default_image

3 years ago

December 30, 2020

लिड्सको ५ गोल

26 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लिड्स युनाइटेडले वेस्ट ब्रममाथि सानदार जित निकालेको छ । लिड्सले वेस्ट ब्रमलाई उसकै मैदानको ५–० को फराकिलो हार चखाएको हो ।

वेस्ट ब्रमको मैदानमा मंगलबार राति भएको खेलमा लिड्सको जितमा इजजान एलिओस्की, ज्याक ह्यारिसन, रोड्रिगो र राफिन्हाले गोल गर्दा एक गोल उपहार पाएको थियो । पहिलो हाफमा ४ तथा दोस्रो हाफमा एक गोल सम्भव भएको थियो ।

खेलको नवौं मिनेटमा नै रोमाइन सयर्सको आत्मघाती गोलबाट लिड्सले अग्रता लिएको थियो । त्यसपछि खेलमा पकड जमाएको लिड्सले १० मिनेटको अन्तरमा ३ गोल गर्दै खेलमा ४–० को आरामदायी अग्रता लिएको थियो ।

३१औं मिनेटमा इजजान एलिओस्कीले गोल गर्दै लिड्सको अग्रता दोब्बर पारे । ३६औं मिनेटमा प्याट्रिक बामफोर्डको पासमा ज्याक ह्यारिसनले गोल गर्दै लिड्सलाई ३–० ले अघि बढाए । ४०औं मिनेटमा माटेस्ज क्लिचको पासमा रोड्रिगोले गोल गर्दै लिड्सलाई पहिलो हाफमा ४–० को आरामदायी अवस्थामा ल्याए ।

७२औं मिनेटमा राफिन्हाले स्टुआर्ट डालासको पासमा गोल गर्दै लिड्सलाई सानदार जित दिलाए । यो जितले लिड्स १६ खेलबाट २३ अंक जोडेर ११औं स्थानमा उक्लिएको छ । पराजित वेस्ट ब्रम ८ अंक जोडेर रेलिगेसन क्षेत्रको पुछारबाट दोस्रो स्थानमा छ ।

May 8, 2024

आरसी ३२ शीर्ष स्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजनको सातौं चरणको पहिलो खेलमा जित दर्ता गर्दै आरसी ३२ फुटबल एकेडेमी तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । बुधवार एन्फा कम्प्लेक्समा भएको खेलमा आरसी ३२ ले स्पोर्ट्स एकेडेमी साँगालाई २-० ले पराजित गरेको हो । आरसी ३२ को जितमा सुजन बलम्पाकी मगर र सञ्जय सुब्बाले समान १-१ गोल […]

May 8, 2024

रियल म्याड्रिड र बायर्न म्युनिख फाइनल प्रवेशका लागि भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको फाइनल प्रवेशका लागि स्पेनिश टोली रियल म्याड्रिड र जर्मन टोली बायर्न म्युनिख आज भिड्दै छन् । रियलको घरेलु मैदान सान्टियागो बर्नाबेउमा हुने दोस्रो लेग आज राती १२:४५ बजे सुरु हुनेछ । बायर्नको घरेलु मैदानमा भएको पहिलो लेग २-२ को बराबरीमा सकिएको थियो । बायर्नले खेलमा रहेको अग्रता अन्तिम तिर गुमाउन […]

May 8, 2024

पिएसजीलाई हराउँदै बोरुसिया डर्टमुण्ड च्याम्पियन्स लिग फाइनलमा

एजेन्सी – फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई पराजित गर्दै जर्मन क्लब बोरुसिया डर्टमुण्ड युरोपेली च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । पिएसजी माथि दोस्रो लेगमा १-० सहित समग्रमा २-० को जित हासिल गर्दै डर्टमुण्ड ११ वर्ष पछि च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ। पिएसजीको घरेलु मैदान पार्क डेस प्रिन्सेसमा भएको दोस्रो लेगमा डर्टमुण्डका लागि […]

Success

Thank you for your time.