default_image

3 years ago

January 21, 2021

कोपा डेल रे : मेस्सी विनाको बार्सिलोना

43 views

0 Bookmark

एजेन्सी – क्याटलान क्लब बार्सिलोना कप्तान लिओनल मेस्सी बिना नै बिहीबार राती कोपा डेल रेको खेलमा उत्रँदैछ । प्रशिक्षक रोनाल्ड कोम्यानले टोलीमा थुप्रै नयाँ खेलाडीलाई समेटेका छन् ।

बी डिभिजन टोली सेगुन्डाविरुद्ध हुने खेलका लागि कोम्यानले इलेक्स मोरिबा, कोराड डि ला फुन्टे र एलेक्स कोलाडो पहिलो रोजाइमा खेल्ने सम्भावना छ । कोपा डेल रेमा युवा टोलीका ६ जना खेलाडीसम्म प्रयोग गर्न पाइन्छ । तर, एक पटकमा भने ४ जनालाई मात्र उतार्न पाउने प्रावधान छ ।

चोटका कारण आन्सु फाती, सर्जियो डेस्ट, फिलिप्पे काउटिनो, जेरार्ड पिके र सर्जी रोबेर्टो टोलीमा छैनन् । त्यस्तै मेस्सी प्रतिबन्धमा रहँदा जोर्डी अल्बा र फ्रेन्की डि जोङ लाई कोम्यानले विश्राम दिएका छन् । एथ्लेटिक बिल्बाओविरुद्धको स्पेनिस सुपर कप फाइनलमा विपक्षी खेलाडीलाई अनुहारमा हानेपछि मेस्सीलाई रेफ्रीले सिधै रातो कार्ड देखाएका थिए ।

अघिल्लो दिन रियल म्याड्रिड बी डिभिजन टोलीसँग पराजित हुँदै कोपा डेल रेबाट बाहिरिएको थियो । त्यस्तै एटलेटिको म्याड्रिड पनि अघिल्लो चरणमा तल्लो श्रेणीको टोलीसँग पराजित भएको थियो ।

कोपा डेल रेका लागि बार्सिलोना टोली :

मार्क आन्द्रे टेर स्टेन, रोनाल्ड अराउजो, सर्जियो बुस्केट्स, एन्टोइन ग्रिजमन, मिरालिम प्यानिच, मार्टिन ब्रेथवेट, ओसमाने डेम्बेले, रिकी पुज, नाटो, क्लिमेन्ट लेनग्लेट, पेड्री, ट्रिनकाओ, म्याथुज फर्नान्डेज, सामुइल उम्टिटी, जुनियर फिर्पो, इलेक्स मोरिबा, ओस्कार मिन्गुइजा, कोनराड डि ला फुन्टे, एलेक्स कोलाडो र आर्नुन टेनस

May 9, 2024

उत्कृष्ट पुनरामगन गर्दै रियल च्याम्पियन्स लिगको फाइनलमा

एजेन्सी – खेलको अन्तिम समयमा उत्कृष्ट पुनरागमन गर्दै रियल म्याड्रिड युरोपेली च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । घरेलु मैदानमा भएको सेमिफाइनलको दोस्रो लेगमा बुधबार २-१ र समग्रमा ४-३ को जित निकाल्दै रियल फाइनलमा पुगेको हो । एक गोलले पछि परेको अवस्थामा ८१औं मिनेटमा मैदान प्रवेश गरेका जोसेलुले केही मिनेटको अन्तरालमा २ गोल गरेपछि रियल […]

May 8, 2024

आरसी ३२ शीर्ष स्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजनको सातौं चरणको पहिलो खेलमा जित दर्ता गर्दै आरसी ३२ फुटबल एकेडेमी तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । बुधवार एन्फा कम्प्लेक्समा भएको खेलमा आरसी ३२ ले स्पोर्ट्स एकेडेमी साँगालाई २-० ले पराजित गरेको हो । आरसी ३२ को जितमा सुजन बलम्पाकी मगर र सञ्जय सुब्बाले समान १-१ गोल […]

May 8, 2024

रियल म्याड्रिड र बायर्न म्युनिख फाइनल प्रवेशका लागि भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको फाइनल प्रवेशका लागि स्पेनिश टोली रियल म्याड्रिड र जर्मन टोली बायर्न म्युनिख आज भिड्दै छन् । रियलको घरेलु मैदान सान्टियागो बर्नाबेउमा हुने दोस्रो लेग आज राती १२:४५ बजे सुरु हुनेछ । बायर्नको घरेलु मैदानमा भएको पहिलो लेग २-२ को बराबरीमा सकिएको थियो । बायर्नले खेलमा रहेको अग्रता अन्तिम तिर गुमाउन […]

Success

Thank you for your time.