default_image

3 years ago

December 30, 2020

वल्भ्सलाई हराउदै म्यानचेस्टर दोस्रो स्थानमा उक्लियो

40 views

0 Bookmark

एजेन्सी – इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा मार्कुस रासफोर्डले गोल गरेपछि वल्भ्समाथि १–० को संघर्षपुर्ण जित निकाल्दै म्यानचेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिगको दोस्रो स्थानमा उक्लन सफल भएको छ ।

ओल्डट्राफोर्डमा मंगलबार राति भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोलका केही सुन्दर मौकाहरु खेर फालेका थिए । खेलको १३औं मिनेटमा रुवेन नेभेसको प्रहारलाई घरेलु टोलीका गोलरक्षक डेभिड हे गेयाले बचाए ।

२३औं मिनेटमा एडिन्सन काभानीको फ्रिकिक क्रसबारमा लागेर बाहिरिदा युनाइटेड अग्रता लिनबाट चुक्यो । ३४औं मिनेटमा ब्रुनो फर्नान्डेस चुके । ३९औं मिनेटमा पेड्रो नेटोको फ्रिकिकमा रोमेन सइसको फ्लिक प्रहार पोस्ट नजिकैबाट बाहिरिदा वल्भ्सले अग्रता लिन सकेन ।

७०औं मिनेटमा कर्नरबाट आएको बललाई इरिक बेइलीको हेडर कोनोर कोआडेलाई डिफ्लेक्ट हुदै आएको बललाई काभानीले जाली चुमाएपनि उनको गोलले मान्यता पाएन । त्यसमै युनाइटेडले पेनाल्टी अपिल गरेपनि भिएआरबाट मान्यता पाएन ।

७५औं मिनेटमा पल पोग्वाको २५ यार्ड टाढाको प्रहारलाई रुई प्याट्रिसियोले उत्कृष्ट बचाउ गरे । बराबरीतर्फ धकेलिएको खेलको इन्ज्युरी समयको तेस्रो मिनेटमा रासफोर्डले ब्रुनो फर्नान्डेसको पासमा गोल गर्दै युनाइटेडलाई १–० को संघर्षपुर्ण जित दिलाए ।

यो जितले युनाइटेडले लेस्टर सिटी र एभर्टनलाई पछि पार्दै दोस्रो स्थानमा उक्लन सफल भएको हो । युनाइटेडको १५ खेलबाट ३० अंक पुगेको छ । १६ खेल खेलेको लेस्टर र १५ खेल खेलेको एभर्टनको समान २९ अंक छ । शीर्षस्थानको लिभरपुलको ३२ अंक छ । पराजित वल्भ्स २१ अंकसहित १२औं स्थानमा छ ।

May 9, 2024

उत्कृष्ट पुनरामगन गर्दै रियल च्याम्पियन्स लिगको फाइनलमा

एजेन्सी – खेलको अन्तिम समयमा उत्कृष्ट पुनरागमन गर्दै रियल म्याड्रिड युरोपेली च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । बायर्न म्युनिखविरुद्ध घरेलु मैदानमा भएको सेमिफाइनलको दोस्रो लेगमा बुधबार २-१ र समग्रमा ४-३ को जित निकाल्दै रियल फाइनलमा पुगेको हो । एक गोलले पछि परेको अवस्थामा ८१औं मिनेटमा मैदान प्रवेश गरेका जोसेलुले केही मिनेटको अन्तरालमा २ गोल […]

May 8, 2024

आरसी ३२ शीर्ष स्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजनको सातौं चरणको पहिलो खेलमा जित दर्ता गर्दै आरसी ३२ फुटबल एकेडेमी तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । बुधवार एन्फा कम्प्लेक्समा भएको खेलमा आरसी ३२ ले स्पोर्ट्स एकेडेमी साँगालाई २-० ले पराजित गरेको हो । आरसी ३२ को जितमा सुजन बलम्पाकी मगर र सञ्जय सुब्बाले समान १-१ गोल […]

May 8, 2024

रियल म्याड्रिड र बायर्न म्युनिख फाइनल प्रवेशका लागि भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको फाइनल प्रवेशका लागि स्पेनिश टोली रियल म्याड्रिड र जर्मन टोली बायर्न म्युनिख आज भिड्दै छन् । रियलको घरेलु मैदान सान्टियागो बर्नाबेउमा हुने दोस्रो लेग आज राती १२:४५ बजे सुरु हुनेछ । बायर्नको घरेलु मैदानमा भएको पहिलो लेग २-२ को बराबरीमा सकिएको थियो । बायर्नले खेलमा रहेको अग्रता अन्तिम तिर गुमाउन […]

Success

Thank you for your time.