default_image

3 years ago

January 6, 2021

पोचेटिनोको ध्यान ट्रान्सफरमा छैन

31 views

0 Bookmark

एजेन्सी – माउरिसियो पोचेटिनो पेरिस सेन्ट जर्मेन (पिएसजी) को प्रशिक्षक नियुक्त भएपछि डेले अलि र लिओनल मेस्सी त्यहाँ जान सक्ने अनुमान गरिएको छ । अर्जेन्टिनी प्रशिक्षकले त्यसलाई पूर्ण रुपमा अस्वीकार पनि गरेका छैनन् ।

टोटेनहमका पूर्व प्रशिक्षक समेत रहेको पोचेटिनो मंगलबार पिएसजीको नयाँ प्रशिक्षकका रुपमा सार्वजनिक गरिएको थियो । बुधबार लिग वानमा सेन्ट इटिनीविरुद्धको खेलबाट उनले डेब्यू गर्दैछन् ।
‘हरेक क्लब फरक हुन्छ र त्यसमा तुलाना गर्नु उपयुक्त हुँदैन । अब अहिले टोटेनहमको बारेमा चर्चा गर्नु उपयुक्त हुँदैन । त्यो पहिलाको कुरा हो । तर म अहिले शत प्रतिशत पेरिसमा छु,’ उनले पत्रकार सम्मेलनमा भनेका छन् ।

‘अहिले हामी सम्भावित खेलाडी सरुवाको बारेमा चर्चा गरिरहेका छैनौं । हामी कसरी आउने खेलको तयारी गर्ने भन्नेमा केन्द्रित छौं ।’

त्यति हुँदा हुदै पनि उनले अलि र मेस्सीका विषयमा संकेत गर्दै भने , ‘भविष्यमा हामी यी सबै विषयमा छलफल गर्नेछौं । उत्कृष्ट खेलाडीलाई पिएसजीमा जहिले पनि स्वागत गरिन्छ ।’ नेयमारका लागि क्लबमा उत्कृष्ट पोसिजन कुन हुन सक्छ भन्ने प्रश्नमा पोचेटिनोले सबै खेलाडीका लागि मैदानमा उत्कृष्ट र सके सम्म सहज ठाँउको खोजी गरिने बताए ।

‘जब नेयमार चोटमुक्त भएर फर्कनेछन् । त्यसपछि हामी उनलाई मैदानमा उत्कृष्ट प्रदर्शनका लागि सघाउने छौं,’ उनले थपे, ‘अहिले प्रणालीको सुरुवात हो । हामी सधै लयका विषयमा समूहमा छलफल गर्नेछौं ।’ उनले हरेक खेलाडीको कुरा सुन्ने र प्रणालीको विकास गर्ने योजना सुनाउँदै सबैका लागि सकारात्मक र उपयुक्त ठाँउ दिन प्रयास गर्ने जनाए ।

‘नेता जहिले पनि नेता हुन्छ । प्रस्तुत गर्ने सबैका आ आफ्ना शैली हुन्छन्,’ उनले भने, ‘हामीसँग क्षमतावान खेलाडीको समूह छ । मैदानमा नेतृत्व गर्ने क्षमता राख्छन् । सबै वातावरणमा उपयुक्त हुनका लागि हामी प्रयास गर्नेछौं ।’

केलियन एमबाप्पलेको तारिफ गरेको पोचेटिनोले फ्रान्सेली अन्तर्राष्ट्रियलाई आफ्नो क्षमता अनुसार खेल्नका लागि वातावरण तयार पारिने स्पष्ट पारे । ‘उत्कृष्ट खेलाडीका साथ हामीसँग अदभुत टोली छ । यो कुनै नयाँ विषय पनि होइन,’ उनले भने ।

‘एमबाप्पे जस्ता उत्कृष्ट खेलाडी धेरै विकल्पमा प्रयोग हुन सक्छन् । सबैभन्दा महत्त्वपूर्ण उनी कसरी मैदानमा आक्रमण गर्छन् भन्ने हो । हामी उनको क्षमतालाई थप उजागर गर्नका लागि सबैभन्दा उत्तम ठाँउको खोजि गर्नेछौं ।’

May 21, 2024

इंग्ल्याण्डको यूरो कपका लागि प्रारम्भिक टोली सार्वजनिक 

एजेन्सी – ग्यारेथ साउथगेटले युरो २०२४ का लागि आफ्नो ३३ खेलाडीको प्रारम्भिक इंग्ल्याण्ड टोली सार्वजनिक गरेका छन् । तीन वर्ष अघि घरेलु भूमिमा फाइनलमा पराजित इंग्ल्याण्ड यस पटक पनि उपाधि दावेदारको रुपमा रहेको छ ।  पछिल्लो केहि वर्षमा टोलीको महत्वपुर्ण खेलाडीका रुपमा रहेका मार्कस रासफोर्ड, जोर्डन हेन्डरसन र रहिम स्टर्लिङ यसपटक भने टोलीमा परेका छैनन् […]

May 21, 2024

रोनाल्डो व्यक्तिगत छैठौँ यूरो कपको प्रारम्भिक टोलीमा 

एजेन्सी – स्टार खेलाडी क्रिस्टियनो रोनाल्डो व्यक्तिगत छैठौँ  युरोपियन च्याम्पियनसिपका लागि पोर्चुगलको प्रारम्भिक टोलीमा परेका छन् । सन् २०१६ को युरोपियन च्याम्पियनसिपमा पोर्चुगलले उपाधि जित्दा नेतृत्व गरेका क्रिस्टियानो रोनाल्डोलाई युरो २०२४ का लागि रोबर्टो मार्टिनेजको २६ सदस्यीय टोलीमा समावेश गरेका हुन् । ३९ वर्षिय रोनाल्डो प्रतियोगितामा १४ गोलसहित कीर्तिमान गोलकर्ता हुन् भने उनले प्रतियोगितामा सबैभन्दा […]

May 21, 2024

समाज कल्याण चौथो स्थानमा उक्लियो

काठमाडौं (हाम्रो खेलकुद) – समाज कल्याण खेलकुद केन्द्र क्लब जारी सहिद स्मारक सि डिभिजन लिगको चौथो स्थानमा उक्लिएको छ । मंगलवार भएको दिनको दोस्रो खेलमा सानेपा क्लबलाई ४-० ले हराउँदै तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । जित हासिल गरेको समाज कल्याणको ९ खेलमा १६ अंक भएको छ । पराजित सानेपाको समान ९ खेलमा ११ अंक […]

Success

Thank you for your time.