default_image

3 years ago

January 8, 2021

जिदान सेल्फ आइसोलेसनमा

एजेन्सी – रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदान घरमै सेल्फ आइसोलेसनमा बसेका छन् । उनीसँग निकटमा रहेका एक जनालाई कोभिड १९ संक्रमण पुष्टी भएपछि जिदान आइसोलेसनमा बसेका हुन् । जिदान टोलीको बुधबार भाल्डेबेबासमा भएको अभ्यासमा अनुपस्थित रहे । जिदानकै पिसिआर परिक्षण भने नेगेटिभ आएको थियो । स्पेनिस सरकार, स्थानिय निकाय र ला लिगाको कोभिड १९ का […]

33 views

0 Bookmark

एजेन्सी – रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदान घरमै सेल्फ आइसोलेसनमा बसेका छन् । उनीसँग निकटमा रहेका एक जनालाई कोभिड १९ संक्रमण पुष्टी भएपछि जिदान आइसोलेसनमा बसेका हुन् ।

जिदान टोलीको बुधबार भाल्डेबेबासमा भएको अभ्यासमा अनुपस्थित रहे । जिदानकै पिसिआर परिक्षण भने नेगेटिभ आएको थियो । स्पेनिस सरकार, स्थानिय निकाय र ला लिगाको कोभिड १९ का लागि जारी गरेको मापदण्ड अनुसार जिदान आइसोलेसनमा बसेका हुन् ।

अब उनले २ साता आइसोलेसनमा बिताउनुपर्नेछ । उनको पिसिआर परिक्षण नेगेटिभ आएकोले आइसोलेसनको अवधि १० दिन पनि हुन सक्ने बताइएको छ । अब जिदानले ओसासुनाविरुद्ध शनिबार हुने खेल गुमाउनेछन् । त्यस्तै बिहीबार एथलेटिक क्लबविरुद्ध सुपर कोपा डि स्पानाको सेमिफाइनल गुमाउनेछन् ।

यदि त्यो सेमिफाइनल जितेको खण्ड र १० दिनपछि पिसिआरको अर्को परिक्षण नेगेटिभ आएको खण्डमा सुपर कपको फाइनलमा भने जिदान उपलब्ध हुने बताइएको छ । स्थानीय निकाय र ला लिगाले नेगेटिभ रिपोर्ट आएपनि संक्रमितसँग सम्पर्कमा आएपछि १० दिन भने आइसोलेसनमा बस्नै पर्ने नियम राखेका छन् ।

१७ खेलमा ३६ अंकका साथ रियल ला लिगा अंक तालिकाको दोस्रो स्थानमा छ । २ खेल कम खेलेको शीर्षस्थानको एट्लेटिको म्याड्रिडको ३८ अंक छ । १७ खेलमा ३१ अंक जोड्दै बार्सिलोना तेस्रो स्थानमा छ ।

May 5, 2024

लिभरपुलद्वारा टोटेनहम पराजित 

एजेन्सी – इंग्लिश प्रिमियर लिग अन्तर्गत आइतवार साँझ भएको खेलमा लिभरपुल विजयी भएको छ । लिभरपुलले टोटेनहम हटस्परलाई ४-२ ले पराजित गरेको हो ।   खेलको १६ औं मिनेटमा मोहम्मद सालाहले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । कोडी गाक्पोको क्रसमा सालाहले हेडर मार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । ४५ औं मिनेटमा लिभरपुलका लागि […]

May 5, 2024

आयोजक रातो र इटहरी भेन्ट्रान्सबीच पहिलो खेल हुने

हिमाल खरेल, बिर्तामोड झापाको बिर्तामोडमा हुन लागेको स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक पूर्वेली युवा परिवार बिर्तामोडले आज खेलमैदान डोमालाल राजवंशी रंगशालामा पत्रकार सम्मेलन गरेर प्रतियोगिताको तयारीबारे जानकारी दिएको हो । बिर्तामोडका अगुवा युवाहरुको साझा संस्था पूर्वेली युवा क्लबको आयोजनामा वैशाख ३१ देखि जेठ ७ गते सम्म […]

May 5, 2024

चेल्सीको सानदार जित

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आइतबार साँझ चेल्सीले सानदार जित दर्ता गरेको छ । घरेलु मैदान स्ट्यामफर्ड ब्रिजमा भएको खेलमा चेल्सीले वेस्ट ह्याम माथि ५-० को फराकिलो जित निकालेको हो । उत्कृष्ट लयमा रहेका कोल पालमरले १५औं मिनेटमा चेल्सीलाई अग्रता दिलाएका थिए । दायाँ फ्लान्कबाट खेलिएको क्रस बक्सको मध्यभागमा पालमरका सामू आएपछि उनले बललाई गोलतर्फ […]

Success

Thank you for your time.