default_image

3 years ago

January 18, 2021

रेफ्रीका विषयमा कोम्यान मौन

एजेन्सी– स्पेनिस सुपर कपको फाइनलमा पराजित भएपछि बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोम्यानले रेफ्रीका बारेमा प्रतिक्रिया दिन इच्छा देखाएनन् । आइतबार थप समयमा गएको खेलमा बार्सिलोनालाई ३–२ ले हराउँदै एथलेटिको बिल्बाओले उपाधि जितेको थियो । अन्तिम समयमा बिल्बाओका एसियर भिल्लालिब्रीलाई धक्का दिदै लडाएपछि बार्सिलोनाका सुपर स्टार लिओनल मेस्सीले रातो कार्डको सामना गर्दै मैदान छाड्नु परेको थियो । […]

37 views

0 Bookmark

एजेन्सी– स्पेनिस सुपर कपको फाइनलमा पराजित भएपछि बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोम्यानले रेफ्रीका बारेमा प्रतिक्रिया दिन इच्छा देखाएनन् ।

आइतबार थप समयमा गएको खेलमा बार्सिलोनालाई ३–२ ले हराउँदै एथलेटिको बिल्बाओले उपाधि जितेको थियो । अन्तिम समयमा बिल्बाओका एसियर भिल्लालिब्रीलाई धक्का दिदै लडाएपछि बार्सिलोनाका सुपर स्टार लिओनल मेस्सीले रातो कार्डको सामना गर्दै मैदान छाड्नु परेको थियो ।

त्यो घटनाका विषयमा सोध्दा कोम्यानले भने,‘ मैले बोलिन भने त्यहि उत्तम हुन्छ । पुराना कुरा दोहोर्याए जस्तो मात्रै हुनेछ । म त्यो गर्न चाहन्न । म आफ्नो धारणा राख्नेमा छैन ।’

कोम्यानले मेस्सीले रातो कार्ड पाउने गरि के गरे आफूले बुझ्न सक्ने बताए । तर, उनले अन्य विषयपनि उठाए । ‘उनीविरुद्ध कति फाउल भए । उनी ड्रिबल गर्ने कोसिस गर्थे तर सक्दैनथे । मैले त्यो घटनालाई राम्ररी हेर्नुपर्ने हुन्छ ।’

फाइनल अघि मेस्सी खेल्ने नखेल्ने विषयमा शंका थियो । चोटका कारण उनले सेमिफाइनल पनि गुमाएका थिए । ‘वर्षौंको अनुवभबाट उनलाई थाहा छ कति बेला खेल्ने र नखेल्ने भन्ने,’ मेस्सीलाई पहिलो रोजाईमा खेलाएका विषयमा बचाउ गर्दै उनले भने,‘ उनले नै आफू खेल्ने निर्णय गरेको हुन् ।’

नियमित समयको अन्तिममा फ्रिकिकबाट आएको बलमा बिल्बाओले बराबरी गोल फर्काएपछि बार्सिलोनाको प्रदर्शन कमजोर भएको थियो । त्यहि बराबरीले खेल थप समयमा गएको थियो भने जहाँ बिल्बाओले आफ्नो पक्षमा नतिजा निकालेको थियो ।

‘विपक्षीको क्षमता त्यसमै देखिएको । कसरी फाउल गराउने र सेट पिसमा गोल गर्ने सम्भावन बढाउने’, उनले थपे,‘ हामीसँग अग्ला खेलाडी छैनन् । त्यसैले फाउलको सम्भावना बढी रहन्छ ।’ खेल अघि कोम्यानले उपाधि जित्न सके टोलीको विकासका लागि त्यो सकारात्मक एक कदम हुने बताएका थिए । फाइनल पछि तर त्यसले पछाडि पनि नलगेको बताएका थिए ।

‘उपाधि जित्न सक्यो भने त्यसले टोली सहि बाटोमा छ भन्ने हुन्छ,’ उनले भने,‘ हामी त्यहि देखाउन चाहन्थ्यौं । हामीले जित्नका लागि सबै प्रयास गरेका पनि हौं । दुवै टोली निकै थकित भएका थिए ।

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.