3 years ago
January 11, 2021
एजेन्सी – पोर्चुगिज मिडफिल्डर बर्नाडो सिल्भाको दुई गोल सहयोगमा प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीले एफए कपको तेस्रो राउन्डको खेलमा च्याम्पियनसिप क्लब बर्मिङघम सिटीलाई ३–० ले पराजित गरेको छ । अर्काे एक गोल फिल फोडेनको नाममा रह्यो । सबै तीन गोल पहिलो हाफमा सम्भव भएको थियो ।इतिहाद स्टेडियममा आइतबार राति भएको खेलमा घरेलु टोलीले खेलको आठौं […]
एजेन्सी – पोर्चुगिज मिडफिल्डर बर्नाडो सिल्भाको दुई गोल सहयोगमा प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीले एफए कपको तेस्रो राउन्डको खेलमा च्याम्पियनसिप क्लब बर्मिङघम सिटीलाई ३–० ले पराजित गरेको छ ।
अर्काे एक गोल फिल फोडेनको नाममा रह्यो । सबै तीन गोल पहिलो हाफमा सम्भव भएको थियो ।
इतिहाद स्टेडियममा आइतबार राति भएको खेलमा घरेलु टोलीले खेलको आठौं मिनेटमा सिल्भाको गोलबाट अग्रता लिएको थियो । १५औं मिनेटमा सिल्भाले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीको अग्रता दोब्बर पारे ।
३३औं मिनेटमा फिल फोडेनले गोल गरेपछि सिटीले पहिलो हाफमै ३–० को आरामदायी अग्रता लियो । दोस्रो हाफमा पनि सिटीले बर्मिङघमलाई दवावमा राखेपनि थप गा्ल गर्न नसक्दा पहिलो हाफको गोल नै सिटीलाई एफए कपको चौथो चरणमा प्रवेश गर्न पर्याप्त बन्यो ।
May 2, 2024
एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमीफाइनल अन्तर्गत पहिलो लेगको समाप्तिमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता बनाएको छ । घरेलु मैदानमा भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मान माथि १-० को जित दर्ता गरेको हो । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा एकमात्र गोल गरे । डिफेन्स लाइन बार निको श्लोटरबेकले […]
May 1, 2024
एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]
May 1, 2024
ललितपुर (हाम्रो खेलकुद) – आयोजक गोदावरी नगरपालिका र काठमाडौं महानगरपालिका गोदावरीमा अन्तर पालिका खुल्ला मेयर कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । गोदावरी १० टाहाखेल–झ्यालुन्टारस्थित प्रस्तावित गोदावरी बहुउद्देश्यीय रंगशालामा बुधबार ललितपुर महानगरपालिकालाई पेनाल्टी सुट आउटमा ५–३ ले हराउँदै गोदावरी बि अन्तिम आठमा पुगेको हो । अर्को खलमा काठमाडौं महानगरपालिकाले बुढानिलकण्ठ नगरपालिकालाई पेनाल्टी सुटआउटमा ४–२ […]