default_image

3 years ago

January 6, 2021

रारा संजोग स्मृति फुटबलको फाइनलमा

39 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– धनकुटा राजारीको रारा फुटबल क्लब मोरङको बेलबारीमा जारी टुबोर्ग संजोग स्मृति नकआउट फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।

मोरङको बिन्दाबासिनी फुटबल क्लबलाई टाइब्रेकरमा ४–३ ले हराउँदै रारा उपाधि नजिक पुगेको हो । निर्धारित ८० मिनेटको खेल १–१ को बराबरीमा टुंगिएपछि टाइब्रेकरमा रारा विजयी भएको हो ।

टाइब्रेकरमा राराका लागि योगेश गुरुङ, बुद्ध चेम्जोङ , सुनिल खड्का र रुपेश केसीले गोल गरे । प्रवेश दनुवारको पेनाल्टी गोलमा परिणत हुन सकेन । बिन्दाबासिनीका लागि अनिल धामी, पदम भट्टराई र मिलन राईले गोल गरे । अजित चौधरी कैलाश बस्नेतको पेनाल्टी भने सफल भएन ।

त्यसअघि छैटौं मिनेटमा प्रवेशको आत्मघाती गोलबाट बिन्दाबासिनीले खेलमा अग्रता लिएको थियो । तर, २५ औं मिनेटमा राराका बुद्धले गोल गर्दै खेललाई बराबरीमा पुर्याएका थिए । बुद्ध नै खेलको म्यान अफ दी म्याच घोषित भए । पूर्व राष्ट्रिय खेलाडी समेत रहेका विराट गोल्ड कप ट्रष्टका सचिव मनोज बस्नेतले बुद्धलाई मेडलसहित २ हजार ५ सय ५५ रुपैयाँ हस्तान्तरण गरे ।

खेलमा राराका प्रकाश भुजेल र उमेश कार्कील तथा बिन्दाबासिनीको नितिन थापा मगर र पूर्ण चेम्जोङले पहेलो कार्डको सामना गरेका थिए । प्रतियोगिताको दोस्रो सेमिफाइनलमा बिहीबार सताक्षीधाम स्पोटिड्ग क्लब। झिलझिले धरान सिटी एकेडमी फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

बेलबारी फुटबल क्लबले आयोजना गरेको प्रतियोगितालाई बेलबारी नगरापालिकाले संयोजन गरेको छ । टुबोर्ग मुख्य प्रायोजन रहेको प्रतियोगितामा सन्ध्या सारा युपिभिसी प्रोफाइल प्रालि प्रायोजक तथा मोरङ कन्ट्रसन प्रालि, सयपत्री मल्टी पर्पोज प्रालि र आदर्श बहुउद्देश्य कृषि फर्म सह प्रयोजक रहेका छन् । प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ ।

May 21, 2024

इंग्ल्याण्डको यूरो कपका लागि प्रारम्भिक टोली सार्वजनिक 

एजेन्सी – ग्यारेथ साउथगेटले युरो २०२४ का लागि आफ्नो ३३ खेलाडीको प्रारम्भिक इंग्ल्याण्ड टोली सार्वजनिक गरेका छन् । तीन वर्ष अघि घरेलु भूमिमा फाइनलमा पराजित इंग्ल्याण्ड यस पटक पनि उपाधि दावेदारको रुपमा रहेको छ ।  पछिल्लो केहि वर्षमा टोलीको महत्वपुर्ण खेलाडीका रुपमा रहेका मार्कस रासफोर्ड, जोर्डन हेन्डरसन र रहिम स्टर्लिङ यसपटक भने टोलीमा परेका छैनन् […]

May 21, 2024

रोनाल्डो व्यक्तिगत छैठौँ यूरो कपको प्रारम्भिक टोलीमा 

एजेन्सी – स्टार खेलाडी क्रिस्टियनो रोनाल्डो व्यक्तिगत छैठौँ  युरोपियन च्याम्पियनसिपका लागि पोर्चुगलको प्रारम्भिक टोलीमा परेका छन् । सन् २०१६ को युरोपियन च्याम्पियनसिपमा पोर्चुगलले उपाधि जित्दा नेतृत्व गरेका क्रिस्टियानो रोनाल्डोलाई युरो २०२४ का लागि रोबर्टो मार्टिनेजको २६ सदस्यीय टोलीमा समावेश गरेका हुन् । ३९ वर्षिय रोनाल्डो प्रतियोगितामा १४ गोलसहित कीर्तिमान गोलकर्ता हुन् भने उनले प्रतियोगितामा सबैभन्दा […]

May 21, 2024

समाज कल्याण चौथो स्थानमा उक्लियो

काठमाडौं (हाम्रो खेलकुद) – समाज कल्याण खेलकुद केन्द्र क्लब जारी सहिद स्मारक सि डिभिजन लिगको चौथो स्थानमा उक्लिएको छ । मंगलवार भएको दिनको दोस्रो खेलमा सानेपा क्लबलाई ४-० ले हराउँदै तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । जित हासिल गरेको समाज कल्याणको ९ खेलमा १६ अंक भएको छ । पराजित सानेपाको समान ९ खेलमा ११ अंक […]

Success

Thank you for your time.