default_image

3 years ago

January 7, 2021

युभेन्टसले एसी मिलानलाई हरायो

47 views

0 Bookmark

एजेन्सी – इटालियन सिरी ए अन्तर्गत बुधबार राती साविक विजेता युभेन्टसले अपराजित रहँदै लिगको शीर्षस्थानमा रहेको एसी मिलानलाई लिगको पहिलो हार चखाएको छ ।

स्टार फरवार्ड ज्लाटान इब्राहिमोभिच चोटका कारण बाहिर रहेको खेलमा युभेन्टसले जित दर्ता गरेको हो । युभेन्टसको जितमा फेडेरिको किएजाले दुई गोल गर्दा अर्को गोल वैकल्पिक खेलाडी वेस्टन मकेनीको नाममा रहयो । मिलानका डेविड कालाब्रियाले बराबरी गोल गरेपनि अंक जोड्न भने पर्याप्त रहेन ।

खेलको १८ औं मिनेटमा किएजाले युभेन्टसलाई अग्रता दिलाएका थिए । उनले पाउलो डिबालासँग वन-टु पास खेल्दै बनाएको मुभमा गोल गरेका थिए । त्यसको केहि मिनेट अघि पनि उनले गरेको प्रहार क्रसबारमा लागेर फर्किएको थियो ।

पहिलो हाफको ४ मिनेट समय बाँकी रहँदा मिलान खेलमा फर्कियो । मिडफिल्डमा एड्रीएन राबीओटले बल गुमाएपछि सुरु भएको मिलानको आक्रमणलाई कालाब्रियाले गोलमा परिणत गरेका थिए । उनले राफाएल लिआओको पासमा गरेको प्रहार गोलरक्षक वोजचिएक सेचेज्नीले बचाउने कुनै अवसर पाएनन् ।

दोस्रो हाफको ६२ औं मिनेटमा किएजाले नै युभेन्टसको अग्रता पुन: स्थापना गरे । उनले पेनाल्टी क्षेत्रको ठिक बाहिरबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । त्यसको १५ मिनेटपछि नै दुई वैकल्पिक खेलाडीको प्रयासमा युभेन्टस २ गोलले अघि बढ्यो । डेजान कुलुसेभ्सकीको पासमा मकेनीले गोल गर्दै जिततर्फ उन्मुख गराए ।

यस नतिजासँगै एसी मिलानले लिगमा पहिलो हार तथा समग्र सिजनमा दोस्रो हार बेहोरेको छ । हारका बाबजुद टोली लगको शीर्षस्थानमा कायम नै छ । मिलानको १६ खेलमा ३७ अंक तथा सहरी प्रतिद्वन्द्वी इन्टरको १६ खेलमा ३६ अंक छ । रोमा १६ खेलमा ३३ अंकसहित तेस्रो तथा युभेन्टस १५ खेलमा ३० अंकसहित चौथो स्थानमा छ ।

May 13, 2024

क्लब लाइसेन्स पाएसँगै चर्च ब्वाइजले एएफसी प्रतियोगिता खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी क्लब लाइसेन्स पाएसँगै चर्च ब्वाइज युनाइटेडले एएफसि प्रतियोगिता खेल्न बाटो खुलेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार घोषणा गरेसँगै गत सिजनको लिग विजेता चर्च ब्वाइजले महादेशीय प्रतियोगिता खेल्न योग्य भएको हो । एन्फाले सोमबार सार्वजनिक गरेअनुसार चर्च ब्वाइज युनाइटेड र त्रिभुवन आर्मी फुटबल क्लबले आवश्यक मापदण्ड पूरा […]

May 13, 2024

च्याम्पियन पिएसजीको हार

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) किलियन एमबाप्पेको गोलका बाबजुद पराजित भएको छ। फ्रान्सेली च्याम्पियन पिएसजी आइतबार टुलुजसँग ३-१ गोलले पराजित भएको हो । पिएसजी छोड्ने घोषणा गरिसकेका एमबाप्पेले खेलको आठौं मिनेटमा गोल गरेका थिए। तर टुलुजका थिज्स डलिङ्गाबाट १३ औं मिनेटमा बराबरी गोल फर्काए । यान गोबोहोको गोलबाट टुलुजले ६८ औं मिनेटमा अग्रता लिएको […]

May 12, 2024

आर्सनल पुनः प्रिमियर लिगको शीर्षस्थानमा

एजेन्सी – म्यानचेस्टर युनाइटेडलाई हराउँदै आर्सनल इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा पुनः उक्लिएको छ । युनाइटेडको घरेलु मैदानमा आइतबार भएको खेलमा आर्सनलले १-० को जित दर्ता गर्दै तालिकाको शीर्षस्थानमा उक्लिन सफल भएको हो । आर्सनलको जितमा लियान्द्रो ट्रोसार्डले २०औं मिनेटमा खेलको एकमात्र गोल गरे । काई हाभेर्ट्जको पासमा ट्रोसार्डले बक्स भित्रबाट गोल गरेका थिए । सोही […]

Success

Thank you for your time.