default_image

3 years ago

January 6, 2021

म्यानचेस्टर युनाइटेड र सिटी भिड्दै

42 views

0 Bookmark

एजेन्सी – कारावाओ कप अर्थात इंग्लिस फुटबल लिग (इएफएल) कपको दोस्रो सेमिफाइनलमा आज म्यानचेस्टर ‘डर्वी’ मा म्यानचेस्ट युनाइटेड र सिटीबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल ओल्डट्राफोर्डमा नेपाली समय अनुसार राति १ः३० बजे सुरु हुनेछ । दुबै टिम जित निकाल्दै फाइनल पुग्ने लक्ष्यसहित मैदान उत्रनेछ ।

यस खेलको विजेताले फाइनलमा टोटेनहमसँग २५ अप्रिलमा प्रतिस्पर्धा गर्नेछ । टोटेनहमले च्याम्पियनसिप क्लब ब्रेन्टफोर्डलाई २–० ले पराजित गर्दै फाइनलमा स्थान बनाइसकेका छन् । घरेलु मैदानमा युनाइटेड सिटीलाई हराउदै फाइनल पुग्ने दाउमा हुनेछ ।

युनाइटेडसँग मार्कुस रासफोर्ड, एन्थोनी मार्सियल, पल पोग्वा, ब्रुनो फर्नान्डेस, आरोन वान बिशाखा, ह्यारी मिगुएर, लुका सा, स्कट म्याकटोमिने र गोलरक्षक डेभिड हे गेया टोलीमा रहेका छन् । प्रतिबन्धका कारण इडिन्सन काभानी टोलीमा हुनेछैनन् । काभानीले ३ खेलको प्रतिबन्ध खेपिरहेका छन्।

यता, सिटी पनि युनाइटेडलाई उसकै मैदानमा स्तबध पार्दै फाइनल पुग्ने दाउमा हुनेछ । कोरोनामुक्त भएका ग्राबियल जिसस र केली वाल्करले युनाईटेडविरुद्ध खेल्ने सम्भावना छ ।
टोलीसँग केभिन डि ब्रुयन, फिल फोडेन, इल्केए गुन्डोगा, बर्नाडो सिल्भा, रहिम स्टर्लिङ, रोड्री, रुवेन डियास, जोन स्टोन्स, गोलरक्षक ज्याक स्टेफेन टोलीमा रहेका छन् ।

चोटका कारण पहिलो रोजाईका गोलरक्षक इडर्सन मोराएसले खेल्ने सम्भावना न्युन रहेको छ । युनाइटेड र सिटीले गत सिजन पनि सेमिफाइनलमा भिडेका थिए । जसमा सिटीले समग्रमा ३–२ को जित निकालेको थियो ।

May 14, 2024

टोटेनहम र म्यानचेस्टर सिटी भिड्दै

एजेन्सी – इंग्लिस प्रिमियर लिगको २०२३/२४ सिजनको उपाधिका लागि महत्वपूर्ण खेलमा आज म्यानचेस्टर सिटीले टोटेनहम हटस्परको घरेलु मैदानको यात्रा गर्दैछ । खेल आज राति १२:४५ बजे टोटेनहम हटस्पर स्टेडियममा सुरु हुनेछ । लगातार चार पटक उपाधि जित्ने लक्ष्यमा रहेको सिटीलाई आजको खेल जित्नै पर्ने दबाब छ । दोस्रो स्थानमा रहेको सिटी आर्सनल भन्दा १ अंकले […]

May 14, 2024

आरसी ३२ शीर्ष स्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – आरसी ३२ फुटबल एकेडेमी जारी सहिद स्मारक सि डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । अयोग्य खेलाडी खेलाएको भन्दै एन्फाले अंक घटाएपनी मंगलबार भएको खेलमा झम्सिखेल युथ क्लब माथि २-० को जित निकाल्दै आरसी ३२ शीर्ष स्थानमा पुगेको हो । आरसी ३२ का लागि खेलको पाँचौं मिनेटमा सुजन बलाम्पकी मगरले सुरुवाती […]

May 14, 2024

विश्व कप छनोटका लागि प्रारम्भिक टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – विश्व कप छनोटको दोस्रो चरणअन्तर्गत युएइविरुद्धको खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको २८ सदस्यीय प्रारम्भिक टोलीको घोषणा भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार आफ्नो सामाजिक सन्जालमार्फत टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले मंगलबार प्रारम्भिक टोलीको टोलीको गरेको जनाएको छ । नेपाल र युएइबीच जेठ २४ गते दशरथ […]

Success

Thank you for your time.