default_image

3 years ago

January 6, 2021

आहा रारा गोल्डकपबाट झन्डै १९ लाख बचत

53 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – पोखरामा गत वर्ष आयोजना भएको १८ औं संस्करणको आहा रारा गोल्ड कप बाट झन्डै १९ लाख रुपैयाँ बचत भएको आयोजक साहारा क्लबे जनाएको छ ।

पोखरा रंगशालामा गत फागुन २१ देखि चैत १ गतेसम्म आयोजना भएको आहा रारामा ८८ लाख १० हजार ३ सय ६६ रुपैया आम्दानी भएको बुधबार पत्रकार सम्मेलनमार्फत जानकारी गरायो । त्यसमा खर्च कटाएर १८ लाख ९७ हजार ६ सय ५७ रुपैया बचत भएको बताएको छ ।

क्लबले कुल ६९ लाख १२ हजार ७ सय ९ रुपैया खर्च भएको जानकारी गराएको छ । प्रतियोगिताको टिकटबाट मात्र २८ लाख ७ हजार ४ सय ७० रुपैया संकलन भएको प्रतियोगिताका आर्थिक संयोजक सुनिल गुरुङले बताए ।

त्यस्तै गरी व्यानर तथा आर्थिक सहयोगबाट १६ लाख ६८ हजार ७ सय ७२, सिजनल टिकटबाट ३६ हजार, बैंक व्याज आम्दनीबाट ४२ जहार १ सय ४५ रुपैया आम्दानी भएको गुरुङले जानकारी दिए ।

प्रतियोगिताको मुख्य प्रायोजक आहा तथा रारा तयारी चाउचाउबाट १२ लाख ५१ हजार, गण्डकी प्रदेश सरकारबाट १० लाख, हिमांश एजुकेशन कन्सेल्टेनसीबाट ४ लाख, राखेपबाट ३ लाख ४७ हजार ५ सय २९, गोर्खा ब्रअरीबाट ३ लाख ५० हजार, सहारा क्लव हङकङबाट २ लाख ७ हजार ४ सय ५० रुपैया लगायतका संघ संस्थाबाट सहयोग प्राप्त भएको क्लबले जनाएको छ ।

त्यसमा खेलाडी दैनिक भ्रमण खर्च वापत २५ लाख ७ हजार १ सय ६८, प्रोत्साहन खर्च १६ लाख १२ हजार, प्रतियोगिता संचालन तथा व्यबस्थापन खर्च ६ लाख ८२ हजार ७ सय ५०, व्यानर कपडा एवं लेखाई खर्च २ लाख ३० हजार खर्च भएको बताएको छ ।

त्यस्तै खेल मैदानको लागि जिल्ला खेलकुद विकास समितिलाई ४ लाख, रेफ्रि खर्च १ लाख ९४ हजार, रेफ्रि यातयात खर्च १ लाख २८ हजार ३ सय ९५ लगायतका शिर्षकमा खर्च भएको क्लबका कोषाध्यक्ष राजु लालचनले जानकारी दिए ।

प्रतियोगिताबाट बचत भएको रकम सहारा क्लबले सञ्चालन गर्दै आएको सहारा एकेडेमीमा रहेका वालवालिकाहरुको लागि खर्च गर्दै आएको क्लबका अध्यक्ष केशव बहादुर थापाले बताए । कोरोनाको कारणले गर्दा अझै पनि केही रकम संकलन हुन बाँकी रहेको जसले गर्दा यस बर्ष आय व्यय ढिलो सार्वजनिक गरिएको क्लबले जनाएको छ ।

नेपाल पुलिस क्लवलाई फाइनलमा पराजित गर्दै नेपाल आयल निगम मनाङ मस्र्याङदी क्लवले आहा रारा गोल्ड कपको उपाधि सहित १० लाख एक हजार रुपैयाँ प्राप्त गरेको थियो । प्रतियोगितामा भारतको एक क्ल्बसहित १० टोलीको सहभागिता थियो ।

May 21, 2024

इंग्ल्याण्डको यूरो कपका लागि प्रारम्भिक टोली सार्वजनिक 

एजेन्सी – ग्यारेथ साउथगेटले युरो २०२४ का लागि आफ्नो ३३ खेलाडीको प्रारम्भिक इंग्ल्याण्ड टोली सार्वजनिक गरेका छन् । तीन वर्ष अघि घरेलु भूमिमा फाइनलमा पराजित इंग्ल्याण्ड यस पटक पनि उपाधि दावेदारको रुपमा रहेको छ ।  पछिल्लो केहि वर्षमा टोलीको महत्वपुर्ण खेलाडीका रुपमा रहेका मार्कस रासफोर्ड, जोर्डन हेन्डरसन र रहिम स्टर्लिङ यसपटक भने टोलीमा परेका छैनन् […]

May 21, 2024

रोनाल्डो व्यक्तिगत छैठौँ यूरो कपको प्रारम्भिक टोलीमा 

एजेन्सी – स्टार खेलाडी क्रिस्टियनो रोनाल्डो व्यक्तिगत छैठौँ  युरोपियन च्याम्पियनसिपका लागि पोर्चुगलको प्रारम्भिक टोलीमा परेका छन् । सन् २०१६ को युरोपियन च्याम्पियनसिपमा पोर्चुगलले उपाधि जित्दा नेतृत्व गरेका क्रिस्टियानो रोनाल्डोलाई युरो २०२४ का लागि रोबर्टो मार्टिनेजको २६ सदस्यीय टोलीमा समावेश गरेका हुन् । ३९ वर्षिय रोनाल्डो प्रतियोगितामा १४ गोलसहित कीर्तिमान गोलकर्ता हुन् भने उनले प्रतियोगितामा सबैभन्दा […]

May 21, 2024

समाज कल्याण चौथो स्थानमा उक्लियो

काठमाडौं (हाम्रो खेलकुद) – समाज कल्याण खेलकुद केन्द्र क्लब जारी सहिद स्मारक सि डिभिजन लिगको चौथो स्थानमा उक्लिएको छ । मंगलवार भएको दिनको दोस्रो खेलमा सानेपा क्लबलाई ४-० ले हराउँदै तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । जित हासिल गरेको समाज कल्याणको ९ खेलमा १६ अंक भएको छ । पराजित सानेपाको समान ९ खेलमा ११ अंक […]

Success

Thank you for your time.