default_image

3 years ago

January 23, 2021

मोन्चेनग्लाडवाकसँग डर्टमुन्डको हार

एजेन्सी – बोरुसिया डर्टमुन्डले खराव प्रदर्शनलाई निरन्तरता दिदा जर्मन बुन्डेसलिगामा बोरुसिया मोन्चेनग्लाडवाकसँग पराजित भएको छ । डर्टमुन्ड घरेलु टोलीसँग ४–२ ले पराजित भएको हो । बुन्डेसलिगामा डर्टमुन्डको यो लगातार दोस्रो हार हो । यसअघि डर्टमुन्ड बायर लिभरकुसनसँग पराजित भएको थियो । डर्टमुन्ड १५ अगस्ट २०१५ पछि पहिलोपटक मोन्चेनग्लाडवाकसँग पराजित भएको हो । यसक्रममा डर्टमुन्ड १२ […]

30 views

0 Bookmark

एजेन्सी – बोरुसिया डर्टमुन्डले खराव प्रदर्शनलाई निरन्तरता दिदा जर्मन बुन्डेसलिगामा बोरुसिया मोन्चेनग्लाडवाकसँग पराजित भएको छ । डर्टमुन्ड घरेलु टोलीसँग ४–२ ले पराजित भएको हो ।

बुन्डेसलिगामा डर्टमुन्डको यो लगातार दोस्रो हार हो । यसअघि डर्टमुन्ड बायर लिभरकुसनसँग पराजित भएको थियो । डर्टमुन्ड १५ अगस्ट २०१५ पछि पहिलोपटक मोन्चेनग्लाडवाकसँग पराजित भएको हो । यसक्रममा डर्टमुन्ड १२ खेलसम्म अपराजित रहेको थियो ।

मोन्चेनग्लाडवाकको जितमा निको इलभेडीले दुई तथा रामी बेन्सेबेइनी र मार्कुस थुरामले गोल गरे । डर्टमुन्डका लागि दुवै गोल एर्लिङ ब्राउट हालान्डले गरेपनि हार टार्न सकेन । बोरुसिया पार्क मोन्चेनग्लाडवाकमा शुक्रबार राति भएको खेलमा घरेलु टोलीका फ्लोरियन नेउहसले गोल गरेपनि भिएआरबाट मान्यता पाएन ।

११औं मिनेटमा निको इलभेडीले जोनास होफमनको पासमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । २२औं मिनेटमा जाडोन सान्चोको पासमा हालान्डले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

२८औं मिनेटमा सान्चोकै पासमा हालान्डले व्यक्तिगत दोस्रो गोल गरेपछि डर्टमुन्डले खेलमा २–१ को अग्रता लिएको थियो । तर डर्टमुन्डको त्यो अग्रता लामो समय टिकेन । ३२औं मिनेटमा निको इलभेडीले व्यक्तिगत दोस्रो गोल गरेपछि पहिलो हाफ २–२ गोलको बराबरीमा सकिएको थियो ।

४९औं मिनेटमा नेउहसको पासमा रामीले गोल गर्दै मोन्चेनग्लाडवाकलाई ३–२ ले अघि बढाए । ७८औं मिनेटमा मार्कुस थुरामले नेउहसकै पासमा गोल गर्दै डर्टमुन्डलाई ४–२ को हार चखाए ।

यो जितसँगै मोन्चेनग्लाडवाक १८ खेलबाट ३१ अंक जोडेर चौथो स्थानमा उक्लदा पराजित डर्टमुुन्ड पाँचौ स्थानमा झरेको छ । डर्टमुन्डको २९ अंक छ ।

May 3, 2024

इङ्ल्यान्डमा नेपालको पहिलो खेल आज*

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । ब्रिटिश आर्मीको टोली विरुद्ध आज नेपाली टोलीले खेल्नेछ । भिसा प्रक्रियामा निकै ढिलो हुँदा एन्फाले टोलीका सदस्यलाई फरक-फरक समयमा विभिन्न विमानमा पठाउनु परेको थियो । टोली फरक-फरक समयमा इङ्ल्यान्ड पुगेको थियो भने केही खेलाडीहरू हिजो मात्र पुगेका थिए […]

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

Success

Thank you for your time.