default_image

3 years ago

January 13, 2021

पीएसजी र मार्से उपाधिका लागि भिड्दै

एजेन्सी – फ्रान्सेली सुपर कपको उपाधिका लागि आजर राति पेरिस सेन्ट जर्मेन (पीएसजी) र मार्सेबीच प्रतिस्पर्धा हुदैछ । खेल राति १ः४५ बजे बोल्लाअर्ट मैदान लेन्समा हुनेछ । सुपर कपको सर्वाधिक सफल पीएसजी मार्सेलाई हराउदै १०औं पटक उपाधि जित्ने दाउमा हुनेछ ।पीएसजी २०१३ देखि सुपर कपको लगातार च्याम्पियन टोली हो । त्यसअघि पीएसजीले १९९५ र १९९८ […]

181 views

0 Bookmark

एजेन्सी – फ्रान्सेली सुपर कपको उपाधिका लागि आजर राति पेरिस सेन्ट जर्मेन (पीएसजी) र मार्सेबीच प्रतिस्पर्धा हुदैछ । खेल राति १ः४५ बजे बोल्लाअर्ट मैदान लेन्समा हुनेछ ।

सुपर कपको सर्वाधिक सफल पीएसजी मार्सेलाई हराउदै १०औं पटक उपाधि जित्ने दाउमा हुनेछ ।
पीएसजी २०१३ देखि सुपर कपको लगातार च्याम्पियन टोली हो । त्यसअघि पीएसजीले १९९५ र १९९८ मा उपाधि जितेको थियो ।

मार्सेविरुद्धको खेलमा पीएसजीबाट नेयमारले चोटबाट पूनरागमन गर्न सक्नेछ । इंकल इन्ज्युरीका कारण झन्डै एक महिनादेखि मैदान बाहिर रहेको नेयमार सोमबारदेखि टोलीको प्रशिक्षणमा सामेल भएका छन् । यस्तै टोलीसँग केलियन एमबाप्पे, एन्जल डि मारिया, मोइस किन, मार्काे भेराट्टी, ड्यानियल पारेडेस, प्रेसनेल किमपेम्वे, लेभिन कुर्जाभा, मार्किन्हस र केलर नाभास टोलीमा हुनेछन् ।

मार्से पनि पीएसजीलाई स्तब्ध पार्दै चौथोपटक सुपर कोपा जित्ने लक्ष्यमा हुनेछ । मार्से २०११ मा च्याम्पियन बनेयता उपाधि जित्न सकेको छैन । टोलीसँग डारियो बेनेडेट्टो, डिमिट्रि पायट, फ्लोरियल थाउभिन, अल्भारो गोन्जालेज, हिरोकी साकाई, युटो नागाटोमो र गोलरक्षक स्टिभ मानडान्डाको साथ रहेको छ ।

यि दुई टोलीबीचको पछिल्लो २५ खेलको नतिजामा पीएसजी हावी छ । पीएसजीले १८ खेल आफ्नो पक्षमा पार्दा मार्से ३ खेलमा विजयी भएको छ । ४ खेल बराबरीमा सकिएको छ । सेप्टेम्बरमा भएको लिग वानको खेलमा पीएसजी मार्सेसँग १–० ले स्तब्ध भएको थियो ।

उक्त खेलमा रंगभेदको आरोप र दुई टोलीका खेलाडीबीच हात हालाहाल हुँदा माहोल निकै खराब भएको थियो । पीएसजी उक्त हारको बदाल लिने लक्ष्यमा रहँदा मार्से सोही जित निकाल्दै च्याम्पियन बन्ने दाउमा हुनेछ ।

April 28, 2024

म्यानचेस्टर सिटी विजयी

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लगातार चौथो पटक उपाधि जित्ने लक्ष्यमा रहेको म्यानचेस्टर सिटीले आइतबार जित दर्ता गरेको छ । सिटी ग्राउण्डमा भएको खेलमा म्यानचेस्टर सिटीले नटिङ्घम फरेस्टलाई २–० ले पराजित गर्दै उपाधिको आशा कायमै राखेको हो । सिटीको जितमा डिफेन्डर जोस्को ग्भार्डियोल र दोस्रो हाफमा मैदान प्रवेश गरेका स्ट्राइकर एर्लिङ हालान्डले एक-एक गोल गरे […]

April 28, 2024

आशिषको ह्याट्रिकमा बिर्तामोड सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको बुद्धशान्तिमा जारी तेस्रो आदर्श च्यालेन्ज कपमा पाहुना टोली नर्थ बंगाल एफसी भारतलाई ३–१ ले हराउँदै बिर्तामोड युनाइटेड एफसी सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको जितमा आशिष चापागाईंले ह्याट्रिक पूरा गरे । पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै बिर्तामोडले अग्रता लिएको थियो । मध्यभागबाट बिर्तामोडका डिफेन्डर देवेन्द्र तामाङले गरेको फ्रिकिकलाई हेडमार्फत अभिषेक […]

April 28, 2024

महावीर क्लब विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिगमा आईतवार महावीर क्लब विजयी भएको छ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खेलमा महावीर क्लबले स्पोर्ट्स एकेडेमी साँगा माथि १-० को जित दर्ता गरेको हो । महावीरका लागि सन्दिप श्रेष्ठले ६७औं मिनेटमा पेनाल्टी मार्फत गरेको गोल नै निर्णायक बन्यो । जित सँगै महावीर क्लब […]

Success

Thank you for your time.