default_image

3 years ago

January 18, 2021

एसी मिलानलाई अग्रता लिने अवसर

एजेन्सी – सिरी ‘ए’ को शीर्षस्थानमा रहेको एसी मिलानले आज राति काग्लियारी सामना गर्दैछ । खेल काग्लियारी मैदानमा नेपाली समयअनुसार राति १ः३० बजे हुनेछ । घरेलु टोलीलाई हराउदै मिलान शीर्षस्थानमा स्पष्ट ३ अंकको अग्रता लिने लक्ष्यमा हुनेछ । मिलान १७ खेलबाट ४० अंक जोडेर शीर्षस्थानमा रहेको छ । एक खेल बढी खेलको इन्टर मिलानको पनि […]

34 views

0 Bookmark

एजेन्सी – सिरी ‘ए’ को शीर्षस्थानमा रहेको एसी मिलानले आज राति काग्लियारी सामना गर्दैछ । खेल काग्लियारी मैदानमा नेपाली समयअनुसार राति १ः३० बजे हुनेछ ।

घरेलु टोलीलाई हराउदै मिलान शीर्षस्थानमा स्पष्ट ३ अंकको अग्रता लिने लक्ष्यमा हुनेछ । मिलान १७ खेलबाट ४० अंक जोडेर शीर्षस्थानमा रहेको छ । एक खेल बढी खेलको इन्टर मिलानको पनि ४० अंक रहेपनि गोलअन्तरमा दोस्रो स्थानमा रहेको छ ।

मिलानसँग ज्लाटन इभ्राहिमोभिच, हकान कलहानोग्लु, थियो हर्नान्डेज, राफयल लियो, जेन्स पिटर हग, स्यामुइल क्यास्टेलेजो, फ्रान्क केस्सी, सान्ड्रो टोनाली, ब्राहिम डियाज, डिएगो डालोट, डाभिड कालाब्रिया र गोलरक्षक जियानलुजी डोन्नररुम्मको साथ रहेको छ ।

यता, क्याग्लिएरी घरेलु मैदानमा मिलानलाई स्तब्ध पार्ने लक्ष्यमा हुनेछ । जियोभानी सिमिओन, रिकार्डाे सोटटिल, जोआओ पेड्रो, गास्टन पेरेइरो, राजभान मारिन, डिएगो गोडिन, जाप्पा र गोलरक्षक एलेसियो क्राग्नो रहेको छ ।

यि दुई टोलीबीचको पछिल्लो १८ खेलमा मिलान १४ खेलमा विजयी भएको छ । एक खेल क्याग्लिएरीले एक खेल आफ्नो पक्षमा पार्दा ३ खेल बराबरीमा सकिएको छ । मिलान २०१७ मेमा २–१ ले पराजित भएयता ६ खेलमा अपराजित छ ।

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.