एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत आज राति आर्सनलले घरेलु मैदानमा न्युक्यासलको सामना गर्दा वेस्ट ह्याम र वेस्ट ब्रमबीच प्रतिस्पर्धा हुँदैछ ।

घरेलु मैदानमा हुने खेलमा आर्सनल न्यु क्यासललाई हराउदै अंक तालिका सुधार गर्ने दाउमा हुनेछ । पछिल्लो ५ खेलमा अपराजित रहेको आर्सनल न्युक्यासललाई हराउने लक्ष्यमा हुनेछ । आर्सनल १८ खेलबाट २४ अंक जोडेर ११औं स्थानमा रहेको छ । न्युक्यासललाई हराए आर्सनलले एक स्थान सुधार गर्नेछ ।
टोलीसँग एलसान्द्रे लाकाजेट, कप्तान पिएर इमरिक औवामियाङ, इमिल स्मिथ रो, निकोलस पेपे, थोमस पार्टी, ड्यानियल सेबालोस, बुकायो साका, गाब्रियल, रोव होल्डिङ, हेक्टर बर्लिन र गोलरक्षक बर्न्ड लेनोको साथ रहेको छ ।
यता, न्युक्यासल पनि आर्सनललाई स्तब्ध पार्दै अंक तालिका सुधार गर्ने दाउमा हुनेछ । न्युक्यासल १७ खेलबाट १९ अंक जोडेर १५औं स्थानमा रहेको छ । टोलीसँग कलुम विल्सन, एन्डी क्यारोल, जेफ हेन्डरिक, किएरन क्लार्क, जमाल लेविस र गोलरक्षक कार्ल डार्लाेको साथ रहेको छ ।
यि दुई टोलीको पछिल्लो २० खेलको नतिजामा आर्सनलले १६ खेल आफ्नो पक्षमा पारेको छ । दुई खेल न्युक्यासलले जित्दा २ खेल बराबरीमा सकिएको छ । आर्सनल न्युक्यासलसँग सन् २०१८ यता अपराजित छ ।