जेठ २४ गते नेपाल र […]

Success

Thank you for your time.