default_image

3 years ago

January 10, 2021

शीर्षस्थानको मिलानले टोरिनोलाई हरायो

एजेन्सी – सिरी ‘ए’ को शीर्षस्थानमा रहेको एसी मिलानले टोरिनोलाई २–० को पराजित गरेको छ । शनिबार राति घरेलु मैदानमा भएको खेलमा मिलानको जितमा राफयल लियो र फ्रान्क केस्सीले गोल गरे । दुवै गोल पहिलो हाफमा सम्भव भएको थियो । खेलको २५औं मिनेटमा राफयल लियोको गोलबाट मिलानले अग्रता लिएको थियो । उनले ब्राहिम डियाजको पासमा […]

36 views

0 Bookmark

एजेन्सी – सिरी ‘ए’ को शीर्षस्थानमा रहेको एसी मिलानले टोरिनोलाई २–० को पराजित गरेको छ ।

शनिबार राति घरेलु मैदानमा भएको खेलमा मिलानको जितमा राफयल लियो र फ्रान्क केस्सीले गोल गरे । दुवै गोल पहिलो हाफमा सम्भव भएको थियो ।

खेलको २५औं मिनेटमा राफयल लियोको गोलबाट मिलानले अग्रता लिएको थियो । उनले ब्राहिम डियाजको पासमा गोल गरेका थिए । ३६औं मिनेटमा फ्रान्क केस्सीले पेनालटीमा गोल गर्दै मिलानको अग्रता दोब्बर पारे ।

पेनाल्टी ब्बक्समा भेर्डीले डियाजलाई फल गरेपछि रेफ्रीले भिएआरको सहायता लिदै मिलानलाई पेनाल्टी प्रदान गरेको थियो । जसमा फ्रान्क चुकेनन् । दोस्रो हाफमा पनि घरेलु टोलीले टोरिनोलाई दवावमा राखेपनि थप गोल निस्कन नसक्दा पहिलो हाफमो गोल नै मिलानको जितमा पर्याप्त बन्यो ।

यो जितले शीर्षस्थानमा रहेको मिलानले दोस्रो स्थानको इन्टर मिलानलाई ४ अंकले पछि पारेको छ । मिलानको १७ खेलबाट ४० अंक पुगेको छ । एक खेल कम खेलेको इन्टरको ३६ अंक छ । पराजित टोरिनो १२ अंकसहित १९औं स्थानमा छ । साविक विजेता युभेन्टसको १५ खेलमा ३० अंक रहेको छ ।

April 28, 2024

म्यानचेस्टर सिटी विजयी

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लगातार चौथो पटक उपाधि जित्ने लक्ष्यमा रहेको म्यानचेस्टर सिटीले आइतबार जित दर्ता गरेको छ । सिटी ग्राउण्डमा भएको खेलमा म्यानचेस्टर सिटीले नटिङ्घम फरेस्टलाई २–० ले पराजित गर्दै उपाधिको आशा कायमै राखेको हो । सिटीको जितमा डिफेन्डर जोस्को ग्भार्डियोल र दोस्रो हाफमा मैदान प्रवेश गरेका स्ट्राइकर एर्लिङ हालान्डले एक-एक गोल गरे […]

April 28, 2024

आशिषको ह्याट्रिकमा बिर्तामोड सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको बुद्धशान्तिमा जारी तेस्रो आदर्श च्यालेन्ज कपमा पाहुना टोली नर्थ बंगाल एफसी भारतलाई ३–१ ले हराउँदै बिर्तामोड युनाइटेड एफसी सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको जितमा आशिष चापागाईंले ह्याट्रिक पूरा गरे । पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै बिर्तामोडले अग्रता लिएको थियो । मध्यभागबाट बिर्तामोडका डिफेन्डर देवेन्द्र तामाङले गरेको फ्रिकिकलाई हेडमार्फत अभिषेक […]

April 28, 2024

महावीर क्लब विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिगमा आईतवार महावीर क्लब विजयी भएको छ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खेलमा महावीर क्लबले स्पोर्ट्स एकेडेमी साँगा माथि १-० को जित दर्ता गरेको हो । महावीरका लागि सन्दिप श्रेष्ठले ६७औं मिनेटमा पेनाल्टी मार्फत गरेको गोल नै निर्णायक बन्यो । जित सँगै महावीर क्लब […]

Success

Thank you for your time.