default_image

3 years ago

January 19, 2021

ज्लाटनको दुई गोलमा मिलानको जित

एजेन्सी – भेट्रान फरवार्ड ज्लाटन इभ्राहिमोभिचको दुई गोल सहयोगमा शीर्षस्थानमा रहेको एसी मिलानले इटालियन सिरी ‘ए’ मा क्याग्लिएरीमाथि २–० को सहज जित निकालेको छ । सोमबार राति भएको खेलमा मिलानले क्याग्लिएरीमाथि उसकै मैदानमा सहज जित हात पार्दा ज्लाटनले पहिलो र दोस्रो हाफमा समान एक गोल गरे । क्याग्लिएरीमा मिलानले खेलको सातौ मिनेटमा ज्लाटनको पेनाल्टी गोलबाट […]

44 views

0 Bookmark

एजेन्सी – भेट्रान फरवार्ड ज्लाटन इभ्राहिमोभिचको दुई गोल सहयोगमा शीर्षस्थानमा रहेको एसी मिलानले इटालियन सिरी ‘ए’ मा क्याग्लिएरीमाथि २–० को सहज जित निकालेको छ ।

सोमबार राति भएको खेलमा मिलानले क्याग्लिएरीमाथि उसकै मैदानमा सहज जित हात पार्दा ज्लाटनले पहिलो र दोस्रो हाफमा समान एक गोल गरे ।

क्याग्लिएरीमा मिलानले खेलको सातौ मिनेटमा ज्लाटनको पेनाल्टी गोलबाट अग्रता लिएको थियो । पेनाल्टी बक्समा ब्राहिम डियाजमाथि ल्याकोजियानिसले फल गरेपछि प्राप्त पेनाल्टीम ज्लाटन चुकेनन् ।

३६औं मिनेटमा डाभिड कालाब्रियाको प्रहार पोस्टमा लागेर फर्कदा मिलान अग्रता दोब्बर पार्नबाट चुक्यो । ३८औं मिनेटमा घरेलु टोली बराबरीबाट चुक्यो । मारिनको पासमा जोओ पेड्रोको प्रहार पोस्ट नजिकैबाट बाहिरियो ।

५२औं मिनेटमा ज्लाटनले व्यक्तिगत दोस्रो गोल गर्दै मिलानलाई २–० ले अघि बढाए । डाभिड कालाब्रियाको पासमा ज्लाटनले उत्कृष्ट फिनिस गरेका थिए । ६३औं मिनेटमा पेड्रोको पासमा जियोभानी सिमिओनले वान भर्सेस वानको स्थितिमा गोल गर्न नसक्दा क्याग्लिएरीले गोलअन्तर घटाउन सकेन ।

लगत्तै काउन्टर अट्याकमा क्याग्लिएरीका गोलरक्षक क्राग्नोले ज्लाटनको प्रहारलाई बचाएपछि ह्याट्रिकबाट चुके । ७४औं मिनेटमा मिलान १० खेलाडीमा समेटियो । ६६औं मिनेटमा जेन्स पिटस हगको स्थानमा मैदान छिरेका एलेक्सिस साइलेमेकर्स दोहोरो पहेलो कार्ड खादै मैदानबाट बाहिरिए ।

तर त्यसको फाइदा क्याग्लिएरीले उठाउन सकेन । सब्सिच्युट रिकार्डाे सोटटिलले दुई सुवर्ण अवसर पाएपनि सदुपयोग हुन नसक्दा क्याग्लिएरी घरेलु मैदानमा पराजित हुन पुग्यो ।

यो जितसँगै मिलानले शीर्षस्थानमा स्पष्ट ३ अंकको अग्रता लिएको छ । मिलानको १८ खेलबाट ४३ अंक पुगेको छ । समान खेलबाटै दोस्रो स्थानमा रहेको इन्टर मिलानको ४० अंक छ । पराजित क्याग्लिएरी १४ अंकसहित १७औं स्थानमा छ ।

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.